Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

‘सिआइबीका सइ’को लुटपाट धन्दा

\"\"कम्मरमा सञ्चार सेट । सेतो नम्बर प्लटेको मोटरसाइकल । मोटरसाइकलमा लेखिएको थियो– जिप्रका । कपाल कटाइ पनि प्रहरीको जस्तै । सप्तरी बिसरिया घर भएका विजेन्द्र चौधरी बारा र पर्साका सर्वसाधारणबीच सिआइबीका सइ अजय गुप्ताका रूपमा चिनिन्थे । त्यही हुलियाका आधारमा उनले सिआइबीको सइ बनेर एक दर्जन व्यक्तिलाई ठगी गरे । तिनै चौधरी एक हप्तादेखि प्रहरी हिरासतमा छन् । उनले आफूलाई सिआइबीको सइ बताउँदै सर्लाही, रौतहट, दाङ, पर्सा तथा सप्तरीलगायत जिल्लामा धेरैलाई ठगी गरेको एसपी उत्तम सुवेदीले बताए । पछिल्लो समय उनी सर्लाहीका ढुंग्रेखोलास्थित रणवीर सिंहको घरमा डेरामा बस्दै आएका थिए । उनी सिआइबीले आफूलाई विशेष अनुसन्धानका लागि तराईमा पठाएको बताउँथे । सइ अजय गुप्ता भनेर चिनिने उनले आफ्नो वास्तविक नाम भने लुकाएका थिए । बा।२व २४८३ को सरकारी नम्बरप्लेटको मोटरसाइकल चढ्दै आएका थिए । उनी ढुंग्रेखोलाकै सीता होटेल प्यालेसमा खाना खान्थे । उनले होटेल सञ्चालकलाई आफू सइ भएको र अनुसन्धानका क्रममा ढुंग्रेखोला आएको बताएका थिए । सिआइबीको सइ भनेपछि होटेल सञ्चालकले पनि विश्वास गरेर पछि पैसा लिनेगरी खाना खुवाए । धेरै दिन होटेलमा जाने क्रममा त्यहाँका कर्मचारीसँग पनि उनको चिनजान भइसकेको थियो । उनले होटेलका कर्मचारीमध्ये कसैलाई लाइसेन्स बनाइदिने, कसैलाई भन्सारबाट सामान छुटाइदिने भन्दै ठगी गरेका थिए । कसैको सुन नै उठाएका थिए । कर्मचारीबाट मात्र उनले चार लाख १० हजार रुपैयाँ उठाएका थिए । सञ्चार सेटसमेत बोकेर हिँड्ने र जिप्रका लेखिएको सरकारी नम्बरप्लेटको मोटरसाइकल चढ्ने भएकाले उनी प्रहरी नै भएको सबैको विश्वास स्वाभाविक थियो । १५ माघदेखि ३ फागुनसम्म उनी त्यसरी सिआइबीको सइको पहिचान बनाएर ढुंग्रेखोलामा बसे । तर, ४ फागुनमा उनी एक्कासि बेपत्ता भए । उनी होटेलमा समेत पैसा नतिरी गायब भएका थिए । उनको मोबाइल नम्बर अफ भइसकेको थियो । बेपत्ता भएको दुई–तीन दिनसम्म पनि सम्पर्क नभएपछि पीडितहरू प्रहरीमा पुगे । गत ७ फागुनमा उनलाई बाराको जितपुरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ ग¥यो । त्यसपछि मात्र उनी नामुद ठग भएको खुल्यो । नक्कली नम्बरप्लेट लगाइएको मोटरसाइकल, ठगेको सुन, नक्कली सञ्चार सेट तथा आर्मीको चुस्ता बुटसहित प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ गरी अनुसन्धान गर्दा उनी अन्यत्र पनि ठगेर फरार भएको खुलेको प्रहरीले जनाएको छ । \"\"सरकारी नम्बरप्लेट राखिएको मोटरसाइकलसमेत उनले झुक्याएर लिएका थिए । दाङको तुलसीपुरमा सुशील वलीले सञ्चालन गरेको होटेल सयपत्रीमा गई केही दिन बसी ‘म सिआइबीको सइसाब हुँ, अनुसन्धानका क्रममा यहाँ बस्नु छ’ भन्दै उनै वलीको रा।३प ५८२८ नम्बरको मोटरसाइकल लिएका थिए । एकछिनका लागि भनेर मोटरसाइकल लिएर उनी सर्लाही गएका थिए । त्यही मोटरसाइकलमा उनले सरकारी नम्बरप्लेट राखेका थिए । गत कात्तिकमा उनले रौतहटको राजपुर बस्ने सेख अबदुल्लाह र ओली उल्लाहालाई लाइसेन्स बनाइदिन्छु भन्दै एक लाख ४५ हजार रुपैया“ लिएर फरार भएका थिए । उनीहरूलाई पनि आफू सिआइबीको सइ भएको भन्दै उनले ठगी गरेका थिए । गत १८ भदौमा वीरगन्जस्थित छविलाल उप्रेतीले सञ्चालन गरेको होटेल रानीपोखरीमा गई ‘म सिआइबीको सइसाब हुँ’ भन्दै २५ लाखको चेक दिएर उप्रेतीबाट पैसा लिई भागेका थिए । तर, उनको खातामा पैसा थिएन । धनुषाको मिथिला बस्ने दुर्गा श्रेष्ठले सञ्चालन गरेको बौवा होटेलमा बसी उनले ३० लाखको बाउन्स चेक दिएर ठगेका थिए । मकवानपुरमा प्रवीण दाहाल र मोहन मिश्रलाई इँटा व्यवसाय गर्छु भन्दै ठगेका थिए । मकवानपुरमा लाइसेन्स बनाइदिन्छु भनेरसमेत ठगेका थिए । एसपी उत्तम सुवेदीका अनुसार उनी पहिला पनि ठगी मुद्दामा एक वर्ष जेल बसेका हुन् । ०७१ सालमा सप्तरीका दीपक श्रेष्ठलाई ठगी गरेको आरोपमा उनी जेल परेका थिए । जेलबाट छुटेपछि झन् योजनाबद्ध तरिकाले उनी ठगी धन्दामा संलग्न भएको प्रहरीले जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानमा ऊ नटवरलालजस्तो देखिएको छ,’ एसपी सुवेदी भन्छन्, ‘अरू धेरै व्यक्तिलाई उसले ठगी गरेको हुन सक्छ ।’ इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले चौधरीलाई थुनामा राखी कारबाही अघि बढाएको छ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies