Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विवेकशीलले दियो धुर्मुस-सुन्तली फाउन्डेसनलाई पाँच लाख

\"\"काठमाडौं, १४ फागुन । विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउन्डेसनको पुनर्निर्माण अभियानलाई सहयोग गर्न नगद पाँच लाख रूपैयाँ रुपैयाँ सहयोग गरेको छ । दलको कार्यालय काठमाण्डौँमा शनिवार आयोजित रकम हस्तान्तरण कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्‌को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले सो रकम फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरेका थिए । फाउन्डेसनको कामको प्रशंसा गर्दै दलको तर्फबाट एक कृतज्ञता पत्र पनि प्रदान गरिएको थियो । पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको दलका प्रवक्ता रमेश पौड्यालले बताए । उनले भने, ‘भूकम्प गएलगत्तै भएको राहत तथा उद्धार कार्यक्रममा हामीलाई देश विदेशबाट प्राप्त भएको सहयोगको ठूलो हिस्सा त्यही काममा उपयोग भयो । उठेको कुल रकममध्ये बाँकी रहेको रकमको केही हिस्सा उहाँहरुले सुरु गर्नुभएको पुनर्निर्माण अभियानलाई पार्टीको तर्फबाट सहयोग प्रदान गरेका हौं । उहाँहरुको जस्तो पारदर्शी र प्रभावकारी अभियानमा सहभागी हुन पाउँदा हाम्रो पार्टी खुसी व्यक्त गर्दछ ।’ रकम हस्तान्तरण समारोहमा बोल्दै फाउन्डेसनका संस्थापक सीताराम कट्टेल आफ्नो फाउन्डेसन विवेकशील नेपालीको यस सहयोगप्रति कृतज्ञ भएको बताए । उनले भने, ’विवेकशील नेपाली दलको यो सहयोगप्रति हामी कृतज्ञ छौं । यस सहयोगले मानवता र सद्भावका लागि सहकार्यस राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान अन्तरर्गतको महोत्तरीको बर्दिबासमा निर्माण भैरहेको एकीकृत नमुना मुसहर बस्तीको काम अगाडि बढाउन मद्दत पुर्याउँछ । उक्त कार्यक्रमलाई अगाडि बढाउन रकम अभाव भएको कुरा हामीले केही समय अगाडि सार्वजनिक गरेका थियौं । त्यस आह्वानलाई सुनेर सहयोगको प्रदान गर्नको लागि पहल गरिदिनुहुने सबैप्रति म पुनस् धन्यवाद दिन चाहन्छु ।’ उनले थपे, ‘विवेकशील दलको बारेमा मैले नजिकबाट बुझिरहेको छु र यहाँहरुको सकारात्मक कार्यहरुको म प्रशंसा गर्दछु । ’ उक्त कार्यक्रममा विवेकशील नेपाली दलको पहिलो राष्ट्रिय परिषद्को लागि भेला भएका विभिन्न जिल्लाका प्रतिनिधिहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरु लगायतको उपस्थिति थियो । उक्त फाउण्डेसनले महोत्तरीमा एकिकृत नमुना मुसहर बस्ती बनाउँदै छ । यसअघि सिन्धुपाल्चोक र काभ्रेका भूकम्प पीडितहरुलाई एकिकृत नमुना बस्ती निर्माण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies