Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

समयावधि सकिँदा पनि घर फर्कन पाउँदैनन् साउदीबाट नेपाली कामदार

काठमाडौँ, १४ फागुन  । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए । साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद थप्नका लागि भए पनि नेपाल फर्किनैपर्ने सोझो बुझाई उनको थियो । राम्रो काम पाएको अवस्थामा श्रम स्वीकृतिको म्याद थप्न नेपाल आई घर परिवारसँग भेटघाट गरी केही समयपछि फेरि साउदी फर्कनेसम्मको योजना उनले बनाएका थिए । साहको जीवनमा वैदेशिक रोजगारीको भोगाइ सोचेजस्तो र योजना बनाएजस्तो हुन सकेन । दुई वर्षपुगेपछि घर फर्किने तयारी गरी आफू काम गर्ने कम्पनीमा जानकारी दिन जानुभएका साहलाई कम्पनीले नेपाल फर्किन अनुमति दिएन । कम्पनीको सहमतिको चिठी बिना साउदीअरबबाट प्रवेशाज्ञाको म्याद सकिएपनि कुनै कामदार नेपाल फर्कन नपाउने कानुनी बाध्यतामा उनी फसे । साउदीको कफला पद्धतिमा स्वदेश फर्कनका लागि वहिर्गमन प्रवेशाज्ञाका लागि सम्बन्धित कम्पनीको स्वीकृति अनिवार्य छ । साउदीबाट फोनमा साहले भने, “आज पठाइदिन्छु, भोलि पठाइदिन्छु भन्दै कम्पनीले तीन वर्ष झुलाइसक्यो, अझै फर्कन अनुमति दिन्न । म त न मर्नु न बाँच्नुको अवस्थामा पुगेँ ।” उनको सप्तरीस्थित घरमा बूढी आमा, श्रीमती, तीन छोरा र एक छोरी छन् । साह साउदी जाँदा नौ वर्षको कान्छो छोरा अहिले १४ वर्ष पुग्यो । छोराछोरी कस्ता भए भन्ने कल्पनामा बेलाबेला उनी टोलाउछिन । बूढी आमा छोरा आउने आशामा दिन गन्दै बसीरहनुभएको छ । बहराइन नजिकैको वेल्डिङ वेड्स कम्पनीमा वल्डिङको काम गर्छन् । त्रिपुरेश्वरको वल्र्डवाईड ईम्प्लोइमेन्ट कन्सल्टेन्टबाट रु ९० हजार तिरेर उनी त्यहाँ गएका थिए । आफ्नो समस्याबारे मेनपावर, साउदीस्थित नेपाली दूतावासलगायतलाई जानकारी गराएपनि हालसम्म कुनै सुनुवाइ नभएको पीडा फोनमा उनले पोखे । साहमात्रै होइन दाङका तुलसी थापा, अर्जुन श्रेष्ठ, छविलाल गौतम, सुनसरीका श्रवण लिम्बू, नरेशकुमार चौधरी र कपिलवस्तुका अब्जल मुसलमान पनि दुईवर्षे श्रम सम्झौतामा तीन वर्षअघि साउदी अरब पुगेका थिए । उनीहरु कामका लागि गएको साउदीको कम्पनी कालोसूचीमा परेको रहेछ । साउदीअरब आएको तीनवर्षे अवधिमा १७ महिनामात्रै आफूहरुले काम पाएको पीडित नरेश चौधरीले टेलिफोनमा भने । पछिल्लो सात महिनादेखि काम नभएका कारण आफुहरु त्यसै कोठामा बस्नुपरेको उहाँले जानकारी दिनुभयो । घर फर्किनका लागि कम्पनीको स्वीकृति चाहिने तर कम्पनी नै कालोसूचीमा परेकाले उसले दिएको स्वीकृति काम नलाग्ने भए पछि समस्यामा परेका थिए । पीडित चौधरीले भने, “पैसा त कमाउन सकिएन । काम पनि नपाइने, घर जान पनि नपाइने भई बन्दी जीवन बिताउनु परिरहेको छ ।” त्यहाँको प्रशासनलाई घुस खुवाएर भए पनि नेपाल फर्काइदिन आवश्यक व्यवस्था मिलाउन भनेर आफूहरुले प्रतिकामदार दुई हजार साउदी रियालका दरले १२ हजार उठाएर कम्पनीलाई दिएपनि पछि कम्पनीले नसकेको भन्दै रकम फिर्ता दिएको थियो । बानेश्वरमा रहेको स्वस्तिक ओभरसिजबाट विसं २०७१ सालमा साउदी गएका थिए । घर फर्किन नपाउने यस्तै समस्याबाट मोरङका निश्चल थापा मागर र सञ्जय कुमार धितालले भोग्नु परिरहेको छ । त्रिपुरेश्वरको वल्र्डवाइड इम्प्लोमेन्टबाट साढे तीन वर्षअघि साउदी गएकाउनीहरुको राहदानीलगायत कागजपत्र त्यहाँको कम्पनीले लग्यो । अहिले कम्पनीले राहदानी हरायो भन्दै उहाँहरुलाई फिर्ता दिँदैन । सो कम्पनीले दुई वर्षदेखि काम पनि दिएको छैन, तलब पनि दिएका छैन । “नेपाल फर्किन्छुभन्दा फर्कन सहमति पनि दिन्न । यो बीचमा त्यहाँको प्रहरीले पक्राउ ग¥यो तर छोडिदियो”–उनले भने । साउदीस्थित दूतावासमा समेत यसबारेमा जानकारी गराएपनि दूतावासले सहयोग नगरेको उनीहरुको गुनासो छ । पीडित थापामगरका भिनाजु हर्क मगरले भन्नुभयो, “उनीहरुलाई न त कम्पनीले काम गरेको भनेर कागजपत्र दिएको छ, न त उनीहरुको राहदानी नै दिएको छ ।” साउदीअरबमा एक दशक रोजगारीमा रही नेपाल फर्किएर सुरक्षित आप्रवासको क्षेत्रमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष रहनुभएका कुलप्रसाद कार्की साउदीको कफला कानुनका कारण नेपालीहरुले समस्या भोग्नुपरेको अनुभव सुनाए । सरकारले साउदीसँग श्रम सम्झौता गर्न सके धेरै समस्याको समाधान हुने र कामदारलाई समयमै उद्धार तथा राहत गर्न सकिने उनको भनार्इ छ । अहिलको प्रक्रियामा कामदारको शव ल्याउनकै लागि तीन महिना कुर्नुपर्ने झन्झटिलो व्यवस्था रहेको उनले जानकारी दिए । अर्कोतर्फ कामदार समस्यामा पर्दा साउदीस्थित नेपाली दूतावासले समेत चासो नदिने गरेको पीडितहरुको भनाइ छ । साउदीको रियाद, जेद्दा र दमाममा नेपाली दूतावासको कार्यालय रहेकामा दमामस्थित शाखाले समन्वय नै नगर्ने गरेको कामदारहरु बताउँछन् । आर्थिक सङ्कटका कारण साउदीका धेरै कम्पनी बन्द हुँदा त्यहाँ ठूलो सङ्ख्यामा नेपाली कामदार अहिले बेरोजगार हुनपरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies