Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

सोलिडारिटी कप बिजेता खेलाडीलाई जनही ३ लाख पुरस्कार

\"\"काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६, नोभेम्वर २ देखि १५ सम्म मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप घोषणा गरिएको नगद पुरस्कार सोमबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्रीले नगद पुरस्कारको रकम हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्रीले २३ जना बिजेता खेलाडी र प्रमूख प्रशिक्षकलाई जनही ३ लाख, सहायक प्रशिक्षकलाई २ लाख र सामान्य ज्ञान प्रशिक्षक र फिजियोथेरापिष्टलाई जनही ५० हजार नगद पुरस्कारले सम्मान गरेका हुन् । ३ लाख नगदद्वारा पुरस्कृत हुने खेलाडीहरुमा क्याप्टेन अनिल गुरुङ, भाइस क्याप्टेन बिराज महर्जन, खेलाडीहरु बिकेश कुथु, रबिन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, बिमल घर्तिमगर, बिशाल राई, रञ्जन बिष्ट, हेमन गुरुङ, बिक्रम लामा, कमल श्रेष्ठ, अञ्जान बिष्ट, सुजल श्रेष्ठ, किरणकुमार लिम्बु, सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, बिशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रञ्जित धिमाल र मूख्य प्रशिक्षक ग्वोतुकु कोजी रहेका थिए । त्यसैगरी सहायक प्रशिक्षक राजुकाजी शाक्यलाई रु २ लाख, सामान्य ज्ञान प्रशिक्षक उज्जवल मानन्धर र फिजियोथेरापिष्ट सुरज भुसाललाई रु ५० हजार नगदद्वारा सम्मान गरिएको छ । खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदले देशलाई भावनात्मक रुपमा एकतावद्ध बनाउने प्रधानमन्त्रीले बताए । ‘तपाईहरुले हासिल गरेको विजयले देशको गौरव बढाएको छ । देशलाई भावनात्मक रुपमा एकतावद्ध गरेको छ । कहिलेकाहीँ राजनीतिमा आउने विवाद र उतारचढावलाई सहमति र एकतामा बदल्न पनि तपाईहरुको विजय र एकताले प्रेरणा मिल्ने गरेको छ । हामी संविधान कार्यान्वयन र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा छौं, यसमा तपाईहरुको विजय र भावी यात्राले थप प्रेरणा दिनेछ ।’ खेलाडीहरुलाई पुरस्कारको घोषणा गर्ने तर नदिने विगतको परम्परा अन्त्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरुले सोलिडारिटी कप जितेलगत्तै सरकारले पुरस्कारको घोषणा गरेको थियो । विगतमा पुरस्कारको घोषणा गर्ने तर खेलाडीले नपाउने बिडम्वना पनि हामीकहाँ रहने गरेको थियो । यसपटक त्यस्तो नहोस् भन्नेमा म सुरुदेखि नै सचेत र चिन्तित पनि थिएँ । खेलाडीहरुको व्यस्तता र सरकारको पनि कामको चापका कारण सम्मानको काम केही ढिलो भयो, तैपनि तपाईहरुलाई सम्मान र पुरस्कृत गर्न पाउँदा म खुसी छु । अब पुरस्कार र सम्मानको घोषणा गर्ने तर खेलाडीहरुले नपाउने अवस्थाको अन्त्य हुनुपर्दछ ।’ कार्यक्रममा राष्ट्रिय टिमका क्याप्टेन अनिल गुरुङले सरकारले गरेको सम्मान र पुरस्कारले खेलाडीहरुमा थप हौसला बढेको भन्दै सरकारको विश्वासलाई निरन्तरको विजयमार्फत् देशको शान बढाउन प्रयोग गर्ने बताए । कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दलजीत श्रीपाइली, खेलकूद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार बिष्टलगायतको उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies