Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

राँगोबाटै वार्षिक साढे तीन लाख कमाइ

\"\"तेह्रथुम, ५ फागुन । भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भँैसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन् । बीजका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने यहाँका किसानले भैँसीलाई राँगो लगो लगाएरै वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका हुन् । पहाडी जिल्लाका लेकाली गाउँमा घरैपिच्छे जस्तो भैँसी पाल्ने चलन अझै हराएको छैन । गोठमा दुहुनो भैँसी भएमात्र घरको मुहार उज्यालो हुने पुख्र्यौली कथन पनि छ । तर राँगोलाई स्याहार गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएकाले गाउँमा राँगो पाल्ने र बहालमा लगाउने किसानका दिन फिरेका हुन् । राँगो पालेर भैँसीको जति आम्दानी लिन नसकिने भएपछि राँगोलाई मासुको रुपमा प्रयोग गर्ने चलन छ । खानपिन र स्याहार धेरै मेहनत गर्नुपर्ने भएकैले पनि राँगोपालन त्यति सजिलो नभएकाले राँगो पाउन छाडेपछि ओयाक्जुङ–४ का उमानाथ रिमालले बीजका लागि किनेको राँको अहिले आम्दानीको राम्रो स्रोत बनेको हो । रिमालले राँगोलगाएबापत वार्षिक रु तीन लाख ५० हजार बढी आम्दानी गर्दै आउनुभएको छ । बीजका लागि पालेको राँगोको एउटा भैँसीबाट हजारदेखि दुई हजार ५०० शुल्क लिने गरेको रिमाल बताउँछन् । बिहान उठेदेखि साँझसम्म राँगोको स्याहारमै बिताउँछु, रिमाल भन्छन् – राँगोको स्याहार गरेर सबै साथीभाइको चित्त बुझाउन सके आम्दानी पनि राम्रै हुने रहेछ । रिमालले ओयाक्जुङ गाविससँगै जलजले, पौठाक, श्रीजुङ, म्याङलुङ, साब्ला, तम्फुला, आम्बुङ र सोल्मासम्म राँगो लगिदिएर सेवा दिने गरेको बताए । आजभोलि रिमालको परिवारको आम्दानीको मुख्य स्रोत नै राँगो बनेको छ । राँगोबाट आएको आम्दानीले नै सामान्य खर्चदेखि चाडपर्वसमेत धान्ने गरेको छ । राँगो पालेर बीउका लागि प्रयोगमा ल्याएर आफूले पनि राम्रो आम्दानी गरेको बताउँछन् इसिवु–२ का कृषक धर्मसिङ बस्नेत । गाउँमा बीजका लागि राँगो पाउन छाडेपछि यहाँका भैँसीपालक किसानले लुकुवा चौतारा सामुदायिक बन समूहमार्फत नै कृषक बस्नेतलाई राँगो किन्न सघाएर गाउँमै बीउ राँगो पालिएको हो । सामान्य आर्थिक अवस्था भएका बस्नेत अहिले राँगोबाट आएको आम्दानी नै छोराछोरीको पढाइ, बिहान बेलुकाको दुई गाँस र चाडपर्व राम्रैसंग मनाइएको बस्नेत बताउँछन् । बीजका लागि खरिद गरी ल्याएको राँगोबाट सिम्ले र इसिवु तथा सम्दुका समेत किसानलाई सेवा दिँदै आएका बस्नेतले पनि रु तीन लाख भन्दा बढी कमाउदै आउनुभएको छ । बस्नेतलाई सामुदायिक वन समूहले बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत रु २५ हजार बिना ब्याज ऋण उपलब्ध गराएर सहयोग गरेको थियो । सो सामुदायिक वनमा नेपाल ग्रामीण पुनःनिर्माण संस्था र सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घले साझेदारीमा बहुसरोकारवाला वन कार्यक्रम सञ्चालन गरिरहेका छन् । बस्नेतले पालेको राँगोबाट यहाँका ४०० भन्दा बढी घरधुरीले सेवा लिइरहेका छन् । राँगोकै आम्दानीले अहिले राँगो खरिदका लागि लिएको ऋण चुक्ता गरेर अरु दुई वटा दुहुना भैँसी पनि जोडिसकेको बस्नेतले बताए । गाउँमै उन्नत जातको राँगो ल्याएर व्यावसायिक रुपमा नै पाल्न थालेपछि अहिले बहाल उठाउन पनि खासै समस्या नरहेको ओयाक्जुङ–४ का अम्बिका दुलालले बताउनुभयो । उन्नत जातको बीउ राँगोको प्रयोगबाट गाउँका भैँसीमा दूध घ्युको मात्रामा वृद्धि हुनुकासाथै पाडापाडी पनि फष्टाउन थालेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies