Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भारतीय मोडल जस्तै ‘गैरदलीय निर्वाचन’ प्रस्तावमा मधेसी मोर्चा

\"\"काठमाडौं, १४ फागुन । संविधान संशोधनलाई मुख्य सर्त बनाउँदै आएको मधेसी मोर्चाले गैरदलीय आधारमा स्थानीय तहको निर्वाचन गराउन दलहरूबीच समझदारी जुटेमा आफूहरू पनि सहभागी हुन सक्ने संकेत सरकारमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई दिएको छ । आजको कान्तिपुरमा दैनिकमा खबर छ– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यसबारे सरकार र मोर्चाबीच केहीअघिदेखि नै छलफल चलिरहेको जानकारी दिए । ‘मोर्चाको यो मागमा कांग्रेस र माओवादी केन्द्र त सकारात्मक नै छन्,’ निधिले भने, ‘तर एमालेले के गर्छ, त्यसमा निर्भर रहन्छ ।’ महेन्द्रनारायण निधिको ९५ औं जन्मजयन्ती कार्यक्रममा शुक्रबार मन्त्री निधिले विभिन्न विकल्पमध्ये गैरदलीय निर्वाचनबारे समेत छलफल चलिरहेको खुलासा गरेका हुन् । स्थानीय निकायलाई राजनीतिकभन्दा पनि विकास संरचनाका रूपमा अघि बढाउने सोचबाट मोर्चाले यस्तो प्रस्ताव अघि बढाएको उल्लेख गर्दै उनले भने, ‘अहिले कांग्रेस, माओवादी र मोर्चाबीच छलफल भइरहेको छ । तर यस विषयले ठोस रूप लिइसकेको छैन, थप छलफल हुँदैछ ।’ तर एमाले तयार भएमा यस्तो विकल्पमा जान सम्भव रहेको उनले बताए । स्थानीय तहलाई गैरदलीय बनाउने मोर्चाको प्रस्ताव छिमेकी भारतको मोडलमा आधारित रहेर आएको नेताहरूको भनाइ छ । संविधानले प्रदेश र स्थानीय तह दुवैलाई अधिकारसम्पन्न बनाएकोप्रति असन्तुष्टि राख्दै मोर्चाले यस्तो प्रस्ताव ल्याएको हो । गैरदलीय निर्वाचन हुँदा स्थानीय तह कमजोर हुने सोचका साथ यस्तो प्रस्ताव ल्याइएको माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको भनाइ छ । ‘मोर्चाले ल्याएको यस्तो प्रस्ताव भारतको मोडलमा आधारित छ । तर यो मोडल नेपालमा सम्भव छैन । यसले स्थानीय तहलाई कमजोर बनाउँछ र अहिलेको संविधानविपरीत पनि हुन्छ,’ उनले भने, ‘मधेसमा स्थानीय तहका केही इकाई थप्ने र राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय निकायको प्रतिनिधित्व हटाउनेबाहेक मोर्चासँग अन्य विषयमा छलफल भएको छैन ।’ उनका अनुसार मधेसमा २५ स्थानीय इकाई थप गर्ने विषयमा राजनीतिक दलहरूबीच मोटामोटी समझदारी भएको छ । गैरदलीय पद्धतिको निर्वाचनमा पार्टीबाट औपचारिक रूपमा उम्मेदवारी दिइँदैन । निर्वाचन चिह्नसमेत एउटै हुन्न । दलीय प्रतिनिधित्व नहुँदा जिम्मेवार र उत्तरदायित्वको प्रणाली कमजोर बन्ने भन्दै कतिपय नेताहरूले यस्तो प्रणालीमा जानै नहुने बताएका छन् । कांग्रेस नेता रामशरण महतले गैरदलीय पद्धतिमा जाँदा मधेस केन्द्रित दल, माओवादी केन्द्र र अन्य साना राजनीतिक दललाई मात्रै फाइदा पुग्ने भएकाले यस्तो प्रस्ताव ल्याइएको हुन सक्ने बताए । ‘यो लोकतान्त्रिक पद्धति र संविधानविपरीत त छ नै, ठूला दललाई कुनै फाइदा पनि हँुदैन,’ उनले कान्तिपुरसँग भने, ‘पार्टीभित्र छलफल पनि भएको छैन ।’ गृहमन्त्री निधिको भने एमाले तयार भएमा कांग्रेस, माओवादी र मोर्चा यस्तो विकल्पमा गएर समस्याको हल खोज्न सकारात्मक रहेको दाबी छ । उनले मोर्चालाई निर्वाचनमा ल्याउनका लागि जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या बढाउने नीतिगत निर्णय मन्त्रिपरिषद्ले गरिसकेको बताए । राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय निकायको प्रतिनिधित्व हटाउनेबारे भने प्रमुख दलहरूबीच सैद्धान्तिक सहमति भएको उनको भनाइ छ । राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा नगरपालिकाका प्रमुखरउपप्रमुख र गाउँपालिकाका अध्यक्षरउपाध्यक्षसमेत रहने व्यवस्था छ । निर्वाचन हुनुअघि नै संविधान संशोधन विधेयक पारित गराउने गरी सरकार अघि बढेको बताउँदै निधिले मोर्चालाई आशंका नगर्नसमेत आग्रह गरे । ‘निर्वाचन घोषणापछि मोर्चालाई संविधान संशोधनको विधेयक अघि बढदैन, सबै निर्वाचनतिर लाग्लान् भन्ने चिन्ता थियो । तर संशोधनको विधेयक संसद्‌मा अघि बढेको र सैद्धान्तिक छलफल सुरु भइसकेको छ,’ उनले भने, ‘सरकारको मुख्य दायित्व संविधान संशोधन गरी निर्वाचन गराउने हो । यी दुई कामका लागि यो गठबन्धन बनेको हो । नत्र यो गठबन्धनको कुनै औचित्य रहन्न ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies