Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

युवाको सक्रियतामा विकट गाउँमा खेलमैदान

\"\"पर्वत, १० फागुन । यहाँको एक विकट गाउँमा युवाको सक्रियतामा सुविधासम्पन्न खेल मैदान निर्माण भएको छ । उत्तरी पर्वतको भुकाताङ्ले गाविसमा सुविधा सम्पन्न खेलमैदान निर्माण गरिएको हो । जिल्लामा खेलकुद मैदानको अभावमा खेल गतिविधि शून्य बन्दै गएका बेला भुकाताङले गाविस–१ का युवाले गाउँमै आधुनिक सुविधा सम्पन्न खेलमैदान निर्माण गरेका हुन् । स्थानीय पिपलटारी युवा क्लबले रु दुई लाख ५० हजारको लागतमा जग्गा खरिद गरी खेलमैदान निर्माण गरिएको हो । जग्गा खरिदका लागि क्लबले स्थानीय समुदाय, विभिन्न व्यक्ति तथा सङ्घसंस्थासँग सहयोग सङ्कलन गरेका थिए । खेल मैदानमा भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन, छोटो दूरीको दौड, एथलेटिक्सलगायतका खेलकुद एकैपटक सञ्चालन गर्न सकिन्छ । साथै गाउँमा हुने विभिन्न सभा समारोह समेत सञ्चालन गर्न सकिने क्लबले जनाएको छ । खेल मैदानलाई प्यारापिटसहितको बनाउने तयारी समेत गरिएको छ । गाउँमा सुविधा सम्पन्न खेलमैदान निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । विगतमा खेलमैदान अभावका कारण खेलकुद गतिविधि फस्टाउन नसके पनि स्थानीय समुदाय तथा खेलप्रेमी व्यक्तिको सहकार्यमा युवाले रकम जुटाएर खेलमैदान निर्माण गरेको पिपलटारी युवा क्लबका अध्यक्ष भीमबहादुर मल्लले बताए । खेलकुद मैदान निर्माणका लागि सबैले सहयोग गर्नुभएको छ अध्यक्ष मल्लले भने– “खेलमैदानलाई व्यवस्थित र आधुनिक, सुविधा सम्पन्न बनाएर लैजाने सोच बनाएका छौँ । जग्गा खरिद प्रक्रिया सम्पन्न भएसँगै स्थानीय समुदायको सक्रियतामा जग्गा सम्याउने र आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।” खेल क्षेत्रमा अग्रस्थानमा रहेको स्थानीय क्लबले जिल्ला स्तरीय भलिबल तथा विभिन्न खेलकुद क्षेत्रमा उल्लेखनीय सहभागिता जनाउँदै आएको छ । खेलमैदान निर्माणपछि स्थानीय खेलाडी तथा खेलप्रेमीलाई राहत मिलेको छ । आगामी दिनमा रकम जुटाएर खेल मैदानको क्षेत्रलाई बढाउने क्लबका सचिव साजन मल्लले बताए । खेलमैदान निर्माणमा स्थानीय समुदाय जुटे पनि सम्बन्धित सङ्घसंस्था तथा जिल्ला विकास समितिले खासै चासो नदेखाएको क्लबले आरोप लगाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies