Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

माओवादी बैठकमा प्रधानमन्त्री प्रचण्डको ५ विश्लेषण

\"\"काठमाडौं, ९ फागुन । नेकपा माओवादी केन्द्रको कार्यालय बैठक गत ७ गते सोमबार बालुवाटारमा बसेको थियो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै ठुलो राजनीतिक संकट आउँदै गरेको बैठकमा आफ्ना नेताहरुलाई बताए । कार्यालयका एक सदस्यका अनुसार माओवादी पार्टी, मुलुक, र नयाँ संविधान लगायतका उपलब्धीहरुमाथि गम्भिर खतरा पैदा भएको र स्थानिय तहको निर्बाचन बाहिर भनेपनि कुनैपनि राजनीतिक दलले नचाहेको प्रचण्डले बताएका थिए । उनका अनुसार बाहिर निर्बाचन, संविधान संशोधन जे भने पनि अन्तर्यमा सबैको निशाना माओवादी सरकारलाई असफल बनाउने भएको प्रचण्डको ब्रिफिङ थियो । प्रचण्डको उक्त ब्रिफिङलाई माओवादीका अर्का नेता नारायणकाजी श्र्रेष्ठले थप पुष्टी गरेका थिए । सोही बैठको विश्लेषण अनुसार नै सरकारले सोमबार निर्बाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । यस्ता थिए ५ विश्लेषण ः विश्लेषण नं. १–चुनावमा नगए उपलब्धीहरु गुम्छन्, चुनावमा गए देश द्वन्दमा जान्छ र मधेशमा सिके राउतहरु हावी हुन्छन् । विश्लेषण नं. २– विप्लव माओवादीदेखि माले हुँदै एमाले र मोर्चा हुँदै भारतसम्म माओवादी सिध्याउने उदेश्यमा छन् । सबैको उदेश्य माओवादीलाई असफल पार्नु हो । विश्लेषण नं. ३– चुनावको जति रटान लगाएपनि प्रतिपक्षी एमाले चुनाव होइन, सरकारलाई असफल पार्ने योजनामा छ । छिमेकी मुलुक भारत पनि चुनाव चाहँदैन । विश्लेषण नं. ४– कांग्रेस सत्ता सहयात्रि भएपनि ‘शोक न सुर्ता’ को भयो । कांग्रेस नेतृत्व सरकार परिवर्तनको समय कुरेर बसिरहेको छ । चुनाव र संविधान कार्यान्वयनसँग कांग्रेसको लगाव छैन । विश्लेषण नं. ५ – यो सबै अवस्थाकाे निकास चुनाव हो । मधेशलाई छोडेर प्रदेशअनुसार चरणबद्द भए पनि चुनाव गर्नुपर्छ । संशोधनलाई सँगसँगै लगेर २ नं. प्रदेशको स्थानिय पूनर्संरचनालाई पनि पूनर्बिचार गर्नुपर्छ । यसो गर्दा मधेसी मोर्चाको माग पनि सम्बोधन हुन्छ । चुनावमा जाँदा माओवादीको अवस्था के होला भनेर चिन्ता लिनु हुँदैन । चुनाव हुँदा संविधान कार्यन्वयनमा जान्छ र उपलब्धी संस्थागत हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies