Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कपाल काटेर मासिक दुई लाखभन्दा बढी आम्दानी गर्छन् युवा

\"\"फलेवास (पर्वत), १५ फागुन । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गर्न थालेका हुन् । विदेशबाट घर फर्किएपछि राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएर पुनः घर फर्केर सैलुन व्यवसाय सुरु गरेपछि जीवनमा सोचेभन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको उनले बताए । अहिले बागलुङ बजारको पुरानो बसपार्क नजिकै रहेको आफ्नै घरमा ‘मार्क रविन्स सैलुन एयर एन्ड ब्युटी फर लेडिज एन्ड जेन्स’ पसल खोलेर पौडेलले व्यवसाय गर्दै आएका छन् । परिवारका कान्छा छोरा, बाबु नेपाल बैंकको पूर्व म्यानेजर । पैसाको त खासै कमी थिएन, विदेश जानुपर्ने बाध्यता पनि थिएन तर बालहठका कारण विदेश गएँ युएईमा पनि यस्तै पार्लरमा काम गर्ने अवसर पाएँ र त्यसैको प्रेरणाबाट नेपाल फर्केर सैलुन व्यवसाय सुरु गरेको उनले बताए । सुरुमा त घरपरिवार र समाजले समेत यस्तो व्यवसाय नगर्न सुझाव मात्र होइन दबाब पनि दिए । उनी भन्छन्, – “काम भनेको सानो ठूलो हुँदैन भनेर आफूले रु ६ लाख लगानी गरेर व्यवसाय थालेको हुँ ।” हाम्रो समाजमा अझै पनि सैलुन व्यवसाय भनेको भारतीय मूलका नागरिकले नै गर्ने हो भन्ने प्रचलन रहेको छ । ठूला सहरबजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरूकै वर्चस्व पनि छ । त्यसैले समाजको बुझाईसमेत नेपालीले गर्नुहुँदैन भन्ने हुँदाहुँदै पनि उनले सैलुन व्यवसाय सुरु गरेका हुन् । व्यवसाय सुरुवातका केही समय त आफ्नो सैलुनमा कोही पनि नआउने, यसले जान्दैन भन्ने गर्दथे तर विस्तारै आफ्नो मेहनत र कलाकौशलका कारण अहिले उहाँको पसल धौलागिरि अञ्चलकै नमुना बनेको छ । उनको पसलमा पुरुष मात्र होइन महिलाको पनि उत्तिकै आकर्षण रहेको छ । बढिजसो अफिसियल र टिनेजर्स मेरोमा आउने गर्छन्, उनले भने । दैनिक ४० देखि ५० जनासम्म पुरुष र महिला विभिन्न सेवा लिनका लागि आउने गरेको राजनले जानकारी दिए । उनी भन्छन् – “मासिक एक हजार २०० देखि एक हजार ५०० सम्मले सेवा लिने गरेका छन् ।” मबाट सेवा लिएकाहरू अर्को पटक अर्को स्थानमा जान मान्दैनन् उनले भने, – “पोखरा, काठमाडौं जहाँ पुगे पनि फर्की फर्की सेवा लिन आउने गरेका छन् ।” तालिम नै लिएर व्यवसाय सुरु गरेकाले ग्राहकको जस्तोसुकै रोजाइको सेवा दिन सक्ने उनको क्षमता रहेको छ । दैनिक पाँच हजार देखि सात हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ । व्यवसायमा गरेको लगानी पहिलो वर्षमा उठाएका राजनले अहिले भएको कमाइले आफ्ना छोराछोरी पढाउने र पैसा बैंकमा बचत गर्न थालेका हुन् । उनी भन्छन्, – “यसबाट भएको कमाइको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने योजना छ ।” उनको व्यवसायबाट आफूमात्र होइन दुईजना पुरुष र एक महिला गरी अन्य तीनजनालाई पनि रोजगारी पाएका छन् । उनीहरूले आफ्नो सहयोगीका रूपमा काम गर्ने गरेको राजन बताउछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies