Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राप्रपा महाधिवेशन कमल थापाको भन्दा कोमल वलीको चर्चा बढी !

काठमाडौं, ८ फागुन । यतिबेला काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन चलिरहेको छ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशनको अहिले बन्दशत्र चलिरहेको छ । आजै राप्रपाले पार्टीको केन्द्रीय समिति चयन गर्नका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । चर्चित सेलिब्रेटीहरु गायिका तथा सञ्चारकर्मी कोमल वली साथै चर्चित नायिका रेखा थापा पनि केन्द्रीय सदस्यका लागि उम्मेद्वार बनेका छन् । रेडियो नेपालको सरकारी जागिरबाट राजिनामा दिएर राप्रपाको सक्रिय राजनीतिमा होमिएकी कोमल वलीको चर्चा यतिबेला महाधिवेशन परिसरमा कमल थापको भन्दा बढी देखिन्छ । उनले केन्द्रीय सदस्यको लागि महिला अरक्षणको कोटामा होइन खुला तर्फबाट केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएकी छिन् । केही महिना अघिमात्र राप्रपामा प्रवेश गरेकी उनले महाधिवेशन उद्घाटनमा उद्घोषकको भुमिका निर्वाह गरेकी थिइन । मिठो स्वरकी धनी त्यसमाथि साडी ब्लाउमा सजियर यतिबेला प्रतिनिधिसँग भोट माग्न ब्यस्त देखिन्छिन् उनी । सबैको नजरमा परिसकेकी साथै मिठो स्वरकी धनी उनलाई कार्यकर्ताले पनि भोट तपाईलाई भोट दिँदैनौ भनेर कसले भन्ने ? दिदीलाई नदिए कसलाई दिने र ? भन्दै उनलाई थप हौसला प्रदान गर्ने गरेका छन् । त्यसमा पनि उनलाई धेरै मतले जित्ने आत्मविस्वास पैदा भएको उनी बताउँछिन् । सरकारी जागिर र राजनीति एक पटक अघि बढ्न नसक्ने भन्दै जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिएकी उनी राजनीतिक नेता बनेर देशका लागि केही गर्ने उदेश्य रहेको बताउँछिन् । राप्रपा केन्द्रीय अध्यक्षमा कमल थापाको सुनिश्चितमा भएपनि यतिबेला राप्रपमा महाधिवेशनमा चर्चित सेलिब्रेटीहरु कोमल वली र रेखा थापाकै बढी छ । पछिल्लो चरण राप्रपाले पहिलो पटक केन्द्रीय समितिमा ३३ प्रतिसत महिला प्रतिनिधित्व गराउन महिला सेलिब्रेटीहरुलाई महत्वपूर्ण स्थान दिएको छ । \"\" सेलिब्रटी भएर सम्पूर्ण दर्शकमाझ आफ्नो पहिचान बनाईसकेका उनीहरु यतिबेला राजनीतिमा यसको भुरपुर सदुपयोग गर्न लागिपरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies