Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कसले निम्त्यायो प्रहरीभित्र भाँडभैलो, यस्तो छ प्रहरीको इतिहास

\"\" काठमाडौं, ५ फागुन । नेपालमा शान्ति सुरक्षाको कामलाई ब्यवस्थित गर्न भन्दै राणाकालदेखि नै प्रहरी सेवा शुरु गरिएको थियो । दोस्रो विश्वयुद्धमा लड्नका लागि ८ हजार सेना पठाउन चन्द्रशम्शेरले अंग्रेज सरकारसँग सम्झौता नै गरेका थिए । चन्द्र शमशेरकै शासनकालमा वि.सं.१९८५ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गरिएका थिए । वि.सं. १९७६ पुसको अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकामा शान्ति सुरक्षाका लागि पुलिस इन्स्पेक्टर सवाल जारी गरेका थिए । चन्द्रशम्शेरकै सवालले काठमाडौं उपत्यकामा एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरिएको थियो भने क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवल तथा ललितपुर र भक्तपुरमा एक एक थाना स्थापना गरिएको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि शान्ति सुरक्षाका लागि कोटवाल, उमराव, शिकारु, मिलिशिया जस्ता दस्ताहरु खडा गरेका थिए भने श्री ३ जंगबहादुरले पहाडमा मिलिसिया, तराई÷मधेशमा लप्टनको कमाण्डमा प्रहरी चौकी र चौकीदारहरुको व्यवस्था गरेको इतिहास छ । तर देशभर छरिएर रहेका प्रहरी इकाइहरुको ब्यवस्थित गर्ने काम भने २००७ सालको क्रान्तिपछि मात्रै शुरु भएको थियो । २००७ सालमा प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षक (आईपीपी) लाई लगाइएको थियो । ००७ साल चैतमा तोरण शमशेर ज.ब.रा. नेपालको पहिलो प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । वि.सं. २०११ सालमा तत्कालिन राजा महेन्द्रबाट प्रहरीको संगठनात्मक सुधारका लागि भन्दै आयोगको गठन गरेका थिए । त्यही सुझावको आधारमा बि.सं. २०१२ मा प्रहरी संगठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरिएको थियो । \"\" तोरण शम्शेपछि नरशम्शेर राणा, ज्ञानबहादुर याक्थुम्बा, गोपाल शम्शेर जबरा, पूर्णसिंह खवास, ढुन्डीराज शर्मा, पहलमानसिंह लामा, रोमबहादुर थापा, खड्गजीत बराल, दुर्लभकुमार थापा, दिलबहादुर लामा र हेमबहादुर सिंह प्रहरी महानिरीक्षक भए । २०४६ सालको प्रजातन्त्र पुनर्संस्थापनापछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रहरीभित्र भाँडभैलो निम्त्याउने काम गरे । २०४९ सालमा गिरिजाकै कार्यकालमा अहिलेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री थिए । त्यतिबेला नै प्रहरी नियमावली, २०४९ जारी गरी प्रहरी महानिरीक्षक रत्नशमशेर जबरा लगायत धेरैजना उच्च प्रहरी अधिकृतहरुलाई ३० र २० वर्षे सेवाअवधिको आधारमा हटाउने काम गरिएपछि नै प्रहरीमा भाँडभैलो मच्चाउने काम गरियो । ती मध्ये धेरैजना अदालतबाट पुनर्बहाली गरिएको थियो । बेइज्जतीको अनुभूतिले सेवानिवृत्त भएको १५ दिनभित्रै रत्नशमशेरको देहवासन भएको थियो । रत्नशम्शेरपछि २०४९ फागुनदेखि मोतिलाल बोहरा २०५३ माघसम्म प्रहरी प्रमुख भए । गिरिजाको कार्यकालमा देउवाले गरेको सिको गर्दै एमालेका बामदेव गौतम र कांग्रेसका खुमबहादुर खड्काले पनि प्रहरीमा ताण्डव मच्चाए । २०५३/५४ मा प्रहरी महानिरीक्षकहरु–अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधानलाई फेरबदल गरेर प्रहरी संगठनमा राजनीतिकरणको हाबी गराइयो । \"\" २०५७ असोजदेखि २०५९ पुससम्म प्रदीप शम्शेर जबरा र त्यसपछि २०६३ भदौसम्म श्यामभक्त थापा आईजीपी भए । २०६३ सालको राजनीतिक परिवर्तनपछि गिरिजाप्रसादकै नेतृत्वको सातदलीय सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित अन्य उच्च अधिकारीहरुलाई निलम्बन/सेवामुक्त गरेर अर्को ताण्डव मच्चाउने काम गरे । २०६२\\६३ को जनआन्दोलनपछि गिरिजाकै कार्यकालमा कृष्णप्रसाद सिटौला गृहमन्त्री भएकाबेला अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहलाई हटाएर बरियता मिचेर ओमविक्रम राणालाई प्रहरी महानिरीक्षक बनाइएको थियो । जसका कारण भएको सुडान घोटालाको दाग प्रहरी संगठनभित्र अहिलेसम्म मेटिएको छैन । राणापछि हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह राना र उपेन्द्रकान्त अर्याल रोलक्रमअनुसार नै आईजीपी भए । अहिले पुनः कांग्रेसको काँधमा बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कनिष्ट डीआईजी जयबहादुर चन्द आईजीपी बनाउने दुश्साहसले अर्को रडाको मच्चिन पुग्यो । फलस्वरुप सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश नै दियो । जसका कारण डा.दिनेशचन्द्र पोखरेललाई निमित्त प्रमुख बनाउनु पर्ने बाध्यता आइ लाग्यो । अहिले निमित्तका भरमा प्रहरी संरचना चलेकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies