Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

संशोधन प्रस्ताव दर्ताको ७२ घन्टे अवधि आज सकिँदै

काठमाडौं, १५ फागुन । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने ७२ घन्टे अवधि आज साँझ सकिँदैछ । उक्त विधेयकमाथि विभिन्न राजनीतिक दलहरुले संशोधन प्रस्ताव दर्ता गर्ने भएका छन् । गत बिहीवारको संसद बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल सकेपछि संशोधन प्रस्ताव दर्ता गर्ने समय आज आइतबारसम्मका लागि निर्धारण गरेको थियो । शुक्रबार शिवरात्रि र शनिबार सार्वजनिक बिदा परेकाले अहिलेसम्म संशोधनमाथि कसैले पनि संशोधन प्रस्ताव दर्ता गराएका छैनन् । सरकारले दर्ता गराएको संशोधन प्रस्तावलाई परिमार्जनसहित पास गर्नुपर्छ भन्ने मत राख्दै आएका दलहरुले आफ्नो माग र एजेण्डा अनुसार संशोधन प्रस्तावमाथि संशोधनका बुँदा दर्ता गर्ने भएका छन् । संशोधन प्रस्ताव नै गलत भएको भन्दै सदन समेत अवरुद्ध गरेका एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायतका दलहरुले भने संशोधन प्रस्ताव दर्ता नगर्ने बरु विपक्षमा मतदान गर्ने रणनीति बनाएका छन् । नेपाली कांग्रेसले संसदमा दर्ता भएको प्रस्तावमा परिमार्जनका लागि संशोधन दर्ता गर्ने या नगर्ने विषयमा टुंगो लगाइसकेको छैन । कांग्रेसबाट संशोधन प्रस्तावलाई परिमार्जन गर्नुपर्ने माग केही सांसदले गरेका छन् । सम्भवतः आज बस्ने संसदीय दलको बैठकले संशोधन प्रस्ताव तयार गरी दर्ता गर्ने छ । माओवादी केन्द्रले भने संशोधन प्रस्तावमा फरक मत दर्ता गर्ने कुरा औपचारिकरुपमा सार्वजनिक गरेको छैन । अप्ठ्यारोमा मधेसी मोर्चा व्यवस्थापिका संसदमा संशोधन प्रस्तावले औपचारिक प्रक्रियाको स्वरुप ग्रहण गरेपछि मधेसी मोर्चा भने अप्ठ्यारोमा परेको छ । संसदीय व्यवस्थाका आधारभूत मान्यताबाट भागेको भन्दै एमालेको चर्को बिरोध गर्दै आएको मधेसी मोर्चा संशोधन प्रस्ताव पारित नभए के गर्ने भन्ने विषयमा अप्ठ्यारोमा परेको हो । त्यसैले मोर्चाले संशोधन प्रस्तावमा समर्थन खोज्ने रणनीति अनुरुप बिभिन्न पक्षसँग र खासगरी एमालेलगायतका विपक्षी दलका मधेसी सांसदहरुसँग अनौपचारिक छलफल तीब्र पारेको छ । गोप्य मतदान भएको खण्डमा आफूहरुले दर्ता गराउने संशोधन प्रस्ताव पारित हुने मोर्चाको विश्वास रहेको छ । यही रणनीति अनुरुप मोर्चाले संशोधन प्रस्ताव दर्ता गर्नुपूर्व आइतबार नै बिभिन्न दलसँग छलफल गर्ने भएको छ । छलफलका क्रममा प्राप्त सुझावलाई समेत समेटेर दिउँसो बस्ने मोर्चाको बैठकले संशोधन प्रस्तावलाई अन्तिम रुप दिएर दर्ता गर्ने योजना बनाएको छ । व्यवस्थपिका संसदमा राप्रपालगायतका दलले सरकारले दर्ता गरेको प्रस्तावमा समर्थन जनाए संशोधन प्रस्तावमा तीन चार मत मात्रै कम पर्दछ पारित हुनका लागि । राप्रपा ले विपक्षमा मतदान गरेको खण्डमा भने संशोधन प्रस्तवामा बहुमत हुने सम्भावना कम रहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies