Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विप्लवको सत्तोसरापः ‘पानीमा चोपल्नेदेखि खाल्डोमा गाड्नेसम्म’

\"\"काठमाडौं, २ फागुन । नेकपा (माओवादी)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आईतवार खुल्लामञ्चको भाषणमा अधिकांश समय प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खर्चिए । यो मानेमा वा त्यो मानेमा किन नहोस् बिप्लवको भाषणको वाक्य नै पिच्छे प्रचण्ड झुण्डिएकै हुन्थे । माओवादी जनयुद्धको जस्तै जनसकार सञ्चालन गरेकाे विप्लव नेतृत्व माओवादीले सरकार वा प्रचण्डलाई सत्तोसराप गर्नु कुनै नौलो कुरा भने होईन । तत्कालिन नेकपा माओवादीसँग चोईटिएर छुट्टै पार्टी गठन गरेका मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा–माअोवादीको सचिव बनेका थिए । प्रचण्ड नेतृत्वको माओवादीले क्रान्ति पुरा नगरेको भन्दै छुट्टै पार्टी गठन गरेका बैद्य, रामबहादुर थापा ‘बादल’ र विप्लवहरुले मिले, तर विप्लव सो पार्टीमा पनि धेरै टिक्न सकेनन् र आफ्नै नेतृत्वमा नेकपा (माओवादी) गठन गरे । प्रचण्ड नेतृत्वको माओवादीलाई सधै चर्को गाली गलौज गर्ने विप्लवले आईतवार अरुबेला भन्दा अलि कडा नै बोले । उनले प्रचण्डलाई कर्णाली र एमाले अध्यक्ष केपी ओलीलाई महाकालीको चिसो पानीमा चोपल्नु पर्नेसम्म अभिव्यक्ति दिए । उनको मुखबाट यो वाक्य फुत्किनु साथ गड्गडहाट तालि त पाए नै, यी वाक्यले विप्लवले पछुताउनुपर्ने दिन पनि नआउला भन्न सकिन्न । तत्कालिन माओवादी बालुवाटार प्रवेश गर्नासाथ ‘भाइरस’ पसेको समेत उनले बताए । विप्लवको भनाई थियो ‘भाइरसले माओवादी त सिद्धियो नै कार्यकर्तालाई पनि अपराधि बनाएरै छाड्ने भयो ।’ यो बीचमा उनले जनयुद्धमा हत्या अभियोग लागेका बालकृष्ण ढुंगेलहरुलाई भने बचाउन भ्याए । विप्लवले भने ‘माओवादीले कार्यकर्तालाई अपराधि बनाएर आफु सत्तामा राज गरिरहेको छ ।’ युद्धताका जतिपनि घटना भए ति सबै दोष कार्यकर्ता भन्दा पनि पार्टीले लिनुपर्ने उनको तर्क थियो । सबै दोष अरुलाई थोपरेर आफु चोखो बन्न खोजेपनि विप्लव अाफैँले भने छुट पक्कै पाउँदैनन् । सशस्त्र जनयुद्धका नेतृत्वकर्ता मध्ये विप्लव पनि एक हुन् । प्रचण्डको एउटा हस्ताक्षरले सबैले न्याय पाउँछन् भने किन हिच्किच्याएका छन् भन्ने विप्लवको तर्क थियो । र, उनले संज्ञा पनि दिए ‘प्रधानमन्त्रीका हस्ताक्षर नचल्ने देशमा छौ हामी ।’ हुन् त प्रचण्ड दुई पटक प्रधानमन्त्री बनेका छन् तर पनि उनले जनयुद्धका मुद्धा मामिला खासै मिलाउन सकेका छैनन् । यो मामिला नमिलाउने प्रचण्डको रहर होईन बाध्यता हो भन्ने कुरा पनि विप्लवहरुले बुझ्न जरुरी छ । खुल्लामञ्चबाटै हजारौं कार्यकर्तालाई आवश्यक परे फेरि युद्धमा होमिन तयार रहन आग्रह गरे । विदेश जानु भन्दा क्रान्ति गरेर नेपालमै केहि गराैं भन्ने कथन उनकाे थियाे । त्यसो त उनले भाषणको केहि समय नेपाली कांग्रेसलाई पनि खर्चिए । ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले घरबास ध्वस्त भएका पीडितहरुको नाममा आएको जस्तापाता बेच्ने प्रजातन्त्रवादी नेतालाई खाल्डोमा पुर्नुपर्नेसम्म भने । यति मात्र होईन ४० फिटको खाल्डोमा बताए । त्यसोत चर्चित गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’को नाममा आएको डलर पचाउन गगन थापा बागबजारमा भाषण गर्दै हिँडेको भन्ने समेत उनकाे अाराेप थियाे । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसामु प्रचण्ड गरूडको अगाडी सर्प गुजुल्टेको संज्ञा पनि दिए । सारमा विप्लवले खुल्लामन्चमा असन्तुष्टीकाे पाेकाे दिल खाेलेर फुकाएपछि कार्यकर्ताकाे ताली पाउने नै भए ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies