Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यस्तो छ स्ववियुको आधा शताव्दीको इतिहास

\"\"काठमाडौं, ४ फागुन । २०१९ सालमा विद्यार्थीको हकहितमा काम गर्न स्वतन्त्र विद्यार्थी युनियनको अवधारणा आएको थियो । तर स्वतन्त्र विद्यार्थी युनियनको अवधारणा कार्यान्वयन भने भएन । भर्खरै प्रजातन्त्र खोसिएको अनि राजनीतिक दल प्रतिवन्धित रहेकोले तिनै दलसंग निकटता राख्ने गरि विद्यार्थीलाई राजनीतिक स्वतन्त्रता सहित संगठन निर्माण गर्ने दिने कुरै थिएन । तर विद्यार्थीहरु चुप लाग्ने कुुरै थिएन,उनीहरु आफनो अवधारणा लागु गराउने मौकाको खोजीमा थिए । त्यहि समयमा राजा महेन्द्रले आफु अनुकुलको विद्यार्थी परिषद खोले पछि त्यसको विरोधमा त्रिचन्द्र क्याम्पसका विद्यार्थी आन्दोलित भए । उनीहरुको मागका कारणले २०२६ सालपछि स्ववियुको अवधारणाले केहि स्थान पायो । तर,यसले खास मान्यता भने यसको दस बर्षपछि मात्र पायो । २०३६ सालको जनमत संग्रहपछि विद्यार्थी आन्दोलनले स्वतन्त्र विद्यार्थी युनियनको मुद्दा स्थापित गरायो । तर, प्रत्येक २ वर्षमा हुनुपर्ने चुनाव समयमा नहुदा विद्यार्थी हकहितका कुरा गफमा मात्र सीमित भए । राजनीतिक स्वतन्त्रता नभएपनि केवल विद्यार्थी हक हितको लागि भन्दै खुलेका विद्यार्थी संगठनले २०४६साल सम्म सकसमा काम गरे । प्रजातन्त्र पुर्नवहालीसंगै विद्यार्थीसंगठनहरु पनि फुक्का भए, र उनीहरुले आफनो गतिविधि स्वतन्त्रतापुर्वक गर्न पाए । त्यसो त स्ववियु विद्यार्थीको हकहितको लागि खुलेका भएपनि उनीहरु पार्टी राजनीतिलाई अघि बढाउने काममा नै दत्तचित्त भएर लाग्ने गरेका छन । अझ भन्ने हो भने यो थलो राजनीति सिक्ने पाठशाला बन्ने गरेको भन्दा पनि अत्युक्ति नहोला । तर नियमित निर्वाचन गरेर नया प्रतिनिधि छान्ने काममा भने प्रतिवन्धित अवस्थामा जस्तो गरि गणतन्त्रमा पनि अल्पविराम लागेको छ । किनभने त्रिवि अन्र्तगतका क्याम्पसहरुमा ०६५ साल चैत्र ६ गते भएको चुनावबाट छानिएका प्रतिनिधि नै अहिले पनि छन् । ०६७ सालमै हुनुपर्ने चुनाव अहिलेसम्म हुन सकेको छैन । विद्यार्थी संगठनबीच निर्वाचन प्रणालीमा भएको विवादले चुनाव हुन नसकेको त्रिविको भनाइ थियो । लामै समय अल्मलिएपछि विद्यार्थी संगठनहरु पनि अहिले चुनावी प्रणालीमा सहमत भएका छन् । ०६७ साल चैत्र ६ गते नै हुनुपर्ने स्ववियु चुनाव अहिलेसम्म हुन नसक्नुको दोष त्रिविलाई दिने विद्यार्थी संगठनहरुले बल्ल निर्वाचन प्रणालीमा सहमती गरेका छन । परिणाम के निस्किएको छ भने अब आगामी फागुन १४ गते मिश्रित निर्वाचन प्रणाली अनुसार, त्रिभुवन विश्वविद्यालयको ८ सय ५० सम्वन्धन प्राप्त कलेज र आंगिक ६० कलेजमा तथा नेपाल संस्कृत विश्वविद्यालयका सवै आंगिक कलेजमा चुनाव हुँदैछ । यसपालीदेखि स्ववियुमा उम्मेदवार बन्न २८ वर्षमुनिको हुनुपर्ने नयाँ व्यवस्थाको समेत शुरुवात हुँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies