Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

१६ वर्ष भोक हड्ताल गरेकी शर्मिलालाई ९० भोट !

\"\"काठमाडौं, २९ फागुन । भारतमा जारी विधानसभा निर्वाचनमा मणिपुरकी शर्मिला इरोमले लज्जाजनक हार ब्यहोरेकी छन् ।विश्वकै सबैभन्दा लामो भोकहड्ताल गरेर चर्चामा आएकी शर्मिलाको नमानत जफत हुने गरी हार ब्यहोरेकी छन् । ४४ वर्षीय मानवअधिकारवादी कार्यकर्ता शर्मिलाले गत वर्ष कुनै उपलब्धि बिना नै आफ्नो १६ वर्ष लामो भोक हड्ताल अन्त्य गरेकी थिइन् । भोक हड्तालको अन्त्य नै शर्मिलाको हार भएको विश्लेषकहरुले बताएका छन् । हुन त शर्मिलाको जित हुने विश्वास कसैले पनि गरेका थिएनन् । उनले जित्नु भनेको हावामा काँचको महल बनाउनु जस्तै थियो । चुनाव लड्दैमा जित हासिल गर्न सकिने भन्ने होइन । जित्नका लागि रणनीति पनि चाहिन्छ, जुन शर्मिलामा थिएन । उनको चुनावी प्रचारप्रसारका क्रममा पनि सुरक्षाकर्मीबाहेक अरुको सहभागिता न्युन हुन्थ्यो । भाषण सुन्नेहरु हुँदैनथे । लामो समय भोक हड्ताल गरेकी कारणले मात्रै कोही कोही हेर्न आइपुग्थे । राज्यमा सेनालाई प्राप्त विशेषाधिकार अन्त्य हुनुपर्ने र निर्दोष जनताको हत्या गर्न नपाईने मागसहित अनसनमा १६ वर्ष लामो समय बिताएकी उनलाई नाकबाट झोल पदार्थ दिइन्थ्यो भने अरु मानिससँग पनि आधा घन्टा मात्रै भेट्ने समय हुन्थ्यो । चुनावका क्रममा उनका प्रेमी आयरल्याण्डमा बस्ने र मणिपुरी नभएको भन्दै विदेशीको उनीमाथि विदेशी नागरिकको मुद्दा पनि थोपरियो । इरोम र उनका प्रेमी भनिएका डेसमण्डका बारेमा पनि चर्चा बाहिर आएको थियो । डेसमण्ड भारतीय जासुस भएको, शर्मिलालाई अनशन तोड्न उनले नै प्रेरित गरेका कुरा पनि बाहिर आएका थिए । लोकसभा निर्वाचनमा अरबिन्द केजरीवालले जस्तै शर्मिलाले पनि मणिपुरका शक्तिशाली नेता इबाबी सिंहलाई चुनौती दिएकी थिइन् । तर केजरीवाललाई जनताले जसरी साथ दिए, शर्मिलालाई साथ दिएनन् । शर्मिलाको चर्चा विश्वब्यापी रुपमा नै भएको थियो तर मणिपुरकै मिडियाले उनलाई कुनै महत्व नै दिएन । शर्मिलाले विधानसभा निर्वाचनमा मात्र ९० भोट प्राप्त गरिन् । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies