Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अाफ्नै हेलचक्र्याइँले जेल परेका थिए केपी ओली

\"\"वि.सं. २०२९ फागुन १६ र १७ गते झापा बैठकले सीपी मैनालीलाई सचिव चुनेको खबर दिन धुइँपत्ताल खोज्दासमेत केपी भेटिएका थिएनन् । केपी मोहनचन्द्रलाई खोज्न विराटनगर गए भन्नेसम्म सुनियो । पछि साथीहरुले सुनाए, ‘मोहनचन्द्र विराटनगरबाट रानी–जोगवनीमा पुगेको थाहा पाएपछि केपी उतै लागे ।’ केपी जोगबनी पुग्दा मोहनचन्द्र त्यहाँबाट भारत छिरिसकेका रहेछन् । बल्लतल्ल केपीले मोहनचन्द्रलाई देहरादुनभन्दा पश्चिमतिरको ठाउँमा उखु गोडिरहेको श्रमिकका रुपमा भेटेछन् । अनि दुवैजनाले केही समय उखु गोडेछन् । केपी सानैदेखि शारीरिक श्रम गर्न रुचाउन्नथे । मोहनचन्द्र केपीभन्दा जाँगरिला त थिए तर बेढंगका । केपीले बल्लतल्ल मोहनचन्द्रलाई नेपाल फर्किन राजी गराएछन् र गोरखपुर हुँदै पुनः विराटनगर फर्कने ताकमा रहेछन् । तर, मोहनचन्द्रलाई उनका साथीहरुले विराटनगर नआउनु भनेपछि गोरखपुरबाट वीरगन्ज आइपुगेछन् । मोहनचन्द्रले चिनेका पुराना साथीभाईको सम्पर्क खोज्दै १०–१२ दिन त्यतै बिताएछन् । उनीहरु मार्क्स, एंगेल्स, भारतीय कम्युनिष्ट पार्टी मालेका प्रकाशनहरु तथा अन्य पत्रपत्रिका झोलामा बोकेर हिँडेका रहेछन् । यस्ता सामान बोकेका साथीहरुलाई राख्न मोहनचन्द्रका वीरगन्जिया मित्रहरु डराएछन् । \"\"साथी डराएको बुझेपछि उनीहरु रौतहटमा रहेका अर्का पुराना मित्र तथा प्रधानपञ्चको घरतिर लागेछन् । यसै मेसोमा प्रहरीले झोला खानतलासी गर्ने क्रममा प्रतिबन्धित पाठ्यपुस्तक भेटाएछन् । यसपछि प्रहरीले प्रधानपञ्चकोमा नपुग्दै नेपाल–भारत सीमावर्ती क्षेत्रबाट उनीहरुलाई थानामा लगेछ । थानामा थप चेकजाँच गर्ने क्रममा चारु मजुमदारको भाषणको एउटा हस्तलिखित लामो नेटसमेत फेला परेछ । यसपछि के चाहियो ! माथिल्लो तहको प्रहरीकोमा खबर भएछ । प्रहरीले दुवैलाई अलग–अलग राखेर बयान लिएछ । सुरुमा त दुवैले आफ्नो नाम ढाँटेछन् । तर, प्रहरीले तिम्रो साथीले सब सत्य कुरा कहिसक्यो भनेपछि मोहनचन्द्र र केपी दुवैले आफ्नो वास्तविक नाम बताएछन् । मोहनचन्द्रको नाम सुन्नसाथ तुरुन्तै एक डेढ सय प्रहरीले घेरेछन् । यसरी २०३० साल कात्तिकमा मोहनचन्द्र अधिकारी र केपी ओली रौतहटबाट पक्राउ परे । पछि जेलमा सँगै बस्दा मोहनचन्द्र र केपीले मलाई यो कहानी सुनाएका थिए । यसपछि सरकारले मोहनचन्द्र र केपीलाई फाँसीको सजाय माग गर्दै राजकाज मुद्दा चलाएर काठमाडौंको गोलघरमा ल्यायो । गोलघरमा राखेकै बेला दुवैलाई फौजदारी अभियोग लगायो र राजकाज मुद्दा फिर्ता लियो । (मैनालीको ‘नलेखिएको इतिहास’ नामक पुस्तकको एक अंश–सम्पादक)
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies