Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

काका र फूपू सहिद भएपछि ...

\"\"बलिदान क्रान्तिको ऊर्जा हो । सहिद बलिदानको नाम हो । ती रगतले काेिरएका उक्तिहरू मैले क्रान्ति यात्राको थालनी गनपूर्व नै सुनेको हुँ र जनयुद्धको थालनीदेखि नै यसको सान्दर्भिकतालाई पनि पहल्याउँदै आएको हुँ । यी रक्तिम उक्तिहरू क्रान्तिका सूत्र हुन् । जससगँ म हमेसा सहमत छु । नेपाली समाजका ती महान् मान्छेहरू जसले सभ्य, समानतामूलक र समुन्नत समाज निर्माणका लागि टाउकमा कात्रो बाँधेर मृत्यु पत्रमा लाहाछाप मार्दै आफूलाई अनिश्चियको युद्धक्षेत्रमा सामेल गराए । हारे एउटा जीवन, जिते संसारको आदर्शलाई आत्मासात गर्दै युद्धको भुँमरीमा खडा भए । जिते हस्तिनापुरको राज हारे चपरीमुनिका बास भन्दै आगोको यात्रामा होमिए । ती साहसी र परिवर्तनकारी मान्छेहरू आज कति रगतले भिजेका अधुरा सपना साकार पार्न डटिरहेका छन् त कतिले आºनो अमूल्य रगतले क्रान्तिलाई सिञ्चित गरेर सहिदको उपमा पहिरिसकेका छन् । जनयुद्ध थालनी भए यता बलिदानको उच्चतम् र नमुना उदाहरणहरू निकै छन् । श्रीमान श्रीमती, बाबु छोरा, आमा बाबु यस्ता यस्तै गरी क्रान्तिको इतिहासमा अमर बनेका अजर मान्छहरु थुप्रै छन्् जसमध्ये क्रान्तिका भविष्य सुिनश्चित गर्न सहिदपथमा लाम लागेका एकाघरका, एकागर्भका ती दाजु र बहिनी देवलाल श्रेष्ठ ‘क.वसन्त’ र आशा श्रेष्ठ ‘क. भूमिका’ का स्मृतिमा संस्मरणात्मक कलम चलाउन कोसिस गरिरहेछु । नाताका हिसाबले हामी एकै पारिवारिक सञ्जालका एकै घरका पात्रहरू हौं । काका भतिजको सम्बन्ध हो हाम्रो । यही निकट नाता सम्बन्ध भएकाले त विशेष रुपले सम्झन चाहेँ । स्मृतिका पन्नाहरूमा नमेटिने गरी लेख्न चाहेँ । यतिबेला काका देवलालको स्मृितमा कलम चलाउँदै गर्दा बारुदको गन्धले खि¥याएको नाक मिच्दै म रणमैदानमा छुु । पिठ्युँको झोला र काधँको बन्दुक एकैछिन बिसाएर सहिदको अभिलेखमा स्मृति सजाउन कलम चलाइरहेछु । वामे सर्दै गर्दा दईु हात समातेर तातेताते भन्दै हिँड्न सिकाउने अनि क्रान्तिको मैदानमा दौडन व्यावहारिक मागदर्शन र उत्प्रेरणा दिने मेरो आत्मीय अभिभावकको नाममा सस्ंमरणात्मक लेखोट कुँद्न गइरहेको छु । पिता तिलकबहादुर श्रेष्ठ र आमा खुन्तमायाँ श्रेष्ठका साथ २०२५ पुस १६ गतेका दिन साइँला छोराको रूपमा सिन्धुपाल्चोक जिल्ला साँगाचोक गाविस वार्ड न ं ४ मा जन्मनभुएको हो । उहाँले निम्न परिवारमा जन्मिएर अथाह अभावहरूले सेकिँदै आफ्नो बाल्यकाल गजार्नु भयो । अभावकै बीचबाट स्थानीय विद्यालयबाट शैक्षिक यात्राको आरम्भ गर्नुभयो । पढदै गर्दा उहाँको मानसपटलमा राजनीतिको बीजारोपण भैसकेको थियो । आफुलाई राजनीतिक प्राणीको रूपमा विद्यार्थी कालदेखि नै उभ्याउँदै आउनुभएकोले होला, उहाँले आफुलाई कहिल्यै टुटाउन भुएन । उहाँले शैक्षिक यात्रा र राजनीतिक यात्रा समानन्तर रूपमा अघि बढाउनुभयो । शैक्षिक यात्रालाई ब्याचलरसम्म पु¥याएर अध्यापन कार्य थाल्नुभयो । साथै, राजनीतिक यात्रामा पनि विश्राम लिनुभएन । उहाँ कम्युनिस्ट विचारलाई प्रेम गर्नुहुन्थ्यो । कम्युनिस्ट आदर्श र लक्ष्यलाई अपरिहार्य मान्नहुन्थ्यो । समाजका अग्रगामी र समुन्नत परिवर्तनको लागि एक मात्र अचुक हतियार माक्र्सवादलाई ठान्नुहुथ्यो । माक्र्सवादका व्यावहारिक प्रयोगविना मुलुकभरका शोषित, पीडित, मजदुर किसान वर्गका हित हुन सक्दनै , जसको निमित्त वर्ग सङघ्र्ष इतिहासको अनिवार्य शर्त हो उहाँ यो निष्कर्षमा अडिग हुनुहुन्थ्यो । [caption id=\"attachment_56455\" align=\"alignleft\" width=\"400\"]\"\" लेखक : ललित श्रेष्ठ \'अभियान\'[/caption] मैले उहाँको राजनीतिक गतिविधिलाई बालमष्तिक देखि नै नियाल्दै आएको थिएँ । स्वभावका हिसाबले उहाँ नरम र कडा दूबै हुनुहुन्थ्यो । खुला र स्पष्ट स्वभावका देवलाल गाउँका जाली फटाहासगँ थोरै पनि नझुकी प्रतिवाद गर्नुहुन्थ्यो । गाउँका अत्याचारीका विरुद्ध डटेरै संघर्ष गर्नुहुन्थ्यो । विद्यालयमा आºना विद्याथीहरुले आदर्श गुरुको रूपमा मान्दथे उहाँलाई । जनयुद्धको तयारी कालदेखि नै उहाँ सक्रिय हनुहुन्थ्यो । जनयुद्ध पूर्वाधार तयारीका कार्यक्रमहरूलाई पहिलो श्रोणीका काम कर्तव्य मानी त्यसैलाई नै जोड दिनुभयो । ती कार्यक्रमहरूमा नै सङ्घर्षशील जीवन देख्नुभयो । जनयुद्धको तयारीका कार्यक्रमहरूमा लागि पर्दा अब क्रान्ति बाहेक सबै कुरा भ्रम हो भन्ने निष्कर्षले उहाँको मानसपटलमा जरा गाडिसकेको रहेछ । जब ०५२ मा जनयद्धु का घोषणा भयो, तब उहाँ आमा बाबु श्राीमती, नाबालक दुई छोरालाई छाडी भूिमगत यात्राको थालनी गर्नुभयोे । वर्ग सङ्घर्षको पेचिलो यात्रामा होमिनुभयो, जसरी देशका विभिन्न ठाउँहरूबाट उच्च र जिम्मेवार चेतना भएका मान्छेहरू होमिए । भूमिगत भएदेखि उहाँलाई देख्ने भेट्ने कुरा ज्यादै महँगो भयो । उहाँ कहाँ हुनुहुन्छ मलाई थाहा थिएन । मलाई यति थाहा थियो कि उहाँ लडाइँको मैदानमा हुनुहुन्छ । गाउँवस्तीहरूमा पुरै राज्य आतङ्कको ताण्डव मच्चिन थाल्यो । सुँघ्दा कम्युनिस्टका गन्ध आउनेहरू कोही सुरक्षित रहेनन् । साहस गर्नेहरू भूिमगत भए, कोहि हिरासत गए । आँट पुग्नेहरु गाउँबाट बाहिरिए । बेचैन मडारियो गाउँवस्तीमा । भूमिगत भएकाहरूको परिवारलाई प्रहरी प्रशासनले गिरफ्तार गर्थे । मानसिक यातना दिन्थे । गाउँ वस्तीहरूमा गस्ती जाँदा प्रहरीले जुन जुन घरबाट माओवादी बनेका छन् सोही घरका मान्छेलाई लिएर गस्तीमा माओवादी खोज्न हिँड्थे । आ–आफ्नो मान्छेलाई आफैँले खोजेर प्रहरीलाई बुझाउनुपर्छ भन्थे ।
भूमिगत भएको करिब ३ वर्षपछि ०५५ साल फागुन महिनामा अलि ढिला गरेर एकैचोटि अप्रिय, सन्नाटा, स्तब्धता र शोकका भारी बोकेर काका देवलालको सहादतका खबर घरको मझेरीमा आएर पछारियो । पुस २७ का दिन उदयपुरको तावाश्राीमा भाडाका लठैतहरूले घेरा हाली निर्ममतापूर्वक हत्या गरेछन् । काकाको रगत पिएर प्यास मेटाएछन् ।
माओवादीको नाममा घरबाटै गिरफ्तार हुनुभएका मेरो बुबा, हजुर बुबा, र काका जेलमुक्त भैसकेपछि म काका मिनलालसँग काठमाडौ छिरेको थिएँ । जतिबेला म सानै थिएँ १३ वर्षको । काठमाडौं प्रवेशको पहिलो अवसर थियो त्यो मेरो लागि । काका मिनलाल दाजु देवलाललाई भेट्न भनी काठमाडौ आएका रहेछन् । मलाई पातलो याद छ वीर हस्पिटलको पछाडितिर हुनुपर्छ । गल्लीको बाटो हुँदै अलि अगाडि बढेपछि एउटा घरभित्र पस्यौं । मैले देखें काका देवलाललाई । म आकस्मिकतामा परें । मेरो अनुमानमा त उहाँ लडाइँ लड्दै हुनुहुन्थ्यो तर कसरी यहाँ ? त्यतिबेला सहरमा छिप्न र बस्न सजिलो रहेछ । लामो र विषय परिस्थिति गुजारेर भएको भेट दुई दाजुभाइबीच निकै समय भलाकुसारी भएको थियो । सामान्य बाहेक मसँग अन्य कुराकानी हुने कुरा थिएन । अन्तमा उहाँले भन्नुभएको थियो कि अब म उदयपरु तिर लाग्दैछु । यति कुरा सुने पनि म स्पष्ट भएँ कि कार्यक्षेत्र बदलिएको रहेछ । केही दिनपछि उहाँ आफ्नो कायक्षेत्र प्रस्थान गर्नुभएको थियो ।भौगोलिक हिसाबले टाढा भएपछि भेटघाट पातलो हुने नै भयो । पातलो भेट साँच्चै नै शून्यतामा बदलिएछ । भूमिगत भएको करिब ३ वर्षपछि ०५५ साल फागुन महिनामा अलि ढिला गरेर एकैचोटि अप्रिय, सन्नाटा, स्तब्धता र शोकका भारी बोकेर काका देवलालको सहादतका खबर घरको मझेरीमा आएर पछारियो । पुस २७ का दिन उदयपुरको तावाश्राीमा भाडाका लठैतहरूले घेरा हाली निर्ममतापूर्वक हत्या गरेछन् । काकाको रगत पिएर प्यास मेटाएछन् । त्यो दर्दनाक घटनाको अप्रिय खबरले घर परिवारको मन थामिन सक्ने कुरै थिएन । आँखाको बाँध भत्किएर आँसुका भेल बगे । आँसुको भेलमा पौडिएर मैले रगतको जङ्घार तर्न सिकेँभन्दा सायद मलाई अन्याय हुँदैन । युद्धमा जीवनसङ्गी गुमाएका जीवनसङ्गिनी, बाल्यकालमै बाबु गमाएका टुहुरा बच्चाहरू अनि छोरा गुमाएका वा आमाको हाल... उफ ! दाजुको सहादत पश्चात बदलाको सङ्घर्षपथमा लम्किन उत्प्रेरित आशा श्रेष्ठ सहिद देवलालको कान्छी बहिनीकी रूपमा २०३५ जेठ ५ गतेका दिन जन्मिएकी थिइन् । बाल्यकालमा दाजुले जे भोगे, जस्तो परिस्थितिको सामना गरे, उनको भोगाइ पनि त्यही हो । स्थानीय विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरी राजनीतिक गतिविधिमै सक्रिय हुनुभयो । दाजु कम्युनिस्ट राजनीतिको अनुयायी र परिवारकै अगुवा भएपछि बहिनी त्यस प्रभावबाट टाढा रहने कुरै थिएन । क्रान्तिको मैदानमा उड्नको लागि सानैदेखि विद्यार्थी कालदेखि नै प्वाँख हालिसक्नुभएको थियो । गोलो अनुहार, मध्यम उचाइ, कसिलो ज्यान, खरो स्वभाव भएकी उनीमा विद्यार्थी कालदेखि नै क्रान्तिकारी भावनाको बीजारोपण भैसकेको थियो । दाजुको भूमिगत यात्रा र त्यसपछिको प्रहरीको दमनात्मक परिस्थितिले उनलाई ख¥याइसकेको थियो । जब दाजुको सहादत भयो, तब शिरदेखि पाउसम्म तीब्र आक्रोस सहित शोकलाई शक्तिमा बदल्दै बदलाको सङ्घर्षपथमा लम्किन हिम्मत सम्हाल्न थाल्नुभयो । प्रायः विद्यार्थी, महिला, पार्टीको भूमिगत कार्यक्रमहरूमा सहभागी बन्ने हुँदा भूमिगत यात्राको अनुभव अनुभूतिहरू अनौपचारिक रूपमा  गालिसक्नुभएको थियो । समयको गतिसँगै ०५८ असारदेखि क्रान्तिको सङ्घर्षशील राजमार्गमा सयर गर्न थाल्नुभयो । जीवनमरणको यात्रामा आफुलाई होम्नुभयो । नाताले मेरी फुपू दिदी भए पनि हामी अत्यन्तै मिल्ने साथी जस्ता थियौँ । हाम्रो बुझाइ र भोगाइहरू समान थिए । हामी दुई बीचमा प्रतिष्पर्धा नै चल्थ्यो कि पहिला क्रान्तिको मैदानमा को उत्रने ? जब उहाँले अघि बढ्ने निर्णय लिनुभयो, सो निर्णयलाई कार्यान्वयन गर्न मैले सक्दो सहयोग गरेको थिएँ । म कार्यक्रमतिर जाँदा उनको काँधमा बन्दकु , पिठ्यँमा झोला, कम्मरमा ग्रिनेट बोकेर छापामारको लस्करमा मार्च गर्दा ती दृश्यहरूले मलाई पनि आकर्षित गर्दथ्यो । म पनि बन्दकु बोक्न हिँडिहालौं जस्तो लाग्थ्यो । जनयुद्धमा प्रहरीले हार खाइसकेपछि सेनासँगको लडाइँको लागि शक्ति सञ्चयको आन्तरिक तयारी भैरहेको थियो । म पनि यही मौकामा मैदानमा होमिएँ । जिते जिते जस्तै देखिने गरी जनसरकारको लहरसँगै जनता पनि जागिरहेकै थिए । वार्ता प्रक्रियाबाट खास उपलब्धि नदेखिएपछि युद्धविराम भङ्ग गर्दै सेनामाथिको आक्रमणलाई तीब्र बनाई लडाइँको पहलकदमी लियो पार्टीले । पहलकदमीकै सिलसिलामा तेस्रो कारबाही जनमुक्ति सेनाले सोलखुम्बुको सदरमुकाम सल्लेरीमा आक्रमण गरी सदरमुकाम कब्जा ग¥यो । दुर्भाग्य उक्त कार्बाही भए लगत्तै पुनः स्तब्धता सन्नाटा, पीडा शोकमाथि शोक थपिएर मेरो कानमा अर्को शोक बज्रियो । त्यसक्षण सपना हो या विपना छुट्याउनै सकिनँ । आखिर तितो वास्तविकता नै त्यही थियो, जो नपत्याएर सुखै नपाइने । सल्लेरीको मोर्चामा आफूलाई पनि बलिदान गर्नुभएछ । दाजुका अधुरा सपना साकार पार्न भनी हिँडेकी थिइन् उनी, सेनासँगको पहिलो लडाइँमा सदरमुकाममाथि धावा बोल्दाबोल्दै सहिद भइछिन् उनी । खबर केही समय ढिला गरेर घरमा पुग्यो । बा ... बा ... के थामिसक्नुहुन्थ्यो र शोकमाथिको शोक ? कष्ट गरेर पार्टीका साथीहरूले सम्झाई बुझाई गर्नुभयो । सान्तोना दिनुभयो । त्यतिबेला म पनि घर गएको थिएँ । परिवारको चित्कारले कोलाहल मच्चियो घरमा । आफुलाई कठोर बनाउँदा बनाउँदै मैले आफुलाई थाम्न सकिनँ । मन भक्कानिन थाल्यो । बाहिर निस्केर अँध्यारोमा एक्लै रुनुसम्म रोएँ । ती महान् छोराछोरीलाई जन्म दिने आमालाई पछिसम्म पनि छोरीको सहादतको घटना सुनाउन सकिएन । बुढेसकालमा छोरा वियोगले थलिएका कान नसुन्ने मान्छे, फेरि छोरी वियोगका घटना चाल पाउँदा हृदयघातका खतरालाई ध्यानमा राख्दै निकैपछिसम्म पनि भन्न सकिएन । हजुरआमाले लामो समयसम्म छोरीका मुख नदेख्दा छोराकै हाल भयो कि भन्ने लख चाहिँ काट्ने गर्नुहुन्थ्यो । म बेलाबेलामा घर पुगिरहन्थेँ तर आशा कहिल्यै घर फर्कनुभएन । शङ्का उत्कर्षमा पुगेपछि उहाँले आफै खोतल्न थाल्नुभयो कि मलाई ढाँटेका त छैनौं ? यदि छ भने किन आउँदिन ? उहाँकैै खोजिनितिपछि मात्र आधिकारिक जानकारी दिइयो । निकै समयपछि भएको हुँदा सम्हाल्न केही हदसम्म सहज भयो, जतिबेला परिवारका अरू सदस्य सम्हालिइसकेका थिए । एकागर्भका यी दुई दाजु बहिनी, जसले सम्पूर्ण व्यक्तिगत इच्छा, आकाङ्क्षालाई तिलाञ्जली दिई, आºनो घर परिवारभन्दा समाज राष्ट्रको आवश्यकतालाई प्राथमिकता दिई आफुलाई पूर्ण रूपमा सङ्घर्षको भट्टीमा होमे । मृत्युपत्रमा हस्तक्षर गरेर जीवन मरणको सङ्घर्षमा सचेत ढङ्गले सहभागिता जनाए । सौभाग्य भनाैं कि दुर्भाग्य उहाँहरू दुबै साथमा हुनुहन्न । दुबै सहिदको पङ्क्तिमा लाम लागिसक्नुभएको छ । खैर, उहाँहरूका पदचापलाई पहिल्याउँदै नवउत्तरधिकारीको रूपमा आज पनि म क्रान्तिको मैदानमा उपस्थित छु । उहाँहरूका अधुरा सपनालाई साकार पार्ने पथमा लम्किरहेको छु । मैले धेरै इच्छा गरें । खास गरिकन काकाका हत्याको प्रकृति बुझ्ने । घटनास्थलको अध्ययन गर्ने, उहाँको समाधिस्थलसगँ संवाद गर्ने अनि दिदी आशाको बलिदानस्थल चिन्ने । रक्त आफन्तको साइनो जोडिएको उत्तराधिकारी भएको नाताले त्यो मेरो अधिकार पनि थियो । न त पार्टीका साथीहरूले त्यसबारे जानीबुझी मलाई बताए, न त वातावरण नै मिल्यो । मेरा ती अधुरा इच्छाहरूलाई साँचेर म आजसम्म पनि निरन्तर सङ्घर्षपथमै छु । छोराछोरी गुमाएका ती बाआमा अनि जीवनसाथी गुमाएका जीवन सङ्गिनी, आफ्ना बाबु गुमाएका ती बालबच्चा आज पनि आफ्नो रक्तआफन्त वियोगका पीडाले चिथोरिएको घाउमा मलम लगाउँदैछन् । क्षितिजतिर हेर्दै उदाउँदो नयाँ समुन्नत बिहानीको व्यावहारिक झुल्काइको प्रतीक्षामा मौन छन्, आशातीत पनि । २०५८ फागुन ६, सिन्धुपाल्चोक । क्रान्तिको कखराबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies