Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बलिउड सेलेब्रिटीका अन्धविश्वास

\"\"साइत, कुण्डली, जोखाना, पूजाआजा, भाग्य, ग्रहदशाजस्ता कुरामा विश्वास गर्ने फिल्म स्टार थुप्रै छन् । नेपाली मात्र नभई चर्चित भारतीय फिल्म स्टार पनि ज्योतिषका कुरामा विश्वस्त हुने गरेको पाइन्छ । बलिउडमा केही कलाकार यतिसम्म अन्धविश्वासी छन् कि उनीहरू ज्योतिषलाई नहेराई घरबाहिरै निस्किँदैनन् ।सफलता चुमेका स्टार पनि त्यसको जस ग्रहदशा र ज्योतिषलाई दिन्छन् । अाजको नयाँ पत्रिकामा खबर छ– भारतीय अनलाइन मिडियाले केही सेलेब्रिटीको ज्योतिषप्रतिको लगाब र विश्वासबारे रिपोर्ट तयार गरेका छन् । ब्रास्लेट छोड्दैनन् सलमान सलमान खान आफ्ना फिल्म इदमा प्रदर्शन गर्न मन पराउँछन् । आफू अभिनीत ‘वान्टेड’, ‘दवंग’जस्ता फिल्म इदमा रिलिज गरिनाले सुपरहिट भएको विश्वास उनलाई छ । त्यसैले उनी हरेक साल इदमा आफ्ना फिल्म रिलिज हुनुपर्ने मान्यता राख्छन् । यसबाहेक उनी आफ्ना बाबुले दिएको निलो पत्थरयुक्त ब्रास्लेट कहिल्यै छुटाउँदैनन् । उनी सो ब्रास्लेटलाई आफ्नो ‘लक्की चार्म’ मान्छन् । निलमको औँठी र दुवै हातमा घडी अभिताभ बच्चन टिम इन्डियाको क्रिकेट म्याच कहिल्यै लाइभ हेर्दैनन् । उनी सधैँ रेकर्डेड म्याच मात्र हेर्छन् । जब आफू लाइभ म्याच हेर्न बस्यो, विकेट झर्न सुरु हुन्छ र टिमले म्याच हार्छ । यस्तो धेरैपटक भएकाले अमिताभले रेकर्डेड गेम हेर्न थालेका हुन् । यति मात्र होइन, उनी निलम पत्थरवाला औँठीमा पनि निकै विश्वास गर्छन् । जब उनी आफ्नो कम्पनी एबिसिएलबाट टाट पल्टिए, त्यसपछि उनले सो औँठी लगाउन थालेका हुन् । औँठी लगाएपछि आफूले कौन बनेगा करोडपति पाएको विश्वास उनको छ । कौन बनेगा करोडपतिपछि अमिताभले पछाडि फर्केर हेर्नुपरेको छैन । उनी दुवै हातमा घडी बाँध्छन् । त्यो उनका लागि भाग्यशाली भइरहेको छ रे । यसबाट पनि उनी निकै अन्धविश्वासी छन् भन्ने पुष्टि हुन्छ । डिसेम्बर लक्की मान्छन् आमिर आमिर खान आफ्ना लागि डिसेम्बर महिना भाग्यशाली मान्छन् । पछिल्लो केही वर्षयता उनका धेरैजसो फिल्म डिसेम्बरमा रिलिज भएका छन् । र, ती सबै फिल्म सुपरहिट भएका छन् । ‘तारे जमिन पर’, ‘गजनी’, ‘थ्री इडियट्स’, ‘धुम ३’ डिसेम्बर महिनामा रिलिज भएका थिए । आमिरको बारेमा डिसेम्बर महिना यतिसम्म महत्वपूर्ण मानिने गरिएको छ कि उनले कान्छी पत्नी किरण रावसँग बच्चा जन्माउने सल्लाह पनि डिसेम्बरमा गरेका थिए । सिँढीमुनि हिँड्दैनन् गोविन्दा एक समयका चर्चित अनि सफल हिरो गोविन्दा निकै अन्धविश्वासी छन् । उनी ज्योतिषको सल्लाहविना घरबाट बाहिरै निस्किँदैनन् । गोविन्दाको यस्तो अन्धविश्वासदेखि मुम्बई पुलिस पनि हैरान भएको छ । गोविन्दाको सुरक्षामा १९ पुलिस खटिएका छन् । तर, उनीहरू कुनैको पनि आफूसँग कुण्डली नमिलेकाले ज्योतिषको सल्लाहअनुसार गोविन्दाले ती पुलिस फेरिरहेका छन् । गोविन्दा सिँढीतलबाट हिँड्न अशुभ मान्छन् । उनी हत्तपत्त त्यस्ता ठाउँमा जाँदैनन् । फिल्म रिलिजअघि सिद्धिविनायक दर्शन अभिनेत्री दीपिका पादुकोणले आफ्नो हरेक फिल्म रिलिजअघि मुम्बईस्थित सिद्धिविनायक मन्दिरको दर्शन गर्ने गरेकी छिन् । आफूले सो मन्दिर दर्शन गर्नाले फिल्म हिट हुने गरेको विश्वास उनको छ । के अक्षरमा एकताको मोह एकता कपुर आफूलाई अन्धविश्वासी मान्दिनन् । तर, उनी आफ्ना हरेक फिल्म र टेलिफिल्मको नाम के अक्षरबाटै राख्ने गर्छिन् । उनी आफूलाई के अक्षर निकै फापेको विश्वास गर्छिन् । यति मात्रै होइन, उनी स्क्रिप्ट सुन्नुअघि साइत हेराउने गर्छिन् । उनी आफू अध्यात्ममा र अंकज्योतिषप्रति विश्वस्त भएकोे स्विकार्छिन् । रणवीरको घाँटीमा कालो धागो रणवीर सिंह प्रायः बिरामी परिरहन्थे । औषधि उपचार गर्दा पनि निको नभएपछि आमाले ज्योतिषलाई हेराइन् । ज्योतिषले रणवीरको घाँटीमा एउटा कालो धागो बाँध्नुपर्ने बताए । आमाले बाँधिदिएको त्यो कालो धागो रणवीरको घाँटीमा कहिल्यै छुट्दैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies