Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चर्चित स्टारः जो यौन काण्डमा फसे

\"\"बलिउडका केही चर्चित स्टार पनि यौनजन्य विवादमा मुछिएका छन् । यौनजन्य हर्कतका कारण विवादमा आई करिअर चौपट भएकामा थुप्रै अभिनेता, अभिनेत्री, निर्माता, निर्देशक मात्र नभई गायक र संगीतकार पनि छन् । विवादित केही कलाकर्मीबारे भारतीय अनलाइनले तयार पारेको रिपोर्ट यस्तो छ ।

इरफान खान भर्सटाइल अभिनेता इरफान खान पनि यौनजन्य हर्कतको आरोपमा परे । उनले ‘पान सिंह तोमर’को सुटिङको बेलामा ममता पटेल नामक सहअभिनेत्रीसँग शारीरिक सम्पर्क राख्ने कोसिस गरेको खबर फैलिएको थियो । ममताले इरफानले आफूलाई बलिउडमा स्थापित गराउने आश्वासन देखाएर यौनजन्य गतिविधि गरेको दाबी गरेकी थिइन् । ज्याकी श्राफ अभिनेता ज्याकी श्राफ बलिउडका ती स्टारमध्ये पर्छन् जो स्क्यान्डलदेखि टाढै बस्ने गरेका छन् । तर, पनि उनलाई असीको दशकमा एक युवतीले शारीरिक शोषणको आरोप लगाएकी थिइन् । अभिनेत्री तब्बुकी बहिनी फराहले ज्याकीले आफूलाई शारीरिक शोषण गरेको दाबी गर्दै बबन्डर मच्चाएकी थिइन् । उनले आउटडोर सुटिङका वेला ज्याकीले आफूसँग जबर्जस्ती गरेको दाबी गरेकी थिइन् । तर, ज्याकीले उनको आरोप निराधार भएको जिकिर गरेका थिए । मधुर भन्डारकर निर्देशक मधुर भन्डारकरलाई पनि बलात्कारको आरोप लागेको थियो । बलिउडमा संघर्षरत अभिनेत्री प्रीति जैनले मधुरले आफूलाई फिल्ममा अभिनय गराएबापत सन् १९९९ देखि २००४ सम्म शारीरिक शोषण गरेको आरोप लगाइन् । बलात्कारको आरोप लागेपछि मधुरको निकै बदनामी भयो । प्रीतिले पुलिसलाई दिएको बयानले बलिउडमा ठूलै हंगामा मच्चाएको थियो । पछि, मधुरलाई अदालतले सफाइ दिएको थियो। अंकित तिवारी ‘आसिकी–२’ को चर्चित गीत सुन रहा हे ना तुका गायक अंकित तिवारी र उनका भाइलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको थियो । तिवारी दाजुभाइमाथि एक युवतीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । ती युवतीले अंकितले आफूलाई धोका दिएको, बलात्कार गरेको तथा धम्क्याएको आरोप लगाउँदै पुलिसमा उजुरी गरेकी थिइन् । अंकितविरुद्धको सो मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ । साइनी आहुजा बलिउडमा करिअर राम्रै चलिरहेको वेलामा अभिनेता साइनी आहुजा आफ्नो घरमा काम गर्ने नोकर्नीलाई बलात्कार गरेको आरोपमा जेल परे । सन् १९७३ मा देहरादुनमा जन्मिएका साइनीमाथि सन् २००९ मा बलात्कारको आरोप लागेको हो । घरमा पत्नी नभएको मौकामा आफूलाई साइनीले बलात्कार गरेको भन्दै नोकर्नीले उजुरी गरेकी थिइन् । तर, साइनीले आफूमाथि झुटो आरोप लगाइएको दाबी गरिरहेका थिए । तर, डिएनए परीक्षणपछि साइनीले बलात्कार गरेको पुष्टि भएको थियो । त्यसपछि उनी तीन महिना जेल परे । ५० हजार भारु धरौटीमा उनी जेलमुक्त भए । सन् २०११ मा उनलाई बलात्कारसम्बन्धी घटनामा दोषी पाइएकाले सात वर्षको जेल सजाय सुनाइएको छ । तर, साइनीले यसविरुद्ध अदालतमा अपिल गरेका छन् । उनको मुद्दा अदालतमा विचाराधीन छ । उनी फिल्म अभिनयमा चाहेर पनि सक्रिय हुन सकेका छैनन् । ममता कुलकर्णी अभिनेत्री ममता कुलकर्णीले आफ्नो समयमा उधुम मच्चाएकी थिइन् । उनी प्रायः विवादमै रमाउने गर्दथिन् । ममताले निर्माता तथा निर्देशक राजकुमार सन्तोषीले आफूलाई यौनजन्य गतिविधि गरेको आरोप लगाएकी थिइन् । उनको आरोपले त्यतिवेला पूरै बलिउड चकित परेको थियो । ममताले निर्देशक सन्तोषीले आफूलाई फिल्म खेलाउने बहानामा फाइदा लिने कोसिस गरेको दाबी गरेकी थिइन् । तर, सन्तोषीले आफूप्रति लागेको आरोपको सधैँ खण्डन गरे । त्यसपछिका दिनमा सन्तोषीले ममतालाई आफ्नो फिल्ममा कहिल्यै लिएनन् । सो घटनापछि ममताको करिअरले खासै उचाइ लिन सकेन । अस्मित पटेल र रिया सेन अभिनेता अस्मित पटेल र अभिनेत्री रिया सेनले आफूहरूको अश्लील एमएमएस भाइरल भएपछि बदनामी कमाए । उनीहरूको सो एमएमएस ‘सिलसिले’ फिल्म प्रदर्शनको केही दिनअघि लिक भएको थियो । त्यतिवेला उनीहरूले आफूहरूलाई बचाउँदै सो एमएमएस फिल्मकै दृश्य भएको दाबी गरेका थिए । तर, वास्तवमा त्यो फिल्मको दृश्य थिएन । उनीहरूको अश्लील एमएमएसले करिअरलाई नराम्रोसँग धक्का दियो । अस्मित र रिया फेरि उठ्नै नसक्ने गरी पछारिए । अमन वर्मा टेलिभिजन कार्यक्रम प्रस्तोता तथा अभिनेता अमन वर्मालाई पनि यौनजन्य हर्कत गरेको आरोप लागेको थियो । ‘इन्डियाज मोस्ट वान्टेड’ स्टिङ अपे्रसनमा अमन एक युवतीलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरिरहेको अवस्थामा भेटिएका थिए । तर, उनले आफूमाथि झुटो आरोप लागेको दाबी गर्दै आए । बलिउडका केही स्टारले पनि अमनका पक्षमा बोले । यतिसम्म कि सलमान खानले पनि अमन निर्दोष रहेको अभिव्यक्ति दिए । तर, सो भिडियोमा अमनले ती युवतीलाई यौनजन्य हर्कत गरिरहेको स्पष्ट देखिएको थियो । यौनजन्य हर्कतको विवादका कारण अमनको करिअर ओरालो लाग्यो । श्वेताप्रसाद अभिनेत्री श्वेताप्रसाद बासु यौन स्क्यान्डलमा फसेकी थिइन् । सन् २०१४ मा हैदराबादको बन्जारा हिल्समा यौन व्यवसाय गरेको भन्दै श्वेताको नाम आएको थियो । सो घटनापछि उनले दुई महिना रेस्क्यु होममा बिताएकी थिइन् । पछि, उनले आफू निर्दोष रहेको दाबीसहित हैदराबाद अदालतमा अपिल गरिन् । केही समयपछि अदालतले उनलाई ‘क्लिन चिट’ दियो । श्वेताले ‘मकडी’, ‘इकवाल’, ‘वाह लाइफ हो तो ऐसी’लगायत फिल्ममा अभिनय गरेकी छिन् । सेक्स र्या‍केटमा फसेपछि उनले निकै बदनामी खेप्नुपर्यो‍ । पछिल्लो समय उनी बलिउडमा पुनः सक्रिय हुने कोसिसमा लागेकी छिन् । श्वेता दक्षिण भारतीय फिल्मकी स्थापित हिरोइन हुन् । श्वेता हाल प्रदर्शनरत ‘बद्रीनाथकी दुल्हनिया’मा वरुण धवनकी भाउजूको भूमिकामा छिन् । आदित्य पन्चोली अभिनेता आदित्य पन्चोली विवादमा आइरहन्छन् । उमेरमा मात्र होइन, बुढ्यौलीमा पनि उनलाई विवादले छोडेको छैन । आदित्यलाई पहिला नोकर्नी बलात्कारको आरोप लागेको थियो । त्यतिवेला आदित्य र पूजा वेदीबीच प्रेम चलिरहेको थियो । आदित्यलाई बलात्कारको आरोप लागेपछि पूजाले उनीसँगको सम्बन्ध तोडेकी थिइन् । पूजाले एउटा अन्तर्वार्तामा आदित्यलाई बलात्कारको आरोप लागेकाले आफूले सम्बन्ध समाप्त गरेको दाबी गरेकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies