Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दिल्ली दर्शन !

\"\"सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चैत १० गते चीन भ्रमण गर्दैछन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउबीच आलोपालो देशको नेतृत्व लिने सम्झौता चैत २० गतेदेखि सकिदैछ । गणतन्त्र स्थापनापछि दोहो¥याएर प्रधानमन्त्री प्रचण्ड साउन २० गते प्रधानमन्त्री बनेका हुन् । दाहो¥याएर प्रधानमन्त्री बनेपछि यो पहिलो पटक हो प्रचण्डको चीन भ्रमण । उनीहरुबीच ९ महिनाको सम्झौता थियो । आलोपालो प्रधानमन्त्री बनेर देशलाई निकास दिने भन्दै ९ महिना प्रधानमन्त्री बन्ने सम्झौता गरेर एउटा चुनाव प्रचण्डले र अर्को चुनाव देउवाले गर्ने थियो । उक्त सम्झौता सकिनै लाग्दा पनि सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव ०७४ बैशाख ३१ गते गर्ने सहमति थियो । अहिले देउवालाई एउटा सकस छ यदि स्थानीय चुनाव गर्न नसके प्रचण्डले प्रधानमन्त्री सहजै दिदैनन् । जसरी हुन्छ चुनाव गराउनैपर्ने । यो चुनाव सकिदा सम्झौता भन्दा १ महिना बढी प्रधानमन्त्री प्रचण्ड बन्नेछन् । तर मधेसी मोर्चाको समेत समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मोर्चासँग ३ बुँदे सहमति गरेको थियो ।
सरकारले घोषणा गरेको स्थानीय चुनाव जसरी पनि गर्नुपर्ने दबाबमा रहेका प्रचण्डलाई बेइजिङ भ्रमण त अवश्य फलदायि हुन्छ नै तर निधिको दिल्ली भ्रमणले सरकारलाई अबश्य असर गर्छ नै । निधि र बाबुरामको भारत भ्रमणले प्रचण्डले कि स्थानीय चुनाव स्थगित गर्नुपर्ने, कि सरकार छाड्नुपर्ने बाध्यता सिर्जना गर्छ ।
१८ साउनमा नयाँ वानेश्वरमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको त्रिपक्षी बैठकबाट ३ बुँदे सहमति भएको थियो । कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच मोर्चाले उठाउँदै आएका मागहरुको तत्काल सम्बोधन गर्ने, सरकारले मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदेको आधारमा राजनीतिक सहमति खोज्दै संविधान संशोधन प्रस्ताव संसदमा लैजाने र प्रचण्डलाई प्रधानमन्त्रीमा सघाउने समेत गरी तीन बुँदे सहमति भएको हो । तर, तत्काल सरकारमा भने सहभागि नहुने मोर्चाका नेताहरुको अडान थियो । तर प्रचण्ड प्रधानमन्त्री बन्ने बेलाका यी सहमति अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन् । जसरी केराको गुदी खाएर बोक्रा टोकरी फ्याकिन्छ, मोर्चाका ती सहमति पनि त्यसरी नै फ्याकिएका छन् । कारण प्रचण्ड, देउवा मात्रै भने होईनन् । [caption id=\"attachment_117150\" align=\"alignnone\" width=\"300\"]\"\" लेखक[/caption] संविधान संशोधनको प्रस्ताव संसदमा पुगेपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका दलहरुको कारण अलपत्र छ । पहिला चुनाव अनि संशोधन प्रस्ताव अगाडी बढाउने भन्दै एमालेले संशोधनको विरोध गर्दै आइरहेको छ । संशोधन प्रस्ताव पास हुन नदिएर प्रचण्ड नेतृत्वको सरकार ढाल्ने रणनीति बनाएको एमालेले राप्रपालाई पनि हात लिएर अगाडी बढ्ने थियो तर प्रचण्ड र देउवा एमाले अध्यक्ष केपी ओली भन्दा एक ‘स्टेप’ अगाडी बढेर आफ्ना मन्त्रीलाई ‘ब्याक’ गरेरै भएपनि राप्रपालाई सरकारमा सहभागि गराए । हुन त यो पहिलो पनि होईन र अन्तिम पनि हुनै सक्दैन्, छिमेकी दक्षिणी भारतको आर्शिवाद लिन लाम लाग्ने चलन । ९ महिने म्याद सकिएपनि स्थानीय चुनाव नगरि कुनै हालतमा सत्ता सहजै हस्तान्तरण नगर्ने प्रचण्डको कारण ‘दिल्ली’ फकाउन यतिवेला कांग्रेसीहरु ओइरिन थालेका छन् । अहिलेको राजनीतिक अबस्थामा मधेसको समस्या समाधान नगरी चुनाव सफल नहुने भारतीय पक्षको अनौपचारिक प्रतिक्रिया दिनानुदिन आउने गरेको छ । भारतले विशेष गरी स्थानीय तहको चुनाव गर्ने सरकारको घोषणालाई खुलेर स्वागत गरेको छैन । छिमेकी भारत मधेसी मोर्चाको माग सम्बोधन गरेर मात्रै स्थानीय चुनाव गर्नुपर्ने पक्षमा छ । मोर्चाको माग पुरा नभएसम्म भारतले चुनाव स्वागत गर्दैन पनि ।
नेपालको राजनीति अबस्थाबारे पछिल्लो समयमा भारतले स्पष्ट प्रतिक्रिया दिन सकेको छैन् । नेपाली राजनीतिको यो अवस्थाबारे निधिले भारतमा ‘ब्रिफिङ’ गरेर स्थानीय चुनावलाई सघाएर कांग्रेसको नेतृत्वमा सभापति देउवालाई प्रधानमन्त्री बनाउन सघाउन सायद उनले यो कुरा छुटाउने छैनन् ।
मोर्चाको माग सम्बोधन नगरे कुनै हालत स्थानीय चुनाव नगराउने र प्रचण्ड नेतृत्वको सरकार ढालेर पुन ओलीलाई ब्युत्याउने तरखर गरेको भारतलाई फकाउन यतिवेला गृहमन्त्री बिमलेन्द्र निधि दिल्ली पुगेका छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली गएको बताईए पनि निधिले महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने गर्नेछन् । भारत गएका निधिले परराष्ट्रमन्त्रीका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय समकक्षी राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र बिजेपी नेता अमित शाह, भारतीय कांग्रेसका सोनिया गान्धि र राहुल गान्धिलाई पनि भेट् गर्दैछन् । त्यसोत त निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि भेट्ने चाँजो मिलाईरहेका छन् । तर मुखर्जी भेट्ने ‘सिक्वेन्स’ अझै मिल्न भने सकेको छैन् । नेपालको राजनीति अबस्थाबारे पछिल्लो समयमा भारतले स्पष्ट प्रतिक्रिया दिन सकेको छैन् । नेपाली राजनीतिको यो अवस्थाबारे निधिले भारतमा ‘ब्रिफिङ’ गरेर स्थानीय चुनावलाई सघाएर कांग्रेसको नेतृत्वमा सभापति देउवालाई प्रधानमन्त्री बनाउन सघाउन सायद उनले यो कुरा छुटाउने छैनन् । त्यसोत सरकारले घोषणा गरेको स्थानीय चुनाव भारतले खुलेरै स्वागत नगर्नु, यता मधेसी मोर्चाले संशोधनपछि मात्रै चुनावको माग गर्नु अनि नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईहरु चुनाव अहिले हुनै हुँदैन भनेर भारतीय बोलि बोल्नुले पनि ‘सेतो सर्टमा कालो दाग’ लाग्नु जस्तै छर्लङ्ग छ । अहिले दिल्लीमा के पाक्दैछ ? दिल्लीमा पाक्दै गरेको खिचडी निधिले खान्छन् कि बाबुरामले ? सहजै भन्न सकिन्छ बाबुरामलाई छाडेर निधिलाई दिल्लीले अबश्य खिचडि खुवाउने खुवाउँदैन् । निधि गएको भोलिपल्टै बाबुराम पनि भारत हान्निएका छन् । ‘कागले कान लग्यो भन्दैमा कान छाम्ने कि कागलाई लखेट्ने ?’ बाबुरामलाई सायद यो प्रश्नले झक्झकाउँछ होला । मधेसी मोर्चाकै भाषा बोल्दै आएका बाबुरामले पनि संशोधनपछि मात्रै चुनाव हुनुपर्ने, हाल चुनाव स्थगित गर्नुपर्नेजस्ता शब्द खर्चेर दुई पेज लामो विज्ञप्ति यसअघि निकालि सकेका छन् । त्यसोत नेपाली राजनीतिमा जति दक्षिणतिर अर्थात भारतीय हस्तक्षेप छ, त्यसको केहि हिस्सा उत्तरतिर चीनको पनि हस्तक्षेप छ नै । दोस्रो पटक प्रचण्ड प्रधानमन्त्री हुनु अगावै चीनसँग ‘सिक्वेन्स’ मिलाउने जिम्मा हालका अर्थमन्त्री कृष्णबहादुर महराको थियो । उनै महराले चीनमा गएर सबैसँग ‘सिक्वेन्स’ मिलाएर मात्रै नेपाल फर्किएका थिए । यता भारततिरको मिलाउने सबै नारायणकाजी श्रेष्ठ र बर्षमान पुन ‘अनन्त’हरुको थियो । तर अहिले सबैलाई ‘ब्याक’ गरेर प्रधानमन्त्री आफै चैत १० गते चीन भ्रमण निस्किदैछन् । सरकारले घोषणा गरेको स्थानीय चुनाव जसरी पनि गर्नुपर्ने दबाबमा रहेका प्रचण्डलाई बेइजिङ भ्रमण त अवश्य फलदायि हुन्छ नै तर निधिको दिल्ली भ्रमणले सरकारलाई अबश्य असर गर्छ नै । निधि र बाबुरामको भारत भ्रमणले प्रचण्डले कि स्थानीय चुनाव स्थगित गर्नुपर्ने, कि सरकार छाड्नुपर्ने बाध्यता सिर्जना गर्छ । दोस्रो पटक प्रधानमन्त्री बनेपछि दुई पटक भारत भ्रमण गरिसकेका प्रचण्डले यिनै दबाब आउने अग्रिम सूचना पाएकालेपनि चाँडै चीन भ्रमण गर्न लागेका हुन भन्दा फरक नर्पला ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies