Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नक्कली हाँसो भित्र लुकेको प्रदेसिको बास्तबिक कहानी

बाध्यता र बिबस्ताको भुमरीमा परि बिदेशी भुमिमा आफ्नो पसिना र रगत सङ्गै उमेर र जवानी बेच्दै गरेका लाखौ नौजवान नेपालीको बास्तबिक कहानी बुझ्दा सायदै घर देशमा रहने आफन्तको मन थिरमा रहला । संभावना र चुनौतीलाइ पहिल्याउन नसकी साहुको मङ्गो ऋण काटेरै बिदेशी भुमिमा गुलाम बन्न आयका कर्मठ नेपाली उर्जा शक्तिको भगवान भरोसा बनेको काम र मान्नै नसक्ने काम अनुसार को दाम सङ्गै अनेकौं पिडाको जञ्जालमा नचाहेरै पनि रमायका छन तमाम नेपाली मनहरु ! [caption id=\"attachment_120766\" align=\"alignleft\" width=\"250\"] सुसान आचार्य[/caption] देखेको र सुनेको जस्तो कहा छ र लाहुरे जिबन ! अरुकै खटन, अरुकै आसा, आफ्नो केबल झिनो सपना अनि त्यसैको भरोसा । न दिनको भोक न रातको निद्रा न जिबनको न कुनै मनको रहर केबल चल्छ त अरुकै कर । गलेको होस कि थाकेको ,काम नगरी धर हुदैन यहा ,बिरामी होस या अनगिन्ती पिडा स्वदेश फर्कन भर हुदैन यहाँ ।बिहानै उठ्यो, मिठो नमिठो काचो होस या पाकेको दुइ गास टपक्क टिप्यो अनि लाग्यो आफ्नो पसिनाको ब्यापार गर्न । न कतै खाजा न नास्ता केबल त्यही दुइ गासको भरमा दिन भरी काम गर्यो अनि बेकुका लखतरान भयर आयो त्यही कोठिमा । यहाँ जस्ले जतिसुकै चिल्ला कुरा गरेनी अधिकांशको कहानी फरक पर्दैन । भलै काम र दाम फरक होला तर जिबनी एउटै हो । दिनभरी काम गर अनि कत्ति चाही रातभर जागा बस न काम को जस न कतै नाम आउछ त केबल गाली र अपमान ।चाहे जसरी काम गरेनी पराइको मन बुझाउन कहा सजिलो हुन्छ र ! आफ्नो सबै चहाना मारेर पनि अरुलाइ खुशी पार्नुपर्न यो बिडम्बना कसलाइ सुनाउने कस्ले सुन्ने यहा ! चाडबाड आउँछ घरदेशमा –मन पोल्छ प्रदेशमा ! त्यसोत अरु विकल्प पनि त कहाँ थियो र स्वदेश मा रमाउने ?
चाहेर होस या नचायरै भयनी हर्यक बिदेशी चाडपर्व को सम्मान र अनुसरण गर्नुपर्छ यहा बाच्न्कै लागी पनि ।
बल्ल बल्ल काम गर्यो महिना पुरा हुन्छ धेरै थोर रुपैयाँ त आउछ तर त्यही पापी साहुको अनुहार आखै अगाडि अनि सबै पैसा त्यही साहु र घरदेसमा परिवार पाल्न पठायो यहा बिदेश मा कुल्ली को हालत त फ़ेरि उस्तै न हो ।भयको अलिकति रुपैयाँ केहि दिनमा नै सकिन्छ अनि उ त्यो पाकेको र सजायको त मन मनै खाने हो मन बाट नै लाउने हो ।
तिमिले सोचे जस्तो फेरियको हुदैन महिनै पिच्छे कपडा प्रदेशमा त्यो ता लाउन नपायर नया देखियको ।देखाउन समय पनि त कहा हुन्छ र ।
फ़ेरि एक जोर लुगा फाट्न पनि बर्सौ लाग्छ यहा ।तिमिलाइ देखाउन भयनी उस्ले बल्ल एउटा फोटो खिच्छ त्यही नया लुगा लगायर राम्रो बगैचा अनि चिल्लो बाटो र राम्रो कार नजिक बसेर अनि त्यसैमा चित्त बुझाउछ आफ्नो र आफन्तको ।
तर बास्तबिका कहा होर यो ?  तिमिले कसरी देख्न सक्नु अनि उस्ले कसरी देखाउन सक्नु त्यो साघुरो कोठा ,त्यो भुइमा ओछ्यको एउटा म्याट अनि एउटा पानीको बोतल छेउमा त्यही पर कुनामा केहि पकाउने भाडा अनि केहि पोका जुन भोली पल्ट पेट भर्न लाइ राखेको छ ।अझ रातभरि खायको उडुस र उपिया अनि लामखुट्टे को टोकाइ त चाहेर पनि कसरी देखाउनु ।
त्यो तिमिले फेस बुकमा देखेको फोटो बास्तबिक कहा होर त्यो ता महिनामा एक पल्ट साइत हेरि हेरि रेस्टुरेन्ट छिरेर खाना खायको फोटो हो ।कठै ,काम गर्दा गर्दै प्लास्टिक मा दाल र भात सडक को छेउमा बसेर खायको फोटो कस्ले देखाउने तिमिलाइ ।
त्यो गाडी उस्को हैन त्यो ता पैसा हुदा चढेको ट्याक्सी हो ,गोजिमा एक रुपैयाँ नहुदा चप्पल पड्काउदै तातो घाममा घन्टौ हिडेको कुरा कस्ले भन्ने कस्ले सुन्ने ?
बिरामी हुदा औसधि सम्म खान नपायर लडेका अनि काम गर्दा गर्दै हात खुट्टा झरेका फोटा त न उ हाल्न सक्छ न तिमि हेर्न सक्छौ हो यहि भित्र छ प्रदेसी जिबन र प्रदेसिको कहानी ।
भन्नेले त सहजै भन्लान नि रहरले गयको बल्ल चालपाइस तर गुलाम बन्ने रहरता कस्लाइ पो लाग्ला र !
जब उता घर देशमा चाडबाड आउछ तब प्रदेश मा मन जल्छ अनि पोल्छ तप तप प्लास्टिक को आगोले झै पिरले ।अझ तिमिले रातो टिका र जमरा अनि मखमली र सप्तरङ्गी टिका लगाइ खिचेको फोटो फेस बुकमा हाल्दा त काम गर्दै गर्दा पनि एक हातले आसु पुस्दै अर्को हातले सुभकामना लेख्छ प्रदेसि यो कहानी यहा कस्लाइ सुनाउने कस्ले सुन्ने !
महिनामा कहिले कहि घरमा फोन गर्छ अनि घर बाट के छ भन्दा पिडा पोको पार्दै ठिक छ भनेको कुरा कस्लाइ भन्नु ।तिमिले सोचे झै सधै मासुभात कहा हुन्छ र बिदेश मा कहिले कहि तरकारी नहुदा त्यही बासी भातमा नुन हालेर खायको कुरा भन्न नसकी फेसबुकमा डिनर आज रेस्टुरेन्ट मा ूलेखेको स्टाटस पढ्दा घर देश मा तिम्रो मन लोभिदो हो तर कसरी भन्न सक्नु यो कहानी ।
रातभरि आखा मिची मिची गेटमा कुरेर बस्छ उ अनि एउटा फोटो खिचेर हाल्छ उता तिमिले सोच्छौ कस्तो राम्रो जागिर के थाहा तिमिलाइ एउटा सानो गल्ती हुदा तलब काटेको अनि उ रोयको केबल त्यो पिडा सम्झेर काम गर्दाको पिडा ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies