Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

एमालेलाई संशोधन, मधेशी मोर्चालाई चुनाव किन भयो घाँडो ?

\"\"काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन प्रक्रियालाई अघि नबढाउन निकै कसरत ग¥यो । मुलुकले चुनावबाट मात्र निकास पाउने एमालेको भनाई कत्तिको उपयुक्त होला ? तयसोत एमालेले अहिलेको सरकारले संविधान संशोधन नभई चुनाव गर्नुपर्ने तर्क गरिरहेको छ । तर पछिल्लो समय एमाले  संशोधन प्रक्रियामा लचिलो हुने संकेत गरेको गरेको छ । त्यसोत मधेशी समुदायको मागलाई सम्बोधन गर्नुपर्ने भन्दै सरकारलाई मधेशी मोर्चाले संविधान संशोधन गर्नुपर्ने अडान राखेको छ । ९ गते राति सरकारले स्थानीय तहको चुनावको मिति घोषणा ग¥यो । त्यसलाई मोर्चाले ठाडै अस्विकार ग¥यो । लगत्तै मोर्चाले आन्दोलनका कार्यक्तमहरु सार्वजनिक ग¥यो । अहिले मधेशका जिल्लाहरुमा आन्दोलन गरिरहेको छ । कतै मसाल जुलुस, कतै प्रधानमन्त्री त बन्दको आव्हान मोर्चाले गरिरहेको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्नुअघि मोर्चाको नेताहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘वान टु वान’ छलफल गरे । त्यसपछि मोर्चाको नेताहरुसाग प्रचण्डले सयुक्त छलफल गरे । छलफलमा प्रचण्डले भनेका थिए ‘चुनावको विकल्प छैन ।’ चुनावको मिति तत्काल घोषणा नभए तोकिएको समयमै तीन तहको निर्वाचन गर्न नसकिने भयो । अब चुनावको मिति घोषणा गर्न सघाउनुस्, लगत्तै ससदबाट संशोधन प्रक्रिया अगाडी बढाउनेछ । प्रधानमन्त्री प्रचण्डले यी कुरा बताईरहँदा मोर्चाका नेताहरुले सुनिरहे । र, मोर्चा नेताहरुले लगत्तै जवाफ दिए ‘संशोधनको विकल्प छैन प्रधानमन्त्री ज्यू ।’ प्रधानमन्त्रीले आफ्नो कुरा सुनाएपछि मोर्चा पनि के कम उसले पनि आफ्नो गुनासो सुनाउन पछि परेनन् । मोर्चालाई जसरी हुन्छ संशोधन गर्नैपर्छ । संशोधन विना मधेश केन्द्रीत दलहरुले चुनावको आफ्नो साख गिराउने निश्चित छ । त्यसैले चुनाव भन्दा अघि मोर्चाले जसरी हुन्छ संविधान संशोधन गर्नैपर्ने अडान कायम छ । मधेशका जिल्लाहरुमा मधेशी दलहरु भन्दा कांग्रेस, एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको प्रभाव छ अहिले । मोर्चाबाहेकका दलहरुको मधेशमा प्रभावका कारण पनि चुनाव अघि नै संशोधन गरी हाम्रो कारण संविधान संशोधन भएको भन्ने मधेशी जनतालाई देखाउन मोर्चालाई संशोधनमा ‘तुरुप’ फ्याँकि रहेको छ । ०७० सालको दोस्रो संविधानसभा चुनावमा मधेशी जिल्लाहरुमा मधेश केन्द्रीत दलहरुको भन्दा एमालेले बढी सिट ल्याएको । एमालेले ४० सिट मधेशका जिल्लाहरुबाटै ल्याएको छ । तरपनि एमालेले संशोधन तत्काल चाहिरेको छैन् । आखिर किन एमालेले संशोधन चाहेको छैन् ? एमाले लामो समयपछि सत्ता बाहिर छ । आफु सत्तामा भएर मधेशी जनताको पक्षमा संशोधन गरौं भन्ने एमालेको भित्रि मनसाय छ । अहिले माओवादी केन्द्र र कांग्रेसको सत्ता भएका कारण संशोधनको जस आफुहरुले नपाउने उसको बुझाई छ । एमाले सत्तामा गएपछि मात्र संशोधन गर्ने एमालेको रणनीतिलाई कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले बुझेकै कारण जसरी हुन्छ संविधान संशोधन गरेरै छाड्ने रणनीतिमा छन् । स्थानीय तहको चुनावको मिति घोषणा गरे लगत्तै संशोधन प्रक्रियालाई अगाडी बढाउने कांग्रेस–माओवादीको मौखिक सहमति नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies