Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

डडेलधुरामा माओवादी केन्द्र प्रवेशको लहर

\"\"डडेलधुरा, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लामा माओवादी केन्द्रले आक्रामक रुपमा संगठन विस्तार अभियान शुरु गरेको छ । संविधानसभाको पहिलो निर्वाचनमा झिनो मतका कारण पराजित माओवादी यसपटक भने सबै गाँउपालिका, वडा र नगरपालिकामा संगठन विस्तारमा जुटेको हो । पार्टी फूटले कार्यकर्ता र जनतामा निराशा छाएको थियो, अहिले आक्रामक ढंगले अघि बढेका छौं ।” माओवादी केन्द्रका जिल्ला इन्चार्ज नन्द सार्कीले भने, “जनतामाझ फेरी जोडिँदा बेग्लै उत्साह देखिएको छ ।” स्थानीय तह पुनर्संरचना अन्तर्गत डडेल्धुरामा दुईवटा नगरपालिका र ५ वटा गाउँपालिकाको माग गरिए अनुरुपको व्यवस्था भएपछि सबै तहमा संगठन विस्तारमा माओवादी केन्द्र लागेको उनले बताए । संगठन बिस्तारका क्रममा पुराना कार्यकर्ताहरुको नवीकरण र नव प्रवेशीहरुलाई सदस्यता आवेदन माग गर्ने क्रम चलिरहेको उनले बताए । “चैतमा जिल्ला सम्मेलन गर्ने भनेका छौं, अहिले धेरै जसो वडामा कमिटि निर्माण गरेका छौं, केही बाँकी छन, छिट्टै सक्छौं ।” उनले भने । \"\"डडेल्धुरामा अत्यन्तै प्रभाव राख्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह गाउँमा समेत माओवादी केन्द्रले बलियो उपस्थिति बनाएको छ । असिग्राममा भएको कार्यक्रममा नेपाली कांग्रेसबाट दर्जनौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन् । देउवाका काका तथा यसअघि उक्त क्षेत्रका क्षेत्रपाल भीम बहादुर देउवा, बिक्रम देउवालगायत दर्जनौं माओवादी केन्द्रमा प्रवेश गरेको सार्कीले बताए । हालसम्म १५ सय बढी कार्यकर्ताले नवीकरण गरेको र १ हजार भन्दा बढीले नयाँ सदस्यताका लागि आवेदन दिएको सार्कीले बताए । “एमाले र कांग्रेसबाट प्रवेश गर्ने लहर बढेको छ । माओवादी जनताबाट टाढा नजाओस् भन्ने खोजेका छन् सबैले” उनले भने । [caption id=\"attachment_118345\" align=\"aligncenter\" width=\"750\"]\"\" भागेश्वोर गाउँ पालिकाको वार्ड न.२ को वार्ड सम्मेलनमा नेपाली काङ्ग्रेस परित्याग गरि माओबादी केन्द्रमा प्रवेशपछि[/caption] माओवादी केन्द्रले जिल्लाका अजयमेर गाउँपालिकामा ४५ सदस्यीय समिति निर्माण गरेको छ । यसैगरी भागेश्वरमा ३७ सदस्यीय समिति गठन भएको छ । हिजोका गाउँ विकास समितिलाई वडाका रुपमा लिँदै केन्द्रले गणेशपुर, असीग्राम (देउवाको गृह गाउँ), मष्टमाण्डौं, कैलपाल, भागेश्वरलगायतका गाउँपालिकामा सम्मेलन सम्पन्न गरिसकेको छ । १ नगर र ४ गाउँपालिकामा जित्ने दावी “यही स्पिरिटमा गए हामी एउटा नगरपालिका र ४ वटा गाउँपालिकामा जित्छौं” सार्कीले भने, “बगरकोट, नवदुर्गा, भागेश्वर गणापधुरा गाउँपालिका र पर्शुराम नगरपालिकामा हाम्रो जीत सुनिश्चित छ ।” विगतमा पार्टी टुटफुट हुँदा जनता र कार्यकर्तामा निराशा छाएपनि केन्द्रमा पार्टी एकता र चुनावको माहौल बन्दै जाँदा संगठनप्रति आशा र आकर्षण पलाएको उनले बताए । “इमान्दार कार्यकर्ता सबै हामीसँगै छन्, नेतृत्वले कार्यकर्ता र जनतालाई छोड्नु भएन, जनतालाई समेट्ने कार्यक्रम ल्याउनुपरयो । सरकारका तर्फबाट समेत आम जनताका, जिल्लाका विकासका कामहरुमा ध्यान दिनुपरयो भन्ने आम जनमत छ ।” उनले बताए । यतिखेर डडेल्धुरामा संगठन निर्माण गर्न केन्द्रीय देखि स्थानीय नेताहरु जुटिरहेका छन् । माओवादी केन्द्रका नेता खगराज भट्ट, मञ्जु भट्ट, उमेश भट्टलगायत क्षेत्रमा खटिरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies