Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

राप्रपाको उम्मेदवार शुल्क ५० हजार

काठमाडौं, फागुन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेद्वारी दर्ता गर्न ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । भोलि हुने मतदानका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । अध्यक्षका लागि मनोनयन दर्ता गर्नेले ५० हजार रुपैयाँ दरखास्त दस्तुर बुझाउनुपर्ने राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । त्यस्तै सदस्यका लागि उम्मेद्वारी दर्ता गराउन ७ हजार रुपैयाँ दस्तुर लाग्ने बताईएको छ । राप्रपाको अध्यक्षमा कमल थापा र प्रकाशचन्द्र लोहनीले उम्मेद्वारी घोषणा गरेका छन् । तर दर्ता भने अहिलेसम्म नगरेको अर्का प्रवक्ता दिलनाथ गिरीले खबरडबलीलार्इ बताए । आजै उम्मेद्वारीमाथि दाबीविरोध, उम्मेद्वारी फिर्ता र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने र भोलि मतदान हुनेछ । हिजो पारित भएको विधान अनुसार अध्यक्ष र ९८ जना केन्द्रीय सदस्यका लागि चुनाव हुनेछ । नयाँ विधानमा १ सय ६३ सदस्यीय केन्द्रीय कार्यसमिति रहने, त्यसमा अध्यक्ष र ६० प्रतिशत केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुने तथा बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा, चुनाव चिन्ह नै उल्लेख नगर्ने गरी विधान र राजनीतिक प्रस्ताव पारित भएको छ । हिजोदेखि भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महाधिवेशन प्रतिनिधि समेत हलो र गाई चिन्ह भन्नेमा विभाजित भएपछि विवाद समाधानका लागि विधानमा चिन्ह नै उल्लेख नगर्ने र कार्यकर्तासँग स्थानीय बहस गरेर, चुनाव अघि चिन्ह निर्धारण गर्ने सहमति सहित कमल थापाको राजनीतिक प्रस्ताव पारित भएको हो। राप्रपाको यो निर्णयसँगै निर्वाचन आयोगले आह्वान गर्दा अरु पार्टीलाई गाई वा हलो चिन्ह रोज्नका लागि बाटो खुलेको छ । राप्रपाले राजासहितको लोकतन्त्र, हिन्दु राष्ट्र र सुदृढ स्थानीय स्वायत्त शासनको राजनीतिक लाइन सामान्य परिमार्जन सहित पारित गरेको छ । राप्रपाको केन्द्रमा ५ उपाध्यक्ष हुनेछन् भने जिल्लामा १ महिला सहित ३ उपाध्यक्ष रहनेछन् । यसअघि जिल्लामा ३ सय  ५५ मनोनित रहने व्यवस्थालाई परिवर्तन गरि ४ सय ५ कायम गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies