Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीमा पोखरेल

\"\"नवलपरासी, ८ फागुन । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा घनश्याम पोखरेल ‘राजु’ निर्वाचित भएका छन् । आइतबार नवलपरासीको कावासोतीमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले पोखरेल नेतृत्वमा २१ सदस्य जिल्ला समिति निर्वाचित गरेको छ । महासंघ उपाध्यक्षमा सुनकली चौधरी र लोकनाथ पंगेनी, सचिव गणेश पाण्डे, कोषाध्यक्ष शोभा जिसी निर्वाचित भएका छन् । अधिवेशनले प्रेम रिमाल, बाबुराम गिरी, सञ्जय तिवारीसहित पाँच सदस्य सल्लाहकार समिति पनि चयन गरेको छ । अधिवेशनको उद्घाटन सत्रमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवलाय सदस्य तथा अवध राज्य संयोजक प्रेम सुवेदीले पत्रकारिता क्षेत्रमा राजनीतिक आस्थाकै आधार निषेध गर्ने परिपाटी अन्त्य गर्न श्रमजीवी पत्रकारहरुले संघर्ष गर्नुको विकल्प नभएको बताए । उनले जनपक्षीय पत्रकारिताको महत्वबारेमा चर्चा गरेका थिए । क्रान्तिकारी पत्रकार महासंघका महासचिव केशरमणि कटुवालले पत्रकार महासंघको विवाद तीन दलीय सिण्डिकेटका कारण भएको भन्दै सिण्डिकेट खारेज गर्नुपर्ने माग गरे । नेपाल पत्रकार महासंघमा तीन दलीय सिण्डिकेट खारेज र गैरपत्रकारको भर्ती केन्द्र बनाउने काम तत्काल नरोके आफूहरुले कडा संघर्ष गर्ने चेतावनी दिए । कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज अशोक लम्साल, सेक्रेटरी क्षेत्रबहादुर थापा लगायतले शुभकामना दिएका थिए । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीले जनजीविका र जनपक्षीय सवालमा २०४६ सालदेखि कलम चलाउँदै आएका अग्रज पत्रकार वावुराम गिरी र प्रेम रिमाललाई सम्मान समेत गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies