Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

होलीको अवसरमा एनटिसीले ल्यायो यस्तो अफर

\"\"काठमाडौं, २७ फागुन । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ । अाज एक विज्ञप्ति जारी गर्दै कम्पनीको चाडपर्व अफर अन्तर्गत जीएसएम र सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई होली अफर उपलब्ध गराएको जानकारी गराएकाे हाे । यसरी उपलब्ध गराइएको सहुलियत अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत रु. २०० को रिचार्ज कार्डमा २०० एमबी डेटा, रु. ५०० को रिचार्ज कार्डमा ५०० एमबी डेटा र रु. १००० को रिचार्ज कार्डमा १००० एमबी डेटा दुई दिनसम्म बोनस अवधि रहने गरी राती १०ः०० बजे देखी बिहान ६ः०० बजेसम्म उपभोग गर्न पाइने टेलिकमले जनाएको छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०३ गतेसम्म ५ दिनजीएसएम र सिडिएमएका प्रिपेडका ग्राहकलाई उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले बताइन् । उनका अनुसार  अफर अन्तर्गतको डेटा बोनस रिचार्ज गरेपश्चात् स्वतः प्राप्त हुनेछ । त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब् डेटा प्याक १०० रुपैयाँमा २ दिनसम्म र ५०० एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १३ गतेसम्म १५ दिन जीएसएमका प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर लिनका लागि U1GB या U500MB टाइप गरी १४१५मा एसएमएस गर्नुपर्ने छ । एसएमएस प्याक अन्तर्गत १०० वटा एसएमएस १० रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) ३ दिनसम्म उपभोग गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।  यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०१ गतेसम्म ३ दिन जीएसएम र सिडिएमएका ग्राहकलाई उपलब्ध हुनेछ । यो सेवा लिनका लागि SMS100 टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies