Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

देउवाविरुद्ध पौडेल समूहले यसरी गर्दैछ घेराबन्दी

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका नेता रामचन्द्र पौडेल समूहको घेराबन्दीमा परेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको पौडेलसमूह महामन्त्री सशांक कोइरालाको निवासमा गोप्य भेला गरी देउवाविरुद्ध ‘खुराफाती’ थालेका छन् । देउवाले पार्टीको संस्थागत निर्णय नगरी एकपछि अर्को निर्णय गरेको भन्दै रुष्ट बनेको पौडेल समूहले केन्द्रीय कार्य समिति बैठक बोलाउन नेतृत्वसमक्ष माग गरेको छ । संविधान सशोधनका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्नका लागि केन्द्रीय कार्य समिति बैठक बोलाउन पौडेल समूहले माग गरेको हो । सरकार र पार्टी सञ्चालनमा देउवाको एकाधिकार देखिएको भन्दै रुष्ट बनेको पौडेलसमूह आर्थिक प्रलोभनमा पार्टी सदस्यसमेत नभएकालाई राजदूत सिफारिस गरिएपछि चिढिएको हो । शुक्रबार र शनिवार दुई दिनसम्म शशांक निवासमा भएको गोप्य भेलाले पार्टीका तर्फबाट राजदुतमा सिफारिस गरिएका आशा लामा, रमेश कोइराला र भीम उदास पार्टीको सदस्य समेत नरहेको भन्दै निर्णय सच्चाउन दबाब दिने निर्णय गरेको पौडेल समूहका एक नेताले खबरडबलीलाई बताए । पार्टीका विधिसम्मत तरिकाले अगाडि बढाउन दबाब दिने उद्देश्यले केन्द्रीय समिति बैठक बोलाउन पौडेल समूहले माग गरेको हो । पार्टीका भातृ संगठनहरु एकपछि अर्को गर्दै देउवाले कब्जा गरेपछि पौडेलसमूह गुट बलियो बनाउन कस्सिएको छ । शनिवार कांग्रेस नेता पौडेल, कोइरालाका साथै, बलबहादुर केसी, डा.रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव लगायत ३० भन्दा बढी कोइराला निवासमा गोप्य छलफलमा थिए । शुक्रबार गोल्य छलफलमा रहेका प्रकाशमान सिंह भने शनिबार उपस्थित भएनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies