Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जिल्लास्तरीय शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट

\"\"भैरहवा, ४ चैत । रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्लास्तरीय शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवाको स्थानीय सिद्धार्थ रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब भैरहवाले गोलपार्क क्रिकेट क्लब बुटवललाई ३२ रनले हराउँदै लिग चरणमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्दै साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । साईग्लोबलका लागि रुपेश बास्तोलाले २४, अजय रसाइलीले २२ र अभिषेक ढकालले नटआउट २० रनको योगदान दिए । गोलपार्कका लागि राजेश थापाले ३, विनित पौडेल र सरण रसाइलीले समान २/२ र मदन न्यौपानेले १ विकेट लिए । प्रति उत्तरमा मैदानमा उत्रेको गोलपार्कले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय १७ रन मात्र बनाई हार व्यहो¥यो । गोलपार्कका लागि विनित पौडेलले नटआउट ३८, अरविन्द सारुले ३२ र राजेश थापाले १५ रन बनाए । साई ग्लोबलका लागि रुपेश बास्तोलाले २, राहुल थापा, अभिषेक ढकाल र मोहम्मद हुसेनले समान १÷१ विकेट लिए । खेलको म्यान अफ द म्याच साई ग्लोबलका रुपेश बास्तोला घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । प्रतियोगितामा शुक्रबार दुईवटा खेल हुनेछन् । जसमा पहिलो खेल लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र बुद्ध क्रिकेट क्लब भैरहवाबीच हुनेछ भने देस्रो खेल वेस्टर्न क्रिकेट क्लब बुटवल र ज्ञानोदय क्रिकेट क्लब करहियाबीच हुने आयोजकले जनाएका छन् । प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ र ट्रफी, उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ । प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् । खेलपूर्व एक कार्यक्रमका बीच जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा क्षेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेम सेन्चुरी, प्याब्सनका केन्द्रीय सदस्य विष्णु पन्थी, रुपन्देही बहिरा क्रिकेट संघका अध्यक्ष जुम्मन मुसलमान सल्लाहकार गोविन्द गुरुङ, विभिन्न क्लबका अध्यक्षहरु, खेलाडी, खेलप्रेमी, स्थानीय, विभिन्न विद्यालयका प्राचार्यहरु, अम्पायरहरु, रुपन्देही क्रिकेट संघका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies