Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विद्यालय व्यवस्थापन समिति गठनमा मनोमानी, छात्रबृत्ति रकम शिक्षकको खल्तीमा

काभ्रे, १३ फागुन । जिल्लाको डेडीथुम्का माध्यामिक विद्यालय मण्डनको व्यवस्थापन समिति गठन मनोमानी भएको भन्दै जिल्ला शिक्षा कार्यलयमा उजुरी परेको छ । जिल्ला शिक्षा कार्यलयमा फागुन दुई गते दर्ता भएको १६३९ नम्बरको उजुरीमा करिब कक्षा एक देखि १२ सम्म करि एक हजार भन्दा बढी विद्यार्थी संख्या रहेको विद्यालय मा २५ जना अभिभावक जम्मा गरेर व्यवस्थापन समिति गठन गरिएकको आरोप लगाइएको छ । यस अघि समिति गठन गर्दा निर्वाचन समेत भएको स्मरण गर्दै अहिले राजनीति आस्था निकट केही व्यक्ति बोलाएर गठन गरेका कारण उजुरी दर्ता गराउनु परेको अभिभावक बताउँछन् । श्रोत व्यक्ति गगन कुमार मण्डल र कार्यवाहक प्रधानाध्यापक दिपेन्द्रसिहं धामी तथा विद्यालय निरिक्षक शिवप्रसाद त्रिपाठीको मिलेमतोमा समिति गठन भएको उनीहरुको आरोप छ । श्रोतव्यक्ति मण्डलले भने सबै अभिभावकलाई बोलाइएको भन्दै उपस्थितहरुकै बीचबाट गठन भएको गैर जिम्मेवारपूर्ण जवाफ दिए । शिक्षा नियमावली अनुसार सम्पुर्ण अभिभावकको भेला गराई ५१ प्रतिशत अभिभावकको उपस्थितिमा व्यवस्थापन समिति गठन गर्नु पर्ने प्रवधान रहेको छ । गणपुरक संख्या नपुराई गठन भएको समितिको खारेजीको माग गरिएको छ । यस अघि पनि जिल्लाको डाडाँ पारी भेगमा रहेका मण्डल विवादमा तानिएका थिए । छात्रबृत्ति रकम शिक्षकको पोल्टमा त्यसैगरि जिल्लाकै अर्का डेडिथुम्का आधारभुत विद्यालयमा बिद्यार्थीका लागि आएको छात्रवृतिबाट शिक्षकलाई तलब खुवाएको खुल्न आएको छ । कक्षा ९ स्वीकृती नै नलिई सञ्चालनमा रहेको उक्त विद्यालयले ०७२ साल देखि नै बिद्यार्थीहरुलाई छात्रबृद्धि वितरण नगरेको बिद्यार्थीहरुको गुनासो छ । शैक्षिक सत्र शुरु भएपछि वितरण गर्नु पर्ने उक्त रकम आफूहरुले नपाएको विद्यार्थीहरु नै बताउँछन् । ‘हेडसरले दशैंमा वितरण गर्ने भन्नु हुन्थ्यो तर अहिलेसम्म पाएका छैनौं’, एक विद्यार्थीले बताए । यस विषयमा प्रधानाध्यापक झलकप्रसाद पौडेलले नीजि श्रोत शिक्षक नियुक्ति गरिएको त्यसैबाट तलब खुवाए पनि ड्रेस भने दाताहरुबाट सहयोग लिएर वितरण गरिएको बताए । साथै विद्यालयको आसपासमा सरकारी जग्गा अधिकरण गरि निजी अवास बनाउँदा समेत विद्यालय प्रसासन मौन रहेको स्थानीयहरु बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies