Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

र, सोध्न मन लाग्छ १७ हजार बलिदानीको सपना कसले साकार गर्ने ?

\"\"मेरो पुस्ताले महान जनयुद्धमा होमिन त पाएन नै, बरु जनयुद्धको अन्यतिर केहि यामहरु लुकेरै भएपनि हेर्न पायो । ०५२ फागुन १ गतेबाट शुरु भएको माओवादी जनयुद्ध ०६३ मंसिर ६ गते विस्तृत शान्ति सम्झौतापछि माओवादी शान्ति प्रक्रियामा आयो । जनयुद्धको शुरुवातदेखि अहिलेसम्म गिन्ति गर्ने हो भने दुई दशकबाट पनि एक बर्ष बढी वितिसकेछ । यो बीचमा सधैं एउटा कुरा मन खेलिरहन्छ ‘देश र जनताको लागि बलिदान गरेका १७ हजार ३ सय महान जनयुद्धका शहिदले आखिर के पाए ?’ उनीहरुले के पाए भन्दा पनि देशले के पायो ? आखिर ति १७ हजार भन्दा बढीले आफ्नो लागि होईन देश जनताको लागि युद्धमा होमिएकाहरुको सपना साकार भयो ? यो प्रश्नको जवाफ सिंहदरबारमा रमाएकाहरुले एक दिन पक्कै दिने नै छन् । जनयुद्धको दशकपछि देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो । यी तन्त्रको नाममा जो रातारात मालिक बने र बिर्सिए दशकसम्म चलेको जनयुद्धमा होमिएर देश र जनताका लागि बगाएको रगतको मूल्य ? माओवादी शान्तिप्रक्रियामा आएपछि अहिलेसम्म तेस्रो पटक सरकारको नेतृत्व गरिसकेको छ । ०६४ को संविधानसभा चुनावपछि पहिलो शक्तिको रुपमा उदय भएको तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेका थिए । पहिलो शक्तिमा रुपमा उदय भएपनि जनताको हितको लागि तत्कालिन माओवादीले सरकारको नेतृत्व गरेर पनि खासै राम्रो काम भने गर्न सकेन । माओवादीले चाहेर होस् या गर्न नसकेर या नजानेर नै किन नहोस् ठोस काम भने गर्न नसकेकै हो । हुनतः पहिलो पटक सत्ताको नेतृत्व गरेको माओवादीले पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा पनि नजानेर नै काम गर्न नसकेको स्वीकारेको छ । [caption id=\"attachment_117150\" align=\"alignnone\" width=\"200\"] जीवन कुँवर[/caption] त्यसपछि ०६८ सालमा तत्कालिन माओवादीका नेता (हाल नयाँ शक्ति पार्टी नेपालका संयोजक) डाक्टर बाबुराम भट्टराईले सरकाको नेतृत्व गरे । डाक्टर भट्टराईले पनि जो रंगिन सपना बोकेर युद्धमा होमिएका अनि देश जनताको लागि बलिदान दिएका थिए उनीहरुको सपना साकार बनाउन खासै सकेनन् । चाहेर होस् या गर्न नसकेर या नजानेर नै किन नहोस् त्यो उनै बाबुरामहरुले जानून् । त्यसोत गणतन्त्र स्थापनापछि दोहो¥याएर सरकारको नेतृत्व सम्हालेका प्रचण्ड पनि उनीहरुको सपना साकार बनाउन खासै लागि परेको देखिदैनन् । पहिलो पटक त नजानेर वा जे सुकै भएर होस् हामीले जानेनौं भन्न जति छुट थियो प्रचण्डलाई यो पटक पक्कै छैन । यो पटक पनि हामीले जानेनौं वा गर्न सकेनौं यदि प्रचण्डले भन्छन् भने उनको पार्टीलाई जनताले साथ दिनुपर्ने कुनै खास कारण भने छैन । जनताको काम भन्नुको अर्थ जो जो युद्धमा जस्तो सपना बोकेर हिडेका थिए भन्नु हो । दश बर्ष जनयुद्धको मूख्य उदेश्य के हो ? के माओवादी सत्तामा मात्र लिप्त हुुनु हो ? सत्ताको आडमा कमाउ धन्दा मात्र गर्नु हो ? यसको जवाफ कसले दिने ? प्रचण्ड, बाबुराम, मोहन बैद्य र विप्लबहरु विचार नमिलेर अहिले टुक्रा टुक्रा भएका छन् । फरक–फरक पार्टी गठन गरेका छन् । अझ बाबुरामले त माओवादको लाईन नै छाडेर हिडेका छन् । तैपनि उनले सामाजिक सञ्जालको भित्ताहरुमा माओवादीको कुनै दिवसहरुमा भने रंग्याउन छाडेका छैनन् । देखावटी मात्रै हो कि मनमा पनि उनले माओवादको लाइन छाडेका छैनन् त्यो उनले बुझ्ने कुरा हो । हुनत प्रचण्ड एक्लैले उनीहरुको सपना साकार गर्न सक्दैन् । चाहे बाबुराम, मोहन बैद्य र विप्लबहरुले पनि एक्लै चाहेर माओवादी आन्दोलन सफल बनाउन सक्दैनन् । यी सबै माओवादीहरु ढिक्का हुन जरुरी छ । अहिले बैद्यहरु सत्ता बाहिरै बसेर विरोधको नाममा बिरोध गरिरहेका छन् । विप्लबहरुको हालत पनि फरक छैन । अनि बाबुरामहरु माओवाद नै छाडेर हिडेका छन् । यदि अब फुटेका माओवादीहरु नमिले माओवादी आन्दोलन सफल बनाउँछु भन्नु एकादेशको कथा जस्तै हो । र, सोध्न मन लाग्छ १७ हजार बलिदानीको सपना प्रचण्ड, बाबुराम, मोहन बैद्य र विप्लब कसले साकार गर्ने ?

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies