Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यसकारण सप्तरी प्रशासनमाथि छानविन गर

\"\"काठमाडाैं , २४ फागुन । सोमबार बेलुकी सप्तरीमा अप्रिय घटना घट्यो । नेकपा एमालेको मेची महाकाली अभियानको बिरोधमा उत्रिएका स्थानीय जनता र प्रहरीबीच झडप हुँदा गोली चलाइएपछि चार जनाको मृत्यु भयो । घटनामा दर्जनौं घाइते भए । कतिपय घाइतेहरु गम्भीर अवस्थामा रहेका छन् । झडप हुनसक्छ र सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि भएको यो घटनाबाट सप्तरीमा सुरक्षा व्यवस्था राम्रो रहेको र स्थिति नियन्त्रणमा रहेको भन्ने स्थानीय प्रशासनको दावी झूठो साबित भएको छ । सप्तरीको राजबिराजमा नेकपा एमालेले गर्ने भनिएको सभाको बिरोधमा सप्तरी बन्दको घोषणा गरिएको थियो । उता नेकपा एमालेले भने जसरी पनि सप्तरीमा कार्यक्रम गरी छाड्ने अड्डी कसेको थियो । एमालेले इनरुवामा सभा गरिरहेकै बेला यता सप्तरीमा भने स्थानीय जनता र एमाले समर्थकबीच झडप भइरहेको समाचार सार्वजनिक भइरहेका थिए । इनरुवामा कार्यक्रम चलिरहेको बेला डेढ दर्जन जनता गिरफ्तार भएका थिए । त्यही बेला जिल्ला प्रमुख अधिकारीले भने स्थिति शान्तिपूर्ण रहेको प्रतिक्रिया दिएका थिए । एमाले सभास्थल नजिक प्रेसर कुकुर बम भेटिँदा समेत स्थिति शान्तिपूर्ण रहेको भनिरहेको स्थानीय प्रशासनले अन्ततः भीडन्त रोक्न सकेन र चार जनाको मृत्यु हुने दुखद घटना घट्न पुग्यो । नेपालमा प्रहरीमाथि ढुंगामुढा हुनु, आन्दोलन अराजक हुनु, आन्दोलन हिंस्रक हुनु नौलो कुरा होइन । यसअघि पनि ५ नम्बर प्रदेशसम्बन्धी विवादका क्रममा पश्चिमाञ्चलका जिल्लाहरुमा चर्को प्रदर्शन भयो । तर कुनै पनि यस्ता आन्दोलनमा प्रहरीले प्रदर्शनकारीको टाउकोलाई निशाना बनाएन । तर सप्तरी या मधेसको आन्दोलनमा जहिल्यै पनि प्रहरीले जनताको टाउकोलाई मात्रै निशाना बनाएको देखिन्छ । न त प्रहरीमा त्यो संयमता देखिन्छ । यदि प्रहरीले सप्तरीमा अलिकति संवेदनशीलता अपनाएको भए हिजोको दुखद घटना घटने थिएन । एकातिर प्रजिअले स्थिति शान्तिपूर्ण छ भन्दै आउनु अर्कोतर्फ प्रहरीले टाउको नै ताकेर गोली चलाउनुले कतै घटना नियोजित त थिएन भन्ने प्रश्न समेत उठेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी यसअघि गोरखामा छँदा समेत विवादमा परेका थिए । माओवादी केन्द्रका नेताहरुसँग विवाद भएपछि उनलाई गोरखाबाट सप्तरी सरुवा गरिएको थियो । अहिले सप्तरीमा गोली चलाउनुपर्ने अवस्थ नहुँदा पनि र केन्द्रबाट गोली चलाउने आदेश नदिएको अवस्थामा पनि गोली चल्नु, आन्दोलनकारीलाई नियन्त्रणमा लिने अन्य कैयन् साधन र तरिका हुँदाहुँदै पनि गोली चल्नु, गोली चलेर पनि त्यो टाउकोमा नै लाग्नु, एमालेले हामी जसरी पनि सप्तरी गएरै छाड्छौं भनेर अड्डी कस्नु, स्थानीय प्रशासनले झडप र बम भेटिँदा पनि स्थिति शान्तिपूर्ण भनेर प्रचार गरिरहनु जस्ता घटनाहरु संयोग पक्कै पनि मान्न सकिन्न । यसले सप्तरी घटना नियोजित थियो भन्ने प्रशस्त आधारहरु देखिन्छन् । यसले सप्तरी घटना संविधानको कार्यान्वयन हुन नदिन, स्थानीय चुनाव बिथोल्न र सरकार ढाल्न रचिएको प्रपञ्च हो भन्ने कुरा समेत पुष्टि हुन जान्छ । त्यसैले सप्तरी घटनाको निष्पक्ष छानबीनका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिनुपर्दछ । अवस्था नियन्त्रणमा लिन नसक्ने प्रमुख जिल्ला अधिकारीलाई केन्द्रमा बोलाएर के कति कारणले घटना भयो, प्रहरीले किन टाउको नै ताक्नुपर्यो ? स्थानीय प्रशासनले किन अवस्था नियन्त्रणमा लिन सकेन र के कति कारणले मधेसका जनता एमालेको आमसभा बिथोल्ने मनस्थितिमा पुगे, कसले यो अवस्था सिर्जना गर्न के कस्तो भूमिका खेल्यो भन्ने विषयमा छानबीन हुनु जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies