Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एसइई परीक्षामा ५ लाख ३८ हजार सहभागी हुने

[caption id=\"attachment_51135\" align=\"alignleft\" width=\"600\"]\"\" फाइल फोटो[/caption] भक्तपुर, २ चैत । परिक्षा नियन्त्रक कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिषद्को परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भोलिबाट सुरु हुने परिक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले माध्यमिक शिक्षा परिषद्( एसइई) परिक्षाको प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परिक्षा पनि लेटर गेटिङ प्रणलीमा हुने बताए । राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परिक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भई नसक्दा परिक्षा नियन्त्रक कार्यालयले परिक्षाको सम्पूर्ण तयारी गरेको नियन्त्रक रेग्मीले जानकारी दिए । भोलिबाट हुने माध्यमिक परिक्षा परिषद्को परिक्षामा देशभर १९ सय २३ वटा परिक्षा केन्द्र तोकिएको बताए । जिल्लामा परिक्षा समन्वय समितिले निर्धारण गरेको आधारमा परिक्षा केन्द्र तय गरेको बताउँदै उनले केन्द्रमध्ये काठमाडौमा सबैभन्दा बढी ९६ वटा केन्द्र र मनाङ र मुस्ताङमा एक÷एक वटा परिक्षा केन्द्र रहेको जानकारी दिए । उनले १ सय ५० परिक्षार्थी भएको केन्द्रमा सहायक निरीक्षक थप गर्दै लगिएको र जम्मा २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष भएको बताए । उनले परिक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परिक्षामा सामेल रहेको बताउँदै देशभर १ हजार ९ सय २३ परिक्षा केन्द्र, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ सुरक्षाकर्मी खटाइएको जानकारी दिए । उनले २५ परिक्षार्थीमा एक निरीक्षक रहने गरी परिक्षाको तयारी गरिएको बताउँदै सबै केन्द्रमा केन्द्राध्यक्ष नियुक्तिदेखि सुरक्षा ब्यवस्था मिलाइसकेको बताए । परिक्षा बिहीबारबाट सुरु भई आगामी १४ गतेसम्म चल्नेछ । उपनियन्त्रक डिल्लीराम लुँइलेटले सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको थियो । शिक्षा ऐन कार्यान्वयनमा आएपछि शिक्षा मन्त्रालयले १२ कक्षापछि मात्र एसएलसी परिक्षा लिने भएपछि यस वर्षदेखि माध्यमिक शिक्षा परिषद्को खासै प्रचार भएको देखिन्न् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies