Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

विप्लव आतंकले टीयू हल्लियो

\"\"काठमाडौं, ५ फागुन । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव केहिपछि सार्न प्रमुख तीन दलका बिद्यार्थीहरुले सहमति गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले पार्टीको महाधिबेशन भएकाले स्ववियु चुनाव केहि समयपछि सार्न दबाब दिएपछि तीन विद्यार्थी संगठन हच्किएका हुन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र विप्लव माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)बीच आज विहान बानेश्वरमा पाँच दिनपछि निर्वाचन सार्ने सहमति गरेका हुन् । त्रिविले घोषणा गरेको पूरानो तालिका अनुसार आज देशभर उम्मेदवार दर्ता गर्नुपर्ने थियो तर केहि क्याम्पसहरुमा तालाबन्दि भएकाले दर्ता हुन सकेको थिएन् । ०६५ सालदेखि हुन नसकेको स्ववियु चुनाव जसरी पनि यो पटक गरेरै छाड्ने प्रमुख तीन संगठनले सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए । अझ केहि दिनअघि त्रिविले चुनाव स्थगित गरेको खण्डमा गाडी नै जलाउने चेतावनी दिएका थिए । पटक पटक स्ववियु चुनाव गर्न दबाव दिदैं आएका विद्यार्थी संगठनकै कारण यो पटक पनि चुनाव सार्नुले विद्यार्थी संगठनबीच नै प्रश्न उब्जिएको छ । तर अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेत भन्छन् ‘हामी चुनाव नगर्ने भन्दापनि सबैलाई समेटेर जान लागेका हौं ।’ देशका विभिन्न ठाउँका क्याम्पसमा ताला लागेको अबस्था छ, कतै क्याम्पस प्रमुख नै अपहरणमा परेको अबस्था छ यो कारणले पाँच दिनपछि सार्न लागेको प्रबक्ता बस्नेतलले खबरडबलीलाई बताए । उनले भने आज दिउँसो २ बजे त्रिविले सर्बपक्ष बैठक बोलाएको छ अब नयाँ तालिका घोषणा गर्छ ।’ त्यस्तै अनेरास्ववियुका प्रबक्ता आरसि लामिछानेले अरु संगठनले सहमति गरौं भनेपछि आफुहरु पनि सहमति गएको बताउँछन् । खबरडबलीसंग लामिछानेले भने ‘हाम्रो चाहना नै सबैलाई समेट्नु थियो त्यसैले केहि समयपछि सार्न खोजेका हौं ।’ चुनाव नगर्ने मनस्थितीमा होईनौं, केहि पछि सारेका मात्रै हौं ।’ बस्नेत र लामिछाने भनार्इ एउटै छ । यसै सन्दर्भमा कुराकानी गर्न खोज्दा नेविसंघका महामन्त्री कुन्दन काफ्लेले फोन उठाएनन् । स्ववियु चुनाव पछि सार्न दबाब दिदैं आएको अनेरास्ववियु (क्रान्तिकारी)ले हिजो मात्रै शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी गरेको थियो । माउ पार्टीको महाधिबेशन भएकाले यसअघि नै उक्त संगठनले स्ववियु चुनाव सार्न आग्रह गरेको थियो । तर अटेर गर्दै आइरहेका अन्य विद्यार्थी संगठनले भने कुनै हालतमा नसार्ने बताएका थिए । तर यो एक साताकोबीचमा अनेरास्ववियु (क्रान्तिकारी)ले देशको विभिन्न ठाउँका क्याम्पसहरुमा तालाबन्दी ग¥यो । त्यस्तै धनगढीको लम्की बहुमुखी क्याम्पसका प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्टलाई अपहरण गरेका थिए । तर धनगढी प्रहरीका एक उच्च अधिकारीले भने ‘अपहरण गरेको भन्नु नाटक हो ।’ त्यस्तै दमक बहुमुखी क्याम्पस प्रमुख उत्तम भट्टराईको कुर्सी पनि अनेरास्ववियु (क्रान्तिकारी)ले जलाएको थियो । चुनाव विथोल्न अनेक गरिरहेको अनेरास्ववियु (क्रान्तिकारी)ले अन्तत आफ्नो शक्ति देखाएको छ । र, यो पनि स्ववियु चुनाव नजिकिदैं गर्दा क्याम्पस प्रमुख अपहरण स्ववियु चुनाव विथोल्न विप्लव निकट विद्यार्थी संगठनको यस्तो हर्कत  

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies