Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कुलमानलाई चुनौती दिएका मुकेशको अबको यात्रा ?

\"\" नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएलगत्तै काठमाडौँ उपत्यका लोडसेडिङमुक्त बन्यो । गत तिहारको अवसरमा काठमाडौँलाई उज्यालो राख्ने दृढताका साथ अघि बढेका कुलमानले त्यसलाई निरन्तरता मात्रै दिएनन्, त्यसैको जगमा उनले अहिले सिंगो नेपाललाई लोडसेडिङमुक्त बनाउने प्रयास थालेका छन् । जसको फलस्वरुप पर्यटकीय शहर पोखरा, चितवन लगायतका जिल्ला लोडसेडिङमुक्त भइसकेको छ भने आगामी जेठ महिनाभित्र सिंगो देश लोडसेडिङमुक्त बनाउने उनको अठोट छ । देश नै लोडसेडिङमुक्त बनाउने कुलमानको अभियानलाई सफल बनाउने अर्का योजनाकारहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री जनार्दन शर्मा हुन् । हालै राजधानीमा आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री शर्माको योजनाअनुरुप नै लोडसेडिङ हटाउने अभियान अघि बढेको खुलासा गरेका थिए । कुलमान नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेलाई राजीनामा दिन लगाएर प्राधिकरणको निर्देशकमा नियुक्त भएका हुन् । उनी प्राधिकरणको निर्देशकमा नियुक्त भएपछि कार्यालयका कतिपय कर्मचारी आन्दोलनमा उत्रिए, उनको कार्यकक्ष घेरे । [caption id=\"attachment_103016\" align=\"alignleft\" width=\"250\"]\"\" बुद्ध लोप्चन[/caption] काफ्लेको कार्यकालमा काठमाडौँ उपत्यका र अन्य जिल्ला लोडसेडिङमुक्त हुनुको साटो दिनानुदिन लोडसेडिङ बढिरहेको थियो । ठीक त्यही बेला, प्राधिकरणमा कुलमानको आगमनले लोडसेडिङ हटेपछि प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेश काफ्लेले आर्थिक अनलाइन क्लिकमाण्डुमा एउटा लेख लेख्दै दावीका साथ भने, ‘माघदेखि वैशाखसम्म काठमाडौँ लोडसेडिङमुक्त भए म सार्वजनिक पद धारण गर्दिनँ ।’ उनको यो चुनौती कुलमानलाई मात्रै थिएन, प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री शर्मालाई समेत उनले यो चुनौती दिएका थिए । तर काफ्लेको चुनौती आज गलत सावित भएको छ । माघ महिना सकिएपछि उनीमाथि कुलमानले चुनौती थपिदिएका छन्, कि उनको घोषणा गलत सावित भएको छ । अनेकौँ उदाहरण र कारणसहित लोडसेडिङ हटाउन सम्भव छैन भन्ने कुराको प्रमाणित गर्न खोजेका काफ्लेमाथि अहिले एउटै प्रश्न छ, ‘तपाईको दावी गलत सावित भयो ? अब तपाई आफैँ भन्नुस् तपाई सार्वजनिक पद धारणा गर्नुहुन्छ कि गर्नुहुन्न ?’ आज सारा नेपालीको पनि एउटै जिज्ञासा छ, ‘के अब मुकेश काफ्लेले सार्वजनिक पद धारण गर्लान् ?’ यसो भन्दै गर्दा मुकेश काफ्ले अयोग्य वा उनीमाथि लाग्ने गरेको आरोपजस्तै उनले पैसा खाएर लोडसेडिङ गराएका थिए भन्ने मेरो तर्क होइन । तर उनले लोडसेडिङ घटाउनुको साटो बढाएर देशलाई अन्धकारमा राख्ने उनी मातहतका कर्मचारीको संरक्षण गर्ने र उज्यालो नेपाल बनाउने प्रचण्ड सरकार र कुलमानलाई चुनौती दिएर आफूलाई गलत सावित गर्ने र आफैँलाई समस्यामा पार्ने उनको दावी र प्रवृत्तिप्रति म असहमत छु । जतिसुकै ठूला कुरा गरे पनि जुनसुकै कारण देखाएर पनि अब काफ्लेमाथि खुलेआम चुनौती छ । आफ्नो वाचा कसरी भुल्ने ? सायद आफैँ समस्यामा होलान् ? तर तपाईले दिएको चुनौतीले कुलमानलाई काम गर्न सहज मात्रै बनाएको छैन, त्यसले सारा नेपालीलाई उज्यालोमा बस्ने अवसर प्राप्त भएको छ । अब कुरा रह्यो, मुकेशको अर्को घोषणाको । मुकेश काफ्ले माघदेखि वैशाखसम्म लोडसेडिङमुक्त भए सार्वजनिक पद धारण नगर्ने घोषणा मात्रै गरेका छैनन् उनले कुलमान र जर्नादन शर्माको सदैव प्रशंशा गर्नुका साथै आफ्नो कमजोरी महसुस गरी सारा नेपालीसँग क्षमा माग्ने वाचा गरेका छन् । तर अहिलेसम्म काफ्लेले खुला रुपमा न जनतासँग माफी मागेका छन्, न कुलमान र जनार्दनको प्रशंशा नै । बरु उनी कता छन्, जनतालाई थाहा छैन । मुकेशको वाचा र केपीको घोषणा समग्रमा हेर्दा मुकेश काफ्लेको वाचा र एमाले अध्यक्ष केपी शर्मा ओलीको घोषणा उस्तैउस्तै देखिन्छ । तर प्रवृत्ति भने फरक छ । किनकी काफ्लेले कारणसहित भनेका छन्, कि नेपाललाई अध्यारोमा राख्ने उनको चाहना थिएन, तर केपीले प्रधानमन्त्री हुँदा बिनाकारण र आधारबिना घोषणा गर्दै अघि बढेका थिए, जसको हालसम्म कुनै प्रगति देखिएको छैन । मुकेश काफ्लेले सार्वजनिक पद धारण नगर्ने वाचा गरेजस्तै केपी ओलीले पनि नेपालमा रेल कुदाउनेदेखि घरघरमा पाइपलाइन ग्यास जोड्नेसम्मको सपना बाँडे । र अहिले प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका उनले निर्वाचनको मिति घोषणा हुनै नसक्ने दावी गरेका छन् । जसरी त्यसअघि उनले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुनै नसक्ने दावी गरेका थिए । तर संविधान संशोधन प्रस्ताव दर्ता भइसकेको छ भने सरकारले निर्वाचनको मिति घोषणाको अन्तिम तयारी गरेको छ । अबको यात्रा मुकेश काफ्लेले सार्वजनिक पद धारण नगर्ने वाचा कुनै आवेश र आक्रोशमा गरेको होइन भन्ने लाग्छ । एउटा महत्वूर्ण निकाय विद्युत प्राधिकरणको कार्यकारी निर्देशको जिम्मेवारी सम्हालिसकेका काफ्लेले सोच विचार गरेर उक्त दावी गरेका थिए । तर आज कुलमान प्रयासले उनको दावी गलत सावित भएको छ । त्यसैले मुकेशको अबको यात्रा के हुन सक्ला ? भन्ने सबैतिर जिज्ञासा छ । उनको वर्षौसम्मको प्राधिकरणको यात्रा सायदै अनुभवविहीन थिएन । त्यसैले अब उनले आफ्नो अनुभवहरु कुलमानलाई सेयर गरेर उज्यालो नेपाल बनाउने अभियानमा सहभागि हुनुको विकल्प छैन । तसर्थ मुकेश काफ्लेलाई मेरो एउटै अनुरोध छ, आउनुस उज्यालो नेपाल बनाउने सरकारको अभियानमा हातेमालो गरौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies