Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

रुसले मानवरहित कार्गो यान अन्तरिक्षमा पठायो

\"\"मस्को, १२ फागुन । अन्तरिक्षमा अवस्थित अन्तर्राष्ट्रिय भू–उपग्रह केन्द्र ९इन्टरनेसनल स्पेस स्टेसन०मा रुसले बुधबार एउटा मानवरहित अन्तरिक्ष यान (स्पेसक्राफ्ट) प्रक्षेपण गरेको छ । लामो अवधिका लागि रुसले लिज ९बहाल०मा लिएको काजकिस्तानको बाइकोनुर अन्तरिक्ष यान प्रक्षेपण परिसरबाट आज बिहान सोयुज–यु बुस्टर रकेटमा जडान गरी प्रोग्रेस एमएस–०५ नामक उक्त स्पेसक्राफ्ट सफलतापूर्वक प्रक्षेपण गरिएको जनाइन्छ । सो स्पेसक्राफ्ट मानवरहित कार्गो सिप भएको तथा त्यसमा इन्टरनेसनल स्पेस स्टेसनमा बस्ने बैज्ञानिकहरुलाई आवश्यक पर्ने उपकरण, सरसामान, खाद्य पदार्थ लगायतका कार्गो रहेको जनाइएको छ । गत वर्षको १ डिसेम्बरका दिन यसैगरी रुसले प्रोग्रेस सिप प्रक्षेपण गरेकामा भुइँ छाडेको सात मिनेटमै उक्त यान आकाशमा विस्फोट भई मङ्गोलियाको सीमाक्षेत्र नजिकै साइबेरियाको दक्षिण क्षेत्रमा अवस्थित मानव बस्तीमा झरेको थियो । दुर्घटनाग्रस्त यानले ठूलो परिणाममा रासायनिक फोहरमैला उत्सर्जन गरेता पनि धन्न, उक्त क्षेत्रमा मान्छेहरुको बस्ती अलि पातलो भएकाले धनजनको खासै क्षति भएन । दुर्घटनापश्चात् गरिएको अनुसन्धानमा सो यानको इन्जिनमा खराबी आई आकासमै विस्फोट भएको पत्ता लागेको थियो । यस्तै तथ्यलाई ध्यानमा राखी सो प्रोग्रेस एमएस–०५ प्रक्षेपण गर्नुपूर्व उक्त योजनाका प्राबिधिक इन्जिनियर तथा वैज्ञानिकको टिमले यानको इन्जिनलगायत अन्य पार्टपुर्जाको विस्तृत चेक, जाँचसहित निर्माण केन्द्रको पनि कडा अनुगमन गरेका थिए । प्रक्षेपण गरिएको केही घन्टापछि निर्धारित समय र तालिकामा कुनै तलमाथि नभई सोयुज–यु बुस्टर रकेटबाट उक्त प्रोग्रेस एमएस–०५ कार्गो सिप छुट्टिएर निक्लिई पृथ्वीको कक्षमा प्रवेश गरेको र केही बेरमै इन्टरनेसनल स्पेस स्टेसनको बाह्य घेरा ९आउटपोस्ट० तर्फ जाने मार्गमा अघि बढिरहेको छ । सो सिप आगामी शुक्रबार स्पेस स्टेसनमा अवतरण गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी, संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको हाउस्टनबाट स्पेस–एक्स नामक वैज्ञानिक संस्थाद्वारा गतः आइतबार प्रक्षेपण गरिएको ड्र्यागन नामक कार्गा सप्लाई सिप पनि यस हप्ताभित्रै इन्टरनेसनल स्पेस स्टेसनमा पुगिसक्ने हाउस्टनमा अवस्थित मिसन कन्ट्रोल सेन्टरले अनुमान गरेको छ । केही वर्षअघि देखि संयुक्त राज्य अमेरिका तथा रुसले संयुक्त लगानीमा अन्तरिक्ष अन्वेषण योजना सञ्चालन गर्दै आइरहेका छन् । यसै योजनाअन्तर्गतको अन्तरिक्षमा अवस्थित इन्टरनेसनल स्पेस स्टेसनमा हाल अमेरिकी अन्तरिक्ष संस्था नासा आबद्ध अन्तरिक्ष वैज्ञानिकद्वय सेन किम्ब्रो र पेग्गी ह्विट्सन, रुसी अन्तरिक्ष वैज्ञानिकहरु आन्द्रेइ बोरिसेन्को, सर्गेइ रिजिकोभ र ओलेग नोभित्स्कि तथा फ्रान्सेली अन्तरिक्ष बैज्ञानिक थोमस पेस्क्यु कार्यरत छन् । रासस÷एपी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies