Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

माओवादीको चुनावी नारा–कांग्रेस हाफ, एमाले पत्तासाफ !

\"\" काठमाडौं, १२ फागुन । आगामी वैशाख ३१ गते निर्वाचन गर्ने सरकारले घोषणा गरेपछि केही राजनीतिक दलहरुलाई तातो लागेको छ । घर घरमा भोट माग्न नगए पनि सामाजिक सञ्जालहरुमा चुनावी प्रचारहरु थालिएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुँदै सामाजिक सञ्जालहरुमा स्थानीय निर्वाचनका प्रचारहरु थालिएका छन् । चुनावी नारा मिठो दिन राजनीतिक दलहरु निकै सिपालु छन् । ०४८ सालको संसदीय निर्वाचनमा तत्कालिन मालेले मात्र होइन, १५ सालमा नेपाली कांग्रेसले पनि सर्वहारा वर्गका हितमा चुनावी नारा लगाउने गरेका थिए । ‘जसको जोत उसको पोत’ भन्ने कांग्रेसको नारा थियो भने, ‘बेघरबारलाई घरघडेरी बेरोजगारीलाई काम, जोताहालाई खेतबारी, हेरिपएकालाई मान’ भन्ने नारा ०४८ सालको चुनाव ताका एमालेले भित्ता भित्ता रंगाएको पाइन्थ्यो । ०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा भने खासै यस्ता खालका नाराहरु लागेनन् । अहिले स्थानीय निर्वाचन घोषणा गरिएपछि फेरि जनतालाई ‘ललिपप’ देखाउने संकेत दलहरुले दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार चुनावी प्रक्रिया शुरु हुन करिब दुई महिना बाँकी छ । चुनावी कार्यक्रम सार्वजनिक भएलगत्तै समाजिक सञ्जालहरुमा चुनावी नारा लगाउन थालिएका छन् । यसपालीको चुनावमा सामाजिक सञ्जालकै प्रयोग सबैभन्दा बढी हुने देखिएको छ । आफ्नो नारा स्थापित गर्न सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले सामाजिक सञ्जालका भित्ताहरु रंगाउन थालेका छन् । ‘हसियाँ हथौडामा लगाउँ छाप, कांग्रेस हाफ, एमाले पत्तासाफ’ भन्ने नाराले माओवादी कार्यकर्ताहरु सामाजिक सञ्जाल रंगाउन थालिसकेका छन् । माओवादी केन्द्रले ‘जनताको माओवादी–जनताको घरघरमा’, गाउँ नगर घरघर जाउँ माओवादी केन्द्रलाई विजयी गराउँ’ जस्ता नारा पार्टीले नै तय गरेर प्रचारप्रसार थालिसकेको छ । कांग्रेस, एमाले पनि निर्वाचनका लागि गाउँ, नगर तथा जिल्ला केन्द्रित हुन थालेका छन् । निर्वाचन घोषणा भएकै दिनदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन जारी राख्दा अन्य राजनीतिक दलहरु भने चुनावका लागि जनता फकाउन कस्सिएका छन् । आगामी संसदीय निर्वाचनको आधार नै स्थानीय निर्वाचन भएकाले पनि स्थानीय तह कब्जा गर्न राजनीतिक दलहरु कस्सिन थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies