Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

एमालेले तुरुन्त सार्वजनिक माफी मागोस्

संबिधान संशोधनको एजेन्डा के थियो र के हुँदैछ अहिलेसम्म सबैलाई प्रष्ट भैसक्यो होला । न त एउटा संशोधनले देश टुक्राटुक्रा हुन सक्थ्यो, न त संशोधन पास नभएर निर्वाचनमा जाने प्रक्रिया नै रोकिन सक्थ्यो । तर एकोहोरो फुकियो, संशोधन प्रस्ताव राष्ट्रघाती छ, यो बिदेशीको प्रस्ताव हो, यो संसदमा पेश हुनेबित्तिकै संसारको नक्सामा नेपाल भन्ने देश नै रहँदैन । एमालेबाट बिशेष गरेर भीम रावल, शंकर पोख्रेलले यस्ता कुराहरु फुक्दै हिँडेका थिए । संबिधान संशोधनमा एमाले लचक हुने कुरा आईरहेको सन्दर्भमा यदि नैतिकता छ भने उनीहरुले पहिला माफी माग्नुपर्छ ।
नेपालमा भारतको भुमिका जबरजस्ती स्थापित गरिदिने नियत बोकेर हिँडेको एमालेको केन्द्रिय कार्यालयको खर्च भारतीय दुतावासबाट आउने रकमले नै चल्छ भन्दा धेरै कमलाई पत्यार लाग्छ । नेता भारतबाट पालिने र कार्यकर्ताहरु एनजिओबाट पालिने पार्टीले उठाएको राष्ट्रबादको मुद्दा अन्ततः बिसर्जन हुनु नै थियो र हुँदैछ पनि । राष्ट्रिय हितका कुराहरु दलालहरुको चासोको बिषय होइन, जनचासोको बिषय हो ।
[caption id=\"attachment_104110\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] संसदिय राजनीतिमा सरकारले संसदमा बिधेयक पेश गर्ने र प्रतिपक्षले त्यसको बिरोध गर्ने सामान्य कुरा हो । तर एमालेले आफ्नो सम्पूर्ण श्रोतको दुरुपयोग गरेर प्रचण्डलाई लम्पसारबादी करार गरिदियो त्यो पनि भ्रमै भ्रममा । संशोधन प्रस्ताव पेश हुँदासम्म एमालेको राष्ट्रबादको आधा ह्याङगओभर सकिएको थियो भने पारित हुँदा एमाले नाङ्गै हुन्छ । संशोधनले बिखण्डन नै निम्त्याउछ भन्ने एमालेको दलील अझै सम्म कायम रहिराखेको हो भने चुनाव गराउने शर्तमा देश बिखण्डन गर्न दिने रु नत्र अहिलेको जात्रा के हो र के थियो भनेर एमालेका नेताहरुले सार्वजनिक रुपमा प्रष्ट पार्नुपर्छ । सामाजिक संजालमा हद भन्दा बढी उफ्रीएका कार्यकर्ताहरुको आजकलका स्ट्याटसहरु हेर्न लायक हुन्छन् । एक अर्कासंग नेतृत्व भन्दा अझ अघि बढेर संशोधनकै बारेमा कुतर्क गरेर दुश्मनी कमाएका एमालेका कार्यकर्ताहरुले जिन्दगीको महत्वपूर्ण समय भ्रम फैलाउनमा ब्यतित भयो भनेर कहिले स्विकार्लान ? लेखको अर्थ माओबाद के हो र प्रचण्ड को हुन भनेर ब्याख्या गर्नु होइन । तर के देखिएको छ भने खोक्रो राष्ट्रबाद बोकेर घरी लैनचौर, घरी महन्थ ठाकुर र घरी प्रचण्डकहाँ आईपुग्ने केपी ओलीले अरुलाई लम्पसार करार गरेर ब्याक्तिको सार्वजनिक हैसियतको क्षती गर्न पाइँदैन । संसदिय ब्यबस्थामा सांसदहरु नै सार्बभौम हुन् । सरकार सन्चालनको लागी सहज हुने कुराहरु बिधेयकका रुपमा संसदमा लगिन्छन, सार्बभौम सांसदहरुले त्यो बिधेयक उचित लागे त्यसको पक्षमा मत हालेर पास गरेर सरकारको कामकारबाहीलाई सहज सन्चालन गर्न मदत गर्दछन भने सो बिधेयक उचित लागेन भने त्यसलाई फेल गराएर सरकारलाई अर्को बिकल्प प्रयोग गर्न बाध्य पार्ने गर्दछन । आम जनमानिसमा गलत मनोभावना फैलाएर बुटवलमा मान्छे जुटाएको एमालेले अब त्यही मास जम्मा गरेर भन्न सक्नुपर्यो की हामी संशोधनको मुद्दामा लचिलो भयौं, तपाइहरुलाई बिनाकाममा यहाँ बोलाएर तमासा गर्नु हाम्रो गल्ती भयो । संशोधनको बिरुद्धमा जलाइएका गाडिहरुको उचित क्षतिपूर्ति दिएर गाडीधनीहरुसंग माफी माग्नुपर्यो । टायर पोलेका सडकहरुमा आज पनि टायरको खरानी भेटिन्छन, गएर त्यो सफा गर्ने हिम्मत गर्न सक्नुपर्यो । नत्र बालकोटमा आफैले थुकेको थुक चाटेर सार्वजनिक गरे देखी जनताले सबै पाप माफ गर्देलान । सरकारमा हुन्जेल राक्षसी प्रवृत्ति, निस्केपछी बाँदरे प्रबृत्ती र फेरि सरकारमा जानेबेलामा कुकुरे प्रवृत्ति एमालेले कहिले बन्द गर्ला रु यो आम जनचासोको बिषय बनेको छ । बिभिन्न जात, क्षेत्र र भुगोलका जनताहरुलाई उत्तेजित गराएका ओलीका छुरा जस्ता टुक्काहरुको काम मुसाले झैँ दाजुभाई बिचको सम्बन्ध काट्नमा मात्र काम लाग्यो । यस्तै कुराहरुको प्रत्युत्पादक बनेर सिके राउत जस्ता मान्छेहरु खडा भएका छन् । सत्ताको वरिपरी घुमिरहने सबैले त्यसको दोष बराबर लिनुपरेता पनि ओली बढी जिम्मेवार छन् । यदि अझै पनि आफुलाई नसच्याउने हो भने बिखण्डनको लागी सिके भन्दा केपी बढी दोषी हुनेछन् । जतिखेर पनि भारतको कुरा गरेर नेपालमा भारतको भुमिका जबरजस्ती स्थापित गरिदिने नियत बोकेर हिँडेको एमालेको केन्द्रिय कार्यालयको खर्च भारतीय दुतावासबाट आउने रकमले नै चल्छ भन्दा धेरै कमलाई पत्यार लाग्छ । नेता भारतबाट पालिने र कार्यकर्ताहरु एनजिओबाट पालिने पार्टीले उठाएको राष्ट्रबादको मुद्दा अन्ततः बिसर्जन हुनु नै थियो र हुँदैछ पनि । राष्ट्रिय हितका कुराहरु दलालहरुको चासोको बिषय होइन, जनचासोको बिषय हो । बरु उल्टो सुनकाण्डमा एमालेको नेतृत्व जोडिनु, बिजुली तस्करीमा जोडिनु एकदमै बिडम्बनाको कुरा हो । इतिहासले आफैलाई सच्याउने मौका एकदम कम दिएको हुन्छ । एमाले जति छिटो भ्रमबाट बिउँझन्छ, उति छिटो देश र जनताको भलाई हुने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies