Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यो एउटा आलेख जसका कारण एमालेले मैनालीलाई कारवाही गर्ने भयो : आलेखमा के छ ?

(यो आलेख राधाकृष्ण मैनालीद्वारा लिखित पुस्तक ‘नलेखिएको इतिहास’ बाट लिइएको हो । २९ माघमा प्रज्ञाभवनमा सार्वजनिक गरिएको मैनालीको यहि पुस्तकलाई आधार मानेर बुधबार बसेको एमाले स्थायि समितिको बैठकले मैनालीमाथि कारवाही गर्ने तयारी थालेको छ । सोही पुस्तकको एक अंश यहाँ प्रकाशित गरिएको छ–सम्पादक) माधव कुमार नेपाल सांगठनिक काममा सक्रिय नेता हुन् । अहिले पनि उनी आफ्नो मनले खाएको कुरामा उत्तिकै खट्न सक्छन् । दर्शनका कुरा धेरै नछाँट्ने उनी सामान्य जीवनशैलीमा रमाउँछन् । माधव पार्टीका विचारक होइनन् तर राम्रा संगठक हुन् । माधव छोटो समयमा समयमा धेरै प्राविधिक,सांगठनिक, काम गर्न सक्छन् । राजनीतिलाई सिद्धान्तसँग जोड्न नसक्नु अन्तरमुखी स्वभावका माधवको कमजोरी हो । उनको सबभन्दा असल गुण पार्टीभित्र दास्रो नेताको भूमिका निभाउनुमा देखा परेको हो । सीपी र झलनाथलाई महासचिवको रुपमा लोकप्रिय बनाउन माधवको महत्वपूर्ण भूमिका रह्यो । तर, अर्का महासचिव मदनसँग भने माधवको ‘केमेस्ट्री’ अन्तर्घुलित भएन । दासढुंगा घटनाको सेरोफेरोसम्म आइपुग्दा मदन र माधवको आत्मस्यता लगभग टुटीसकेको थियो । दासढुंगा दुर्घटनापछि महासचिव बनेका माधवले नेपाल–भारत असमान महाकाली सन्धी गराउने राष्ट्रघाती कदम चाले । पार्टी विभाजन हुन सक्ने खतरालाई नजरअन्दाज गरे । आफ्नै हिमायतीहरुलाई मात्र केन्द्रिय समितिमा ल्याएर पार्टी फुटाउने आधार खडा गरे । माले–एमाले पुनःएकिकरणपछि पूर्वमाले पक्षधरहरुलाई छानीछानी पार्टी बाहिर हुत्याए माओवादीलाई विस्तारित हुने आधार तयार पारिदिए । मालेबाट आएका नेता–कार्यकर्तालाई माधवले आफ्ना ठान्दै नठान्ने, हेयको व्यवहार गर्थे । २०५१ सालमा एमालले अल्पमतको सरकारको नेतृत्व गर्ने भयो । तर, यसका महासचिव माधवलाई सबैभन्दा ठूलो सकस परिसकेको थियो । प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा भएपनि निर्वाचनमा भाग नलिएर जोखिम नमालेका कारण माधव संसद्को तल्लो सदनको सदस्य थिएनन् । २०४७ सालको संविधानमा प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुनुपर्ने प्रावधान थियो । माधव प्रतिनिभिधसभाको सदस्य हुन्थे भने मनमोहन अधिकारीलाई प्रधानमन्त्री बन्न कुनै हालतमा दिंदैनथे । रक्षा मन्त्रालय प्रधानमन्त्रीले राख्ने परम्परा जस्तै थियो,त्यस बेला । प्रधानमन्त्री मनमोहनले मुखै खोलेर ‘अरुले देख्दा समेत लाजैमर्दो हुने भयो,कम्तीमा एउटा मन्त्रालय देऊ’ भन्दा समेत माधव टसमस भएनन् । यसपछि मनमोहन मन्त्रालयविहिन प्रधानमन्त्री बने । माधव चाहीं उपप्रधान तथा रक्षा र परराष्ट्र मन्त्रालयको कुर्सीमा आसिन भए । प्रधानमन्त्री हुन नपाएको झ्वाँक उनले मनमोहनलाई मन्त्रालयविहीन बनाएर पोखेका थिए । माधवको चिन्तन बुझ्न यही घटना काफी थियो । \"\"उपप्रधानमन्त्री भइसकेपछि माधव सरकारले भाडा बेहोर्ने गरी ठूलो घरमा बस्न खोजेका थिए । मन्त्री निवासमा नबसी थप सुविधायुक्त स्थानमा बस्ने उनको दाउ थियो । तर,कानुनले मन्त्रीको हैसियत भन्दा धेरै भाडा तिरेर वस्न रोक लगाएको उनले ध्येय सफल हुन सकेन । त्यस बेला मन्त्रीको घर भाडावापत सुविधा मासिक ६ हजार रुपैयाँ थियो । त्यति पैसाले माधवले खोजेजस्तो आलिसान निवास भाडामा पाईदैनथ्यो । त्यसपछि उनी मन्त्री निवासमा नै खुम्चिन बाध्य भए । हेर्दा साना लाग्ने यस्ता गतिविधिले माधवको महत्वकांक्षाको स्तर मापन गर्न सकिन्छ । संकुचित सोचले नेतालाई कस्तो बनाउँछ भन्ने मसँग एउटा रमाईलो अनुभव छ । २०४६ सालको आन्दोलनमा नेपाली काँग्रेसका नेता जगन्नाथ आचार्य काँग्रेस तर्फबाट एक्सन कमिटी इन्चार्ज थिए, जति बेला गणेशमानहरु जेलमा थिए । वाममोर्चाको कार्यवहाक अध्यक्ष भएकाले मैले जगन्नथासँग नियमित सम्पर्क गर्नुपर्थ्यो । सम्पर्क गर्दा जहिल्यै सब ठीकठाक छ मात्रै भन्थे । तर, काँग्रेसका मान्छेहरु उतिसारो आन्दोलनमा देखिंदैनथे । अनि मैले एक दिन सोधें, ‘कहाँ के ठीकठाक छ भन्नुहुन्छ, आचार्यजी ? आन्दोलनमा मान्छे आएका छैनन् । ’ ‘भक्तपुरको दत्तात्रय मन्दिर वरिपरीका सबै मान्छेहरुलाई मैले आन्दोलनमा आउन भनेको छु ।,’ जगन्नाथले जवाफ फर्काए । जगन्नाथको घर भक्तपुरको दत्तात्रय छेउमा कतै थियो । यसर्थ आचार्यले दत्तात्रयभन्दा माथि उठेर सिंगो मुलुकको जनता उर्लने आन्दोलनबारे सोचेका रहेनछन् । उनको कुराले मेरो मन अमिलो भयो । काँग्रेसले आन्दोलनको ईन्चार्ज त बनाई दियो तर आचार्यले भक्तपुर दत्तात्रयको दायरा नाघ्न सकेनन् । ठ्याक्कै आचार्यजस्तै संकीर्ण सोचका हुन् माधव । माधव कति हठी र स्वार्थी हुन् भन्ने बुझ्न अर्को अनुभव समेत छ । २०४८ सालमा मनमोहन अधिकारी तल्लो सदन प्रतिनिधिसभाका नेता थिए भने माधव नेपाल माथिल्लो सदन राष्ट्रसभाको । तल्लो सभाका मनमोहन सरह सुविधा माधवले नपाएपछि उनले वर्ष पारिश्रमिक समेत लिएनन् । माधवको चित्त बुझाउन धेरै पटक बैठक वस्यो । पार्टीमा विवाद जन्मियो । तर, माधवले तनाखा बुझ्नै मानेनन् । तल्लो सदन भन्दा माथिल्लो सदनका एक सय रुपियाँ मात्रै कमाउन पाउने गरी ऐन संशोधन गरेपछि मात्रै माधवले एक वर्षको एकमुष्ठ तलव–सुविधा बुझे । एक वर्षसम्म खर्चपर्च पार्टीले जुटाइदिएको थियो । म त्यति बेला पार्टीको आर्थिक विभागमा थिएँ । मैले माधवको तलब–सुविधा बुझेपछि पार्टीले गरिदिएको खर्च फिर्ता हुनुपर्ने कुरा उठाएँ । मदनले मेरा कुरा सही ठह¥याएका थिए । त्यसको केही दिनपछि मदन देशव्यापी भ्रमणमा निस्किए । फर्किएपछि निर्णय गराउने वचन दिएका थिए । तर,यसैबीचमा मदन दासढुङ्गा काण्डमा पारिए । माधवले पार्टीका तर्फबाट भएको खर्च फिर्ता गरेनन् । माधव उपप्रधानमन्त्री हुँदा त्यसपछिको निर्वाचनलाई लक्षित गरेर उनले रौतहटको आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट पु¥याए । म कृषिमन्त्री छँदा माधवले आफू निर्वाचन लड्ने क्षेत्रमा कृषि मन्त्रालयअन्तर्गतको डिप वोरिङ योजनाहरु पारिदिनुप¥यो भनेर आदेशात्मक शैलीका धेरै चिठ्ठीहरु पठाएका थिए । अति भएपछि मैले पटकपटक उनलाई मुख खोल्न बाध्य भएँ,  ‘होइन कमरेड टेलिफोनबाट वा भेटेर भने पनि हुन्छ,यसरी खातका खात चिठ्ठी किन पठाउनु भएको ?’ मुखले भनेको कुराको रेकर्ड हुँदैन । रेकर्ड नभएपछि जनताले मैले काम गरेको वा नगरेको कसरी पत्याउने ? रेकर्ड भए पो काम सफल नभएपनि प्रयत्न गरेको थियो भन्ने हुन्छ’ उनले चिठ्ठी पठाउनुको रहस्य खोल्दा म छक्क परें । माधवको यो प्रयासले खुलाउँछ, हाम्रो नेताहरुमा सन्तुलित विकासको चिन्ता छैन । उनीहरु राष्ट्रिय चिन्तन गर्नै नसक्ने प्रवृत्तिले ग्रस्त छन् । माधवसँग देश, पार्टी, जनताका लागि केही दिनुपर्छ भन्ने लामो दृष्टिकोण छैन । जस्तोःतत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले पहिलो मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली काँग्रेसमा विवाद चर्कियो । त्यतिबेला विश्वबैंकले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न रकम विनियोजन गरिसकेको थियो । माधवले पार्टीमा कसैलाई नसोधी विश्वबैंकलाई चिठ्ठी लेखे,‘खबरदार चुनावअघि अरुण तेस्रोमा विश्वबैंकले हात नहाल्नु ।’ पत्रको आशय थियो, ‘निर्वाचनपछि एमालेको सरकार बन्छ , अनि मात्रै यो ओयोजना बनाउनुपर्छ ।’ तत्काल यो योजना अघि बढेमा त्यसको जस तत्कालिन गिरिजाप्रसाद कोइराला सरकारलाई जान सक्ने अल्पदृष्टिले माधवलाई वशीभूत बनायो । हाइड्रो प्रोजेक्ट पूरा हुन ६/७ वर्ष लाग्न सक्छ भन्ने ज्ञानै नभएपछि यस्तै हुन्छ । निर्वाचनपछि एमालेको सरकार बन्ने र त्यसपछि आयोजना निर्माण गर्न लगाएर आफूले जस लिने सोच राखेर माधव विश्वबैंकलाई पत्र लेखेका थिए । तर, परिस्थिति आफ्नो कावुलमा कहाँ रहन्छ र ? माधवको चेतावनीयुक्त पत्र विश्वबैंकले योजना स्थगित मात्र गरेन । फेरि योजना ‘लिस्ट’ मा नै नआउने गरी बिच्कियो । हुन त आफूले चिठी नलेखेको प्रस्टीकरण माधवले दिएका छन् । म चुनौती दिन्छु, उनको चिठ्ठी अहिले पनि पार्टी कार्यालयमा गएर हेरे हुन्छ । अहिलेको लोडसेडिङ्गको एक प्रमुख पात्र हुन्  माधव नेपाल । स्विकार्नु, नस्विकार्नु उनको इमानदारीताको कुरो हो । नस्विकार्दैमा सत्य मर्दैन । तथ्य मेटिंदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies