Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

स्थानीय चुनाव र संविधान कार्यान्वयन नहुने खतरनाक भविष्यवाणी (भिडियोसहित)

\"\"काठमाडौं, २ चैत । ज्यो.दीपक सुवेदीले संविधान कार्यान्वयन नहुने बताएका छन् । बेलाबेलामा विभिन्न राष्ट्रियस्तरका भविष्यवाणी गरेर चर्चामा आउने उनले नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा फेरि अर्को भविष्यवाणी गरी आम सर्वसाधारणको ध्यानाकर्षण गरेका छन् । नयाँ वर्ष २०७४ को सन्दर्भमा उनले नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुति साझा भिजन तथा इण्डिजिनियस टिभीको लागि दिएको अन्तर्वार्तामा सो कुरा व्यक्त गरेका छन् । अन्तर्वार्तामा बडो गम्भिरताका साथमा देशको बारेमा उनले अझै केही कठिनाई आइपर्न सक्ने कुराको संकेत गरेका छन् । नेपालको नयाँ संविधान निकै नराम्रो समयमा घोषणा भएको हुनाले सो संविधान कार्यान्वयन हुन नसक्ने कुरा बताएका छन् र सो संविधानलाई आधार मानेर गरिने कार्यहरू प्रभावित हुने उनको भनाई छ । https://youtu.be/B90Psw83iGI स्थानीय निकायको निर्वाचन, राज्य पुनःसंरचना आदिको प्रकृया चलिरहेको यस अवस्थामा उनको भविष्यवाणीले मान्छेहरुको ध्यान खिच्नु स्वभाविक पनि हो । अन्तर्वातामा स्थानीय निर्वाचनलगायत भविष्यको बारेमा सोधिएको प्रश्नको उत्तरमा उनले घुमाउरो पाराल निर्वाचन गर्न अथवा संविधानको कार्यान्वयन हुन असम्भव हुने ठोकुवा गरेका छन् । राजसंस्था पुनः फर्कने भन्ने हल्लाको बारेमा सोधिएको प्रश्नको उत्तरमा समेत उनको तर्क स्वभाविक जस्तो रहेको छ । संविधानको ग्रह राम्रो छैन, भइसकेका कामहरू उल्टिन सक्ने देखिन्छ भने त्यस्तै अन्य जटिलताहरू पनि आइपर्नसक्ने छ । तसर्थ हामी नेपाली संयमित र धैर्य रहनुपर्छ । पशुपतिनाथले विगतमा जस्तै शेभलेण्डिङ्ग गराउन प्रार्थना गरौं । सबैले आआफ्नो धर्मको, कर्तव्यको पालना गर्नुपर्छ । सकारात्मक भावनाले रहनुपर्छ उनको भनाई छ । https://youtu.be/B90Psw83iGI सुवेदीको धेरै भविष्यवाणीहरू पुग्ने गरेका छन् । उनले प्राय यस्ता भविष्यवाणीहरू सञ्चारमाध्यमबाटै गर्दै आएका छन् । २०७३ को पहिलो दिन सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा प्रचण्डलाई पार्टीको नाम एकिकृत नेकपा माओवादी नफापेको सुवेदीले बताएका थिए । लगत्तै एक महिना पछि प्रचण्डले पार्टीको नाम फेरे र लगत्तै उनी प्रधानमन्त्री पनि भए । २०६२/६३ को आन्दोलन पछि भएको शान्तिसम्झौता नै गलत समयमा भएको उनको भनाई छ । त्यही कारणले पहिलो संविधानसभाले संविधान नदिई अवसान हुनपरेको सुवेदी बताउँछन् । ज्यो. सुवेदीले राजा वीरेन्द्रको मृत्युको बारेमा दिव्यज्ञान पत्रिकामा २०५८ सालको वार्षिक भविष्यफल लेख्नेक्रममा लेखेका थिए । त्यो समयमा राजाको मृत्युको कुरा गर्नु ठूलो जोखिमको कुरा हुन्थ्यो । ज्यो. सुवेदीले सानै उमेरमा गरेको त्यो भविष्यवाणी मिलेपछि राम्रो प्रख्याति पनि कमाएका हुन् । त्यसो त संविधान घोषणा भएपछि पनि उनले गरेका भविष्यवाणीहरू सञ्चार क्षेत्रलाई उपलब्ध गराउने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies