Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बार्यन म्युनिखसँग आर्सनलको लज्जाष्पद हार, रियलको सहज जित

\"\"काठमाडौं, ५ फागुन । च्याम्पियन्स लिग फुटबलमा आर्सनलले बार्यन म्युनिखसँग लज्जास्पद हार व्यहारेको छ । नकआउट चरणको पहिलो लेगमा आर्सनल बार्यनसँग ५–१ ले पराजित भएको हो । यससँगै आर्सनलको च्याम्पियन्स लिगको यात्रा फेरि एक पटक अन्तिम १६ मै टुंगिने देखिएको छ । च्याम्पियन्स लिगअन्तर्गत विहिबार बिहान सम्पन्न पहिलो लेगको खेलमा म्युनिखले दोस्रो हाफमा ४ गोल गरेपछि आर्सनलले नसोचेको नतिजा भोग्नु पर्यो। यो हारसँगै सन् २०१० पछि क्वाटरफाइनल प्रवेश गर्ने इङ्लिस क्लबको योजनामा गम्भीर धक्का लागेको छ। गत सिजन पनि आर्सनल समूह चरणको खेलमा म्युनिखबाट ५–१ गोलले नै पराजित भएको थियो। म्युनिखको एलियान्ज एरिनामा ७० हजार दर्शक अगाडि अन्तिम २५ मिनेटको खेललाई नियन्त्रणमा राख्न नसक्दा आर्सनलले खेल गुमाउनु पर्यो। स्पेनिस मिडफिल्डर थियागो अलकान्टाराको दुई, अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थोमस मुलर, रोबर्ट लेवान्डोस्की र आर्जेन रोबेनको गोलका कारण म्युनिखले खेलमा एक्लौटी दबाब बनायो। अनुभवी विङ्गर रोबेनले ११ मिनेटमै म्युनिखलाई अग्रता दिलाएका थिए। तर, एलेक्स सान्चेजले ३० मिनेटमा गोल फर्काएपछि पहिलो हाफको खेल १–१ को बराबरीमा रोकेको थियो। सान्चेजले पेनाल्टीमार्फत गोलको प्रयास गरे पनि उनको पेनाल्टीलाई जर्मनीका राष्ट्रिय गोलरक्षक नेउरले जोगाएका थिए। तर, नेउरले बललाई ‘क्लियर’ गर्न नसक्दा फर्किएर आएको बललाई पुनः गोलमा परिणत गर्दै सान्चेजले आर्सनललाई खेलमा फर्काएका थिए। तर, दोस्रो हाफमा आर्सनलले आफ्नो प्रभावलाई कायम राख्न सकेन्। अझ, प्रभावशाली डिफेन्डर कोसिल्नी चोटका कारण ४९ मिनेटमा मैदान छोड्न बाध्य भएपछि आर्सनलले त्यसको गम्भीर परिणाम भोग्यो। लेवान्डोस्कीले आर्सनलको डिफेन्सको क्रुटीको फाइदा उठाउदै ५३ मिनेटमा दोस्रो गोल गरे। अझ, १० मिनेट भित्र अलकान्टाराले ९५६ र ६३० दुई गोल गरेपछि इङ्लिस क्लब संकटमा परेको थियो। मुलरले ८८ मिनेटमा गोल गरे। आर्सनलले ७ मार्चमा म्युनिखलाई आफ्नो घरेलु मैदानमा आतिथ्य गर्नेछ। यो नतिजाका बीच खेलमा पुनः फर्किनु भनेको आर्सनलका लागि असम्भव झै मानिन्छ। आर्सनलले ७ मार्चमा म्युनिखलाई आफ्नो घरेलु मैदानमा आतिथ्य गर्नेछ। यो नतिजाका बीच खेलमा पुनः फर्किनु भनेको आर्सनलका लागि असम्भव झै मानिन्छ । \"\"यसैगरी बुधबार राति नै भएको अर्को खेलमा रियल म्याड्रिडले नापोलीमाथि ३–१ को सहज सहज जित निकालेको छ । म्याड्रिडका लागी १८ औं मिनेटमा बेन्जेमाले गोलको खाता खोलेका थिए भने क्रुसले ४९ औं मिनेटमा अर्को गोल थपेका थिए । ५४ औं मिनेटमा क्यासिमिरोले गोल थप्दै म्याड्रिडलाई ३–१ को जितमा सुनिश्चित गरेका थिए । खेलको ८ औं मिनेटमा इनसिग्नेको गोलबाट अग्रता भने नेपोलिले लिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies