Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विद्यार्थी प्रयोग गरी प्रहरीचाैकी आक्रमण

काठमाडौं, ९ फागुन । पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउतका कार्यकर्ताले स्कुले विद्यार्थी प्रयोग गरी रुपन्देहीको मर्चवार क्षेत्रको प्रहरीचौकीमा आक्रमण गरेका छन् । रुपन्देहीको सिलौटिया गाविस–८ स्थित वडवलिया चौकीमा विद्यार्थीकै सहभागितामा आइतबार आक्रमण भएको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– राउतका कार्यकर्ताले प्रहरीबाट दुईवटा हतियारसमेत खोसेका थिए । खोसिएका हतियारमध्ये एसएलआर घटनास्थलनजिकैको घरबाट परालले ढाकेको अवस्थामा भेटिएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । ग्यास गन र केही ग्यास भने भेटिएको छैन । ‘थोरै जनशक्ति भएकाले प्रहरी व्याक हुँदै गर्दा हतियार खोसिएको थियो’, उनले भने । प्रहरीमाथि आक्रमण भएपछि अवस्थालाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड अ श्रुग्यास प्रहार गरिएको प्रमुख थापाले बताए । आक्रमणबाट ५ जना सुरक्षाकर्मी घाइते भएको र ५ आक्रमणकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले जानकारी दिए ।चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमकुमार श्रेष्ठका अनुसार १ सय ५० जनाको संख्यामा आएको समूहले चौकी घेरा हालेर ढुंगा हानेका थिए । ‘हामी पाँच जना मात्रै थियौं, एक्कासी आएका उनीहरू सिधै कम्पाउन्डभित्र पसे । हामी कोठामा ढोका थुनेर भित्र बस्यौं’, सहायक निरीक्षक श्रेष्ठले घटनाबारे सुनाए, ‘पाँच राउन्ड हवाईफायर गर्दा पनि भागेनन् ।’ प्रहरी निरीक्षकको टोली आएपछि आक्रमणकारी भागेको उनले बताए । शनिबार मझगवाको मर्चवार माध्यमिक विद्यालयमा तय गरेको आमसभा गर्न नदिएपछि आक्रमण भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनामा प्रहरी हबल्दार अर्जुन रोकाय, प्रहरी जवान रमेश पाल, रामबहादुर भण्डारी र अमर मल्ल घाइते भएका छन् । घाइते उपचारपछि फर्किएका छन् । एक जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । मर्चवार क्षेत्रमा दिउँसोदेखि थप प्रहरी परिचालन भएपछि अवस्था नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डे नेतृत्वको टोली मर्चवार पुगेको छ । मर्चवार क्षेत्रका विद्यालयमा स्वतन्त्र मधेस गठबन्धनले कक्षा लिएरै विद्यार्थी प्रशिक्षण गराउने गरेको खुलेको रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले बताए । ‘हामीले पढाइ हुने गरेको विषयमा माथि जानकारी गराएका थियौं’, उनले भने, ‘प्रहरीमाथि आक्रमण गर्नेहरू पनि अधिकांश विद्यार्थी नै छन् ।’ शनिबारको प्रहरी झडपमा केही विद्यार्थी पनि घाइते भएका थिए । त्यसको विरोधमा आइतबार सरकारी तथा निजी विद्यालयसमेत बन्द भए । घटनामा परी विद्यार्थी घाइते भएको मानवअधिकार उपक्षेत्रीय कार्यालय बुटवलका अधिकृत कल्पना नेपालले बताइन् । ६ जनालाई राज्यविप्लव मुद्दा राउतका ६ जना कार्यकर्तालाई राज्यविप्लव मुद्दा चलाइएको छ । शनिबार रुपन्देहीको मर्चबारबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार जिल्ला अदालतमा राज्यविरुद्ध संगठित अपराध गरेको अभियोगमा राज्यविप्लव मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको हो । प्रहरी निरीक्षक धर्मराज भण्डारीका अनुसार रुपन्देही बोगडी–५ का उदीप यादव, बयरघाट–४ का मक्बुल अन्सारी, लुम्बिनी सांस्कृतिक नगरपालिका–१९ का विकासप्रसाद लोध, रोहिणीहवा–४ का परमेश्वर यादव, कम्हरिया–८ का मुकेश साहनी र कपिलवस्तु मोतीभारीका जितेन्द्र चौधरीविरुद्ध राज्यविप्लव मुद्दा चलाइएको छ । मुद्दा चलाइएकाले राउतको अभियानलाई साथ दिँदै राज्यविरुद्ध संगठित अपराध गरेको उनले बताए । शनिबार मर्चबारबाट राउतका २१ जना कार्यकर्ता पक्राउ परेका थिए । १५ जनालाई भने छानबिन गरी छाडिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies