Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुने

\"\"भक्तपुर, ५ फागुन । नेक्सस् क्रिकेट एकेडेमी (एनसिए) को आयोजनामा नेपाली क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्ने भएको छ । रफत सञ्चार क्लवमा आज आयोजना गरिएको पत्रकार सम्मेलन गर्दै नेक्सस् क्रिकेट एकेडेमीले आगामी चैत १५ देखि बैशाख ५ गते सम्म नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट आयोजना हुन लागेको हो । शोभाज स्पोर्टस प्रा.लि.को सहकार्यमा हुन लागेको प्रतियोगिता लिग तथा नकआउटको आधारमा संचालन गरिने छ । आयोजक समितिका संयोजक एवं अध्यक्ष भरत कुमार शाहीले सो प्रतियोगिता सर्टिफाइड अप्पायहरुले आईसिसिद्वारा निर्धारित निमयअनुसार खेलहरु संचालन हुुन उनले बताए । हाल देशभर निजी एवं सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट एकेडेमी तथा क्लवहरुमध्येबाट न्यूनतम ३२ टिमका ४ सय ४८ खेलाडीहरु प्रतियोगितामा सहभागि हुनेछन् । प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिंग चरणमा ७÷७ खेलहरु खेल्नेछन् । प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागि गराउने उद्देश्यले संचालन गरिएको सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिनेछ । प्रतियोगितामा सहभागि सम्पूर्ण टिमहरुले प्रति टिम तीस हजार सहभागी शुल्क तिर्नुपर्नेछ । अध्यक्ष शाहीका अनुसार सहभागीलाई आयोजकको तर्फबाट आवासको मात्र ब्यवस्था गरिएको उनले जानकारी दिए । उनका अनुसार करिब ५८ लाख लागतमा हुने सो प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार नगद सहित वेइनर ट्रफी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद सहित रनर अफ टर्फी, तेस्रो हुेनलाई भ्यान अफ द सिरिजसहति २० हजार र मेमेन्टो, इर्मजीङ प्लेअरलाई १५ हजारसहित मेमेन्टो, वेस्ट बोलरलाई १० हजारसहित मेमेन्टो, वेस्ट ब्यास्टमेनलाई १० हजारसहित मेमेन्टो र भ्यान अफ द म्याचलाई मेमेन्टो पुरस्कार रहेको आयाोजकले जनाएको छ । भविष्यमा नेपाली क्रिकेटलाई तल्लोस्तरको उमेरदेखि योग्य प्रशिक्षकहरुद्वारा आवश्यक तालिम र एक्सपोसुरको लागि समयमा यस्ता प्रकारका प्रतियोगिताहरु आयोजना गर्दा एकातिर बालबच्चाहरुको क्रिकेट खेल्ने दक्षताको विकास गर्न सहज पुग्ने भएकाले यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका सहसंयोजक विजय कुमार शर्माले समेत मन्तब्य राखेका थिए । प्रतियोगिताको लागि संरक्षकमा आर वि कुटवाल छन् भने सात सदस्यीय सल्लाहकार समिति रहेको छ । त्यस्तै ११ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । त्यस्तै विभिन्न ६ वटा उपसमिति जस्तै प्राविधिक उपसमिति, प्रचार प्रसार उपसमिति, अर्थ ब्यवस्थापन उपसमिति, आवास ब्यवस्थापन उपसमिति, प्रतियोगिता संचालन तथा ब्यवस्थापन उपसमिति गठन गरिएको जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies