Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

रिठ्ठेको बकपत्र

[caption id=\"attachment_123062\" align=\"alignleft\" width=\"331\"]\"\" सुन्दर शिरीष[/caption] आरनमा हसिँया अर्चाप्दा–अर्चाप्दै आगैको फिलुङ्गोबाट जन्मिएको म रिठ्ठे । यी हेर हातभरी उठेका छन् थुप्रै ठेलाका पहाडहरु, र, फूटेका छन् निधारभरी पसिनाको खहरे म यै ठेलाको मुटुबाट ठोक्दैछु घन र, लगाउँदै पसिनाको पाइन् बनाउँदैछु हतियार सदियौंदेखि । काजी, तिम्रै कोट सिउँदा–सिउँदै कोटै मुन्तिरको भुईंमा जन्मिएको म रिठ्ठे । हेर, नियालेर हेर तिम्ले लगाएको कोटमा देखिनेछन् रगतका टाटाहरु र, संघर्षमा ज्यूनुको सापट दृष्यहरु । हो काजी म गवार नै हुँ, हो काजी म बुँगा नै हुँ, मैले बुझ्न सकिन तिम्रो भुईंमान्छे कस्ता हुन्छन् तिम्ले महलमा बसेर तिम्रो खानदानी शैलीमा महलमा बस्ने भुईंमान्छेको स्तुती लेखिएको स्वर्णिम इतिहास मैले बुझ्नै सकिन् । कसरी बुझ्नु र काजी जब बुझ्न खोज्दै थिएँ थमाईदियौ मेरो कलिला हातमा घन, कैंची र सियोहरु जब बुझ्न थालें थमाईदिन खोज्दैछौ म आफैंले बनाएको हतियार । हो काजी मलाई जनवादी भन् हो काजी मलाई प्रगतिवादी भन् घन ठोकिएको संगीतमा जीवनको गीत गाउँछु, आगोको काजगमा आगैकौ कविता लेख्छु र, एक एक धरो टालो जोडेर विशाल भूगोल बनाउँछु । फरक छ काजी तिमी र म मा तिमी मालिक, म अछुत तिमी धनी, म गरिव तिमी उत्थानकर्ता, म विद्रोही मैले छोएको पानी चल्दैन भने मैले टेकेको धर्ति अपवित्र हुन्छ भने म अछुतै सहि तर, काजी यो अछुतले फेरेको सास नफेर यो अछुतले ओढेको आकाश नओढ । विल्कुल फरक छ काजी तिमी र म मा तिमी सबैलाई सर्वहारा देख्छौ म सर्वहारालाई मात्र सर्वहारा देख्छु तिमी कालोलाई सेतो देख्छौ म कालोलाई कालै देख्छु तिमी इतिहास जोगाउन खोज्छौ म इतिहास फेर्न खोज्छु फरक छ काजी तिमी मलाई मात्र अछुत रिठ्ठे देख्छौ म आफैलाई समाज परिवर्तन गर्ने नायक देख्छु । काजी, तिमीले अछुतको पगरि गुथाएको म रिठ्ठे तिमीले विद्रोहि बनाएको म रिठ्ठे तिमीले नै घन, सियो र कैची थमाएको म रिठ्ठे आज तिमै्र विरुद्ध उभिएको छु बीच सडकमा बनाउँदैछु हतियार मेहनतले मेट्न सदियौदेखिको कुरुप इतिहास हो यतिबेला यो रिठ्ठे जागेको छ खोसिएको स्वतन्त्रता फिर्ता गर्न ! ०००
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies