Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

५४ बर्षपछि आफ्नो जन्मभुमि फर्किए चिनियाँ सैनिक

\"\"एजेन्सी , १ फागुन । भारतमा ५४ वर्षदेखि फँसेका चिनियाँ पूर्व सैनिक वांग छी शनिबार आफ्नो जन्मभुमि चीन पुगेका छन् । उनीसँगै उनका परिवार पनि चिन गाएका छन् । चीन जानुअघि कुराकानी गर्दै उनले लामो समय बसेको तिरोडी गाउँका जनतालाई आफू आफ्नो जन्म भूमी पुगेर पुनः फर्किएर आउने बताए । उनले चीन पुग्दा आफूलाई सन्तोष र खुसी मिल्ने पनि उल्लेख गरे । उनले आफूले इन्दिरा गान्धीको समयदेखि आफूलाई चीन जान दिन या भारतको नागरिकता दिन आग्रह गर्दै आएपनि उनको कुराको अहिलेसम्म सुनुवाई भएको थिएन । उनी भन्छन्, ‘मैले हजारौं निवेदन हाले तर कुनैको जवाफ आएन । मैले उच्च अदालतमा मुद्धा हाले, चिनियाँ राजदूतसँग सम्पर्क पनि गरे तर कुनै सहयोग पाइन ।’ केही समयअघि बीबीसीले ‘५४ वर्षदेखि भारतमा फँसेका चिनियाँ सैनिक’ शीर्षकमा उनको कथा छापिएपछि संसारको ध्यान आकर्षित भएको थियो । उनले आफ्ना छोरा र छोरीलाई चीन लगेपनि श्रीमती भने भारतमा नै छाडेका छन् । उनको स्वास्थ्य अवस्था ठीक नभएको र विमानमा चढेर जानसक्ने अवस्था नरहेका कारण लिएर जान नसकेको बताएका छन् । उनले लामो समयदेखि बस्दा भारतमा पनि माया भएको उल्लेख गर्दै उनले भने, ‘ मेरो जाने इच्छा थिएन, सबै भाई बहिनी जस्तै भइसकेका छन् । तर मेरा त्यहाँ पनि भाई बहिनी छन् । बाबु आमा त वितिसक्नु भयो, अब भाई बहिनीसँग एक पटक भेट्न चाहन्छु ।’ सन् १९६२ को लडाईका क्रममा वांग छी भारतमा पक्राउ परेका थिए र उनलाई चीन जान दिइएको थिएन । भारतीय विमानस्थलमा हिन्दी भाषामा कुराकानी गरेका उनले चिनियाँ विमानस्थलमा पुगेर चिनियाँ भाषामा कुराकानी गरेका थिए । भारती जेलमा परेपछि यस्तो रह्यो चिनियाँ सैनिकको जीवन भारतमा फँसेका चिनियाँ सैनिक वांग छी ५४ वर्षपछि चीन पुगेका छन् । उनको जीवनसँग जोडिएका केही महत्वपूर्ण तथ्य यसप्रकार छन् । १) वांग छीका अनुसार १९६३ मा उनी भुलवश भारतमा छिर्न पुगेका थिए र पक्राउ परेका थिए । उता, भारतीय अधिकारीहरुका अनुसार भारतमा बिना कागजात घुसेको बताउँदै आएको छ । वांग छीलाई भारतले लगाउँदै आएको जासुसीको आरोप अस्वीकार गर्दै आएका छन् । २)वांग छी विभिन्न जेलमा ६ देखि ७ वर्ष राखेर मध्य प्रदेशको तिरोडी गाउँमा छोडिएको थियो । ३) सन् १९७५ मा उनले दबाबले सुशीला नामकी भारतीय युवतीसँग विवाह गरेका थिए । ४) परिवारसँगको दुरीका कारण उनी घन्टौं सम्म परिवारको यादमा रुने गर्दथे । ५) ८० को दशकमा पहिलो पटक पत्रको माध्यमबाट चीनमा परिवारसँग उनको सम्पर्क भएको थियो । ६) ४० वर्षमा पहिलो पटक २००२ मा फोनमा उनकी आमासँग कुराकानी भएको थियो । २००६ मा उनकी आमाको मृत्यु भयो । ७)उनका एक छोरा र दुई छोरी छन् । ८)वांगका अनुसार उनले सहयोगका लागि पत्र लेखेपनि कसैले सहयोग गर्नन्, तर गत साता बीबीसीमा उनको कथा आएपछि चिनियाँ दूतावासका अधिकारी उनलाई भेट्न गाउँ गई भेट गरेर सहयोगको वचन दिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies