Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राष्ट्रवादको बर्कोमा दूतावासमा पैसा माग्ने विद्यार्थी

स्ववियुको सान्दर्भिकताबारे पक्ष र विपक्षमा तर्कहरु पेश हुँदै गर्दा त्रिभुवन विश्वविद्यालयले मिति परिवर्तन गरेर भए पनि फागुन १८ गते स्ववियु चुनाव जसरी पनि हुन्छ भनी आश्वस्त पारेको छ । विद्यार्थी र क्याम्पस प्रशासनबीच पुलको भुमिका निर्वाह गर्ने स्ववियु ८ वर्षदेखि देशको राजनीतिजस्तै बेवारिसे थियो । फागुन १४ लाई त्रिवि सिनेटले चुनाव हुन्छ भनी निर्णय गरे पनि केहि विद्यार्थीले आफ्नो अस्तित्व देखाउन र केहि मातापिता समानका विद्यार्थीले उमेर हदको विरोध गरेका कारण केही दिनलाई सरेको छ । तर स्ववियु टरेको छैन र जो वास्तविक विद्यार्थी हुन्, उनीहरुले टर्न दिदैनन् पनि । [caption id=\"attachment_118421\" align=\"alignleft\" width=\"250\"]\"\" विकाश मैनाली[/caption] क्याम्पसहरु चुनावले गर्माइरहदा, विद्यार्थीहरुमा रौनक छाइरहँदा यसले देशकै ध्यान खिचेको छ । संचार माध्यमले राम्रै कभरेज गरेका छन् । त्यसैले त देशका प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका नेताहरूले चासो देखाएका छन् । त्यसो त दलहरूले स्ववियुलाई आफ्नो पछिल्लो जनमत नाप्ने माध्यमको रुपमा पनि बुझेका छन् । प्राज्ञिक थलो विश्वविद्यालय निर्वाचनमा जुटेको छ । विद्यार्थीहरु आफ्नो भविष्यप्रति चिन्तित हुँदै आफूअनुकुल प्रतिनिधि छान्न व्यग्र छन् । विश्व इतिहासमा स्ववियुको उदय र प्रादुर्भाव १९ औं शताब्दीतिर भएको पाइन्छ । यसको मुख्य उद्देश्य विद्यार्थी कल्याणकारी र पारदर्शी क्याम्पस प्रशासनका लागि भनिए पनि कालान्तरमा राष्ट्रको ब्यवस्था परिवर्तन र तानाशाहविरुद्धको प्रखर आवाज बन्न पुग्यो । विद्यार्थीहरुले स्वतन्त्र ढंगले आफ्ना लागि लडाइँ लडे र परिवर्तन र क्रान्तिकारीहरुलाई सघाए । विश्वभरमा जन्मिरहेको स्ववियुको बाछिटा नेपालमा भने सन् १९६५ मा आएर ठोक्कियो । पञ्चायती ब्यवस्थाको खिलाफमा विभिन्न राजनीतिक दलहरूले असहयोग आन्दोलन गरिरहेका थिए ।
जसले स्ववियु जित्यो उ आफू मात्र दुसित भएन क्याम्पस र विश्वविद्यालय नै प्रदुषित बनायो । मुढे बलले चुनाव त जिते तर विद्यार्थीले हार्न थाले । क्याम्पसमा सदाचार होइन भ्रष्टाचार बढी हुन थाल्यो । विद्यार्थी नेता विद्यार्थीका लागि होइन, डन र चुल्ठेहरुका प्रिय हुन थाले ।
तत्कालीन शासकहरुले विद्यार्थीलाई अलिक कम दमन गर्ने भएकोले विभिन्न विचार र दलको आधारमा विद्यार्थीहरु क्याम्पसहरुमा सक्रिय रहे । फलस्वरूप स्ववियुले वैधानिकता त पायो नै पञ्चायत बिरुद्धको आन्दोलनमा, बहुदलीय ब्यवस्थाको पक्षमा, जनयुद्धमा र गणतान्त्रिक आन्दोलनमा विद्यार्थीहरु सक्रिय सहभागी मात्रै भएनन् ज्यानको आहुती दिन पनि पछि परेनन् । विभिन्न विचार र संघसंगठनमा आबद्ध विद्यार्थीहरु अहिले पनि क्याम्पसहरुमा विद्यमान छन् । तर अहिले परिवेश फेरिएको छ । स्ववियु हुनुहुन्न भन्ने आवाज पनि उतिकै प्रखर छ । यस्तो हुनुमा मुख्य दोषी राजनीतिक आडमा पुराना विचार र पुरानै सिद्धान्तमा आधारित पुराना संघ संगठन हुन् । जसले स्ववियु जित्यो उ आफू मात्र दुसित भएन क्याम्पस र विश्वविद्यालय नै प्रदुषित बनायो । मुढे बलले चुनाव त जिते तर विद्यार्थीले हार्न थाले । क्याम्पसमा सदाचार होइन भ्रष्टाचार बढी हुन थाल्यो । विद्यार्थी नेता विद्यार्थीका लागि होइन, डन र चुल्ठेहरुका प्रिय हुन थाले । स्ववियुका सभापति त अब ठेक्का पट्टि पो लागे । महँगी र कालाबजारीबिरुद्ध संगठित आवाज दलका नेता र तिनका हनुमान हुन थाले । त्यसैले स्ववियु बदनाम भयो । विद्यार्थी नेताहरू शङ्कास्पद भए । विद्यार्थी नेताले पनि पढ्छन् र भन्ने भयो । यस्ता विकृतिलाई अबको स्ववियुले हटाउनु पर्छ । फ्रेस विद्यार्थीले आफ्नै सहपाठीलाई चुन्नु पर्छ । चुनाव भन्ने वित्तिकै पक्ष र विपक्षमा हुन्छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भनिए पनि सारमा विभिन्न विचार र आस्थासँग आवद्ध संघसंगठनबीचमा चुनाव हुँदैछ । देशमा आबद्ध ठुला दल निकट संघसंगठनले क्याम्पसमा आफ्नो बर्चस्वको लागि तयारी गर्दैछन् । यो तयारीले विद्यार्थीमा साच्चै उत्सुकता जागेको छ । प्राज्ञिक विद्यार्थी कसलाई चुन्ने भन्नेमा सचेत छन् । राष्ट्रवादको बर्कोमा दूतावासमा पैसा माग्ने पार्टी निकट विद्यार्थी प्रतिनिधिलाई सच्चा विद्यार्थीले नचिन्ने कुरै हुदैन । महाकाली बेच्न ल्याप्चे लगाउने हातले दिएको राष्ट्रिय झन्डा कलेजहरुमा गाड्दैमा कोही राष्ट्रवादी हुँदैनन् भन्ने पनि विद्यार्थीलाई थाह नै छ । उखान र टुक्काले जनतालाई मनोरञ्जन दिएर तिनै जनतालाई अध्यारोमा राखी बिजुली चोरको कारखाना पठाउन विद्यार्थी सजिलै तयार छैनन् । बीपीको फोटो झुन्डयाएर टनकपुर भारतलाई सुम्पने नर्सरीमा पठाउन विद्यार्थी अनिच्छुक छन् । विकास विरोधी,संक्रमण र विकृतिको पर्याय बनेको संसदीय ब्यवस्थाका पुजारीहरुको प्रतिनिधि हराउन यसपालिको विद्यार्थी आतुर छन् । अरुलाई अर्ति दिने आफू चाहिँ सिन्को नभाच्ने भ्रष्टहरु उत्पादन गर्ने पार्टीका विद्यार्थी प्रतिनिधिलाई इमान्दार विद्यार्थीले मार्क गरेका छन् । सारमा राष्ट्रवादको भेषमा र प्रजातन्त्रको खोलना क्याम्पस छिरेर विद्यार्थी भविस्य अन्योल बनाउनेहरुलाई प्राज्ञिक विद्यार्थीहरुले आफ्नो हैसियत देखाइदिनुपर्छ । स्वच्छ स्ववियुको लागि आफ्नै सहपाठीलाई जिताउनुपर्छ। परिवर्तन र प्रगतिशील विद्यार्थीहरुको साझा थलो बनाउने अबसरलाई सम्पुर्ण न्यायप्रेमी विद्यार्थीले उपयोग गर्नुपर्छ । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सदस्य
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies