Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

प्रणय दिवस मनाइँदै, प्रेमको प्रतिक रानीमहल ओझेलमा

\"\" पाल्पा, ३ फागुन । आज प्रणय दिवस विश्वका विभिन्न मुलुकहरुमा मनाइरहँदा नेपालमा पनि युवायुवतिहरु आपसमा शुभकामना बाँडेर यो दिवस मनाइरहेका छन् । नेपालमा पनि प्रणय दिवस ब्यापक बनिरहँदा प्रेमको प्रतिक मानिने रानीमहल ओझेलमा परेको छ । भारतका तत्कालिन मुगल सम्राट शाहजहाले आफ्नी दिवंगत रानी मुमताजको सम्झनामा निर्माण गरेको भारतको ताजमहललाई विश्वका सात आश्चार्यको रुपमा लिएको छ । रानी ममताजको सम्झनामा बनाएको ताजमहल जस्तै पाल्पाको रानीमहल पनि तत्कालिन पश्चिम क्षेत्रका राणा प्रधानसेनापति खड्गशमशेरले दिबंगत रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका थिए । विश्वमा चिनिने मौका पाएको भारतको ताजमहल र चीनको ग्रटवाल जस्तै नेपालको रानीमहललाई पनि विश्वमा चिनाउनको लागि राज्यले पहल गरेको भने देखिदैन । भारतको ताजमहल यमुना नदीको किनारमा रहेको छ भने रानीमहल प्रसिद्ध कालीगण्डकी नदी किनारमा रहेको छ । कालीगण्डकी नदी किनारको थुम्कोमा रहेको रानीमहललाई विश्वमाझ चिनाउन सकेमा नेपालको छुट्टै महत्व राख्नेछ भने यसको पाल्पाको मात्र नभै देशकै गरिमालाई उच्च राख्नेछ । रानीमहल पर्यटकहरुको लागि उचित गन्तब्यस्थल बन्ने छ । वि.सं १९५४ मा निर्माण गरिएको यो दरबार पश्चिमी कलाकौशलकै नमुनाको रुपमा मानिन्छ । कालीगण्डकी नदी किनारमा करिव ११ रोपनी क्षेत्रफलमा रानीमहल रहेको छ । रानीमहल पाल्पा सदरमुकाम तानसेनदेखि झण्डै १० किलोमिटर उत्तर कालीगण्डकी नदी किनारमा रहेको छ । कालीगण्डकी उत्तर तर्फ हानिने मोडमा बिशाल चट्टान माथि पश्चिमी कलाकौशलको बेजोड नमुनाले सिंगारीएको यस दरबारको बाँया तर्फ शित्तलपार्टी र दरबार लंगमा फोहराका लागी कुदीएका ढुंगाले निर्मित २ वटा पोखरी, तेस्रो तहमा दाहिने तर्फ पहरा दिने स्थल छ भने खुडकिलोको बाँया तर्फ एकै किसिमको शिव र गंगाको २ वटा मन्दिर छ । दरबारको मुल ढोकाबाट कुदीएको ढुगा र इँटाबाट बनाइएको खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । पहिले पहिले प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्य द्वार भएकोले तिर्थालुहरुलाई बस्ने सुबिधा युक्त पौवा समेत निर्माण गरिएको थियो । विस १९६० मा खडक शमशेरले श्री ३ को पद सहित शासनसत्ताको बागडोर आफुले संचालन गर्न खोज्यो भन्ने षडयन्त्रको छनक चन्द्र शमशेरले पाएपछि उनले पाल्पामा थप सेना पठाई तैनाथी आफनो हातमा लिएका थिए । पछि खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने आशंकामा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिएर भारत पलाएन भएपछि प्रेमको प्रतिक मानिने रानीमहल बेवारिसे बन्न पुगेको हो । आफ्नी दिवंगत रानीको सम्झनामा बनाइएकोले गर्दा रानीमहललाई प्रेमको प्रतिकको रुपमा मानिएको हो । महलको मुख्य भवन दुई तलाको छ भने कसैले आक्रमण गरेमा बाँच्न सकियोस् भन्ने उद्देश्यले भूमिगत कोठाहरु समेत निर्माण गरिएका छन् । महल परिसरमा मनमोहक वगैंचा, पानीपोखरी, शिवलिंगमा नागनागिनीले जलसेंचन गरेको दृष्य, तथा घोडा बाँध्ने तवेलाहरु रहेका छन् । भावी पुस्तालाई समेत उपभोग र उपयोग गर्न मिल्ने गरी अत्यन्त दुर्लभ मानिने र अत्यन्त पवित्र ठानिने उत्तरबाहिनी काली नदी किनारमा सबै बिधिबिधानसहितको यहि दरवारका निर्माता निर्माता खड्गशमशेरले उपभोग गर्न पाएनन् । पाल्पाको परिचय सँग जोडिने रानीमहल लामो समयसम्म लथालिंग अवस्थामा रहन पुग्यो , २०४३ सालमा आएको हावाहुरीले दरबारलाई पूर्ण रुपले क्षति तुल्याएपछिको एक दशकसम्म दरबारका महत्वपूर्ण वस्तु तथा गजुरहरु चोरी भई जिर्ण बन्न पुगेको थियो । रानीमहलको संरक्षण गर्न कुनै निकायले चासो नदिँदा दरबार परिसरको मन्दिरको छानो समेत चोरी भयो । १९५० मा निर्मित दरबार परिसर भित्रको पाटी पौवा, खुड्किलाको निशाना नै मेटिएका छन् । चौविस कोठमा रहेको दुई तले रानीमहलको उचित संरक्षण नगरिदा मुख्य भवनबाहेक अन्य संरचनाहरुको भग्नावशेष मात्रै रहेको देखिन्छ । दरबारछेउ डाँडो खनेर सडक निर्माण गरिएपछि दरबार जोखिममा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies