Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

यी हुन् भ्यालेन्टाइन डेका लागि दश ‘डेटिङ स्पट’

\"\"नजिकिदै छ फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । सो दिन रमणीय स्थान घुम्ने र रमाइलो गर्ने सबैको जोडीको चाहना हुन्छ । रमाईलो गर्न र प्रेम साटा गर्न राजधानीबाट नजिक ‘डेटिङ स्पट’हरु थुप्रै छन् । अझ कोहि जोडि त कुन ठाउँ घुम्न जाने भन्ने अन्यौलमा पनि हुन सक्छन् । घुम्नका लागि जोडीहरु रमणीय ठाउँ जति टाढा भएपनि पुग्ने गरेको पाइन्छ । त्यस्तै हाम्रै वरिपरि पनि त्यस्ता रमणीय ‘डेटिङ स्पट’हरु छन् जहाँ गएर प्रेम साटासाट गर्नुको छुट्टै आनन्द छ । कतिपयको घुम्न जाने समय थोरै पनि हुनसक्छ । समय थोरै र कम बजेटले धेरै आनन्द लिने ठाउँहरु प्रशस्त पाइन्छ । भोटेचौर \"\" सिन्धुपाल्चोकको भोटेचौर गाविसमा रहेको चियाबगानले जो कोहिलाई पनि चाडै आकर्षित गर्छ । ‘मिनी इलाम’ को रुपमा चिनिने भोटेचौर काठमाडौंबाट नजिक पनि रहेको छ । कुनै बिशेष दिनमा मात्रै होईन भोटेचौरमा जहिले पनि घुम्न र रमाईलो गर्न जानेको संख्या बढ्दो छ । काठमाण्डौंको चावहिलबाट करिब ३५ किलोमिटरको दुरीमा रहेको भोटेचौर प्राकृतिक सुन्दरताले जति भरिपूर्ण छ त्यति नै रोन्मान्टिक पनि छ । भौटेचौरबाट जुगल हिमश्रृखलाले जिस्काइरहँदा जो कोहि मन छुट्टै आनन्द आइरहेको हुन्छ । जहाँ चियाबगानको जोडि लुकामारी खेल्दा र ट्राउट माच्छाको स्वादले एक पटक गएपछि दोहो¥याएर जान कोहि पनि हिच्किच्याउँदैनन् । राजधानीबाट नजिक रहेको भोटेचौर भ्यालेन्टाईन डेको लागि उपयुक्त ठाउँ हो । जहाँ सुविधायुक्त होटलहरु पनि छन् । सोहि दिन फर्कने हो भनेपनि नजिक रहेको छ । चन्द्रागिरी \"\" स्थापनाको छोटो समयमै ख्याति कमाएको ठाउँ हो चन्द्रागिरी । काठमाण्डौंबाट नजिक रहेको चन्द्रागिरी घुम्नको लागि प्रख्यात गन्तव्य हो । यहाँ गएर प्रेमिल जोडिहरुले केबलकार चढेर छुट्टै आनन्द लिन पाउँछन् । यहाँ भालेश्वर महादेव मन्दिर पनि छ । मन्दिर गएर जोडिहरु पुजा गरेर वाचा÷कसम पनि खाने गरेका छन् । प्राकृतिक सौन्दर्यता, ऐतिहासिक र त्यहाँबाट देखिने काठममाडौं उपत्यका तथा चित्लाङ गाउँको मनोरम दृश्यावलकेन गर्न सकिन्छ । रमणीय वातावरण भएकाले पछिल्लो समय जोडिहरु निकै जाने गरेका छन् । गोदावरी \"\"सातदोबाटोबाट बस चढेको १० किलोमिटरपछि पुगिन्छ ललितपुरको गोदावरी । काठमाण्डौंबाट नजिक भएर पनि होला जहाँ जोडिहरु ‘डेटिङ’का लागि भ्यालेन्टाइन डे जत्तिकै अरुपछि पनि भिडभाड हुन्छ । पिकनिकको लागि पनि उपयुक्त ठाउँ हो गोदावरी । त्यसोत भ्यालेन्टाइनको दिन गोदावरीमा ‘डेटिङ’मा गएका जोडिहरु मिलेर ‘क्याम्प फायर’ गरेर छुट्टै मज्जा लुट्छन् । जहाँको वातारण शान्त रहेको छ । घुम्नका लागि रमणीय ठाउँ छ । सुन्दरीजल \"\" प्रेम जोडिहरुको लागि कुनै नौलो ठाउँ होईन् सुन्दरीजल । शिवपुरी–नागार्जुन निकुन्ज क्षेत्रको जंगलको बिचमा छ । जहाँको खोल्साबाट बगेको पानी छ्याप्दै आफ्नो प्रेमि÷प्रेमिकासंग भरपुर मनोरन्जन गर्न सकिन्छ । ५० रुपैंया शुल्क तिरेर टिकट लिएपछि सुन्दरीजलमा दिनभर प्रेमिल आनन्द लिएर बस्न पाइन्छ । काठमाडौं बसपार्कबाट १६ किलोमिटर बसमा गएपछि सुन्दरीजल पुगिन्छ । ककनी \"\" काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि नुवाकोट जिल्लाको ककनी पुगिन्छ । जहाँ पुगेपछि हरियालीको सौन्र्दयताले भरपुर मनोरन्जन लिन सकिन्छ । जहाँको प्राकृतिक सुन्दरताकै कारण प्रेमिल जोडिहरुको लागि उपयुक्त ‘डेटिङ’ स्पट ककनी । त्यहाँ स्टेबरी र ट्राउट माछाको स्वादले जोडिहरु खुब मनोरनजन लिइरहेका हुन्छन् । स्वप्न बगैंचा \"\" काठमाण्डौं ठमेल जति चर्चित छ, त्यहाँभित्रको स्वप्न बगैंचा पनि त्यत्तिकै चर्चित छ । उपत्यका भित्रको चर्चित डेटिङ स्पट मध्ये एक हो स्वप्न बगैंचा । जहाँ कुनै पर्वको अबसरमा थुप्रैमा जोडिहरुको जमघट हुने ठाउँ हो । नयाँ बर्ष, भ्यालेन्टाइन्, क्रिसमस जस्ता दिनहरु प्रमिल जोडिहरुको लागि सुविधासम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा । माछा पोखरी, बगैंचा र क्याफे रहेको बगैंचा केशरमहलसँगै छ । स्वदेशीहरुको लागि मात्रै होईन् विदेशीहरुको लागि पनि रोजाईको डेटिङ स्पट हो । चिसापानी \"\" त्यस्तै प्रेमिल जोडिहरुका लागि अर्को रमणीय ठाउँ हो चिसापानी । जहाँ लाङटाङ र गौरिशंकर हिमालको दुश्यावलोकन पनि गर्न सकिन्छ । सिन्धुपाल्चोक, काठमाण्डौं र नुवाकोटको संगमस्थल पनि हो चिसापानी । घना जंगलमा लुकामारी खेल्दै रमाउनुको मज्जा बेग्लै छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र केहि बस्तीहरु नियाल्दै पुग्न पनि सकिन्छ चिसापनी । हाइकिङको लागि पनि उपयुक्त ठाउँ हो । भ्यालेनटाइन डेमा चिसापानी डाँडामा जोडिहरुको जमात धेरै भेटिन्छ । सदर चिडियाखाना \"\" काठमाण्डौं उपत्यकाभित्र पर्ने सदर चिडियाखाना पनि डेटिङ स्पटका लागि उपयुक्त गन्तव्य हो । ललितपुर जिललामा पर्ने उक्त चिडियाखानाभित्र जान भने विहान १० बजेदेखि साँझ ५ बजेभित्र मात्रै पाइन्छ । जहाँ जनावर तथा पंक्षीको अवलोकन मात्र होइन डेटिङका लागि सदर चिडियाखाना धेरैको रोजाईमा पर्छ । शितल र रमणीय स्थल मध्येको एक हो चिडियाखाना । ह्वाइट गुम्बा \"\" सेतो गुम्बा अर्थात ह्वाइट गुम्बा पनि अहिलेको युवापुस्ताको लागि रोजाईको गन्तव्य पर्छ । त्यहाँबाट काठमाण्डौं उपत्यकाको रमणीय ठाउँहरु हेर्न सकिन्छ । शान्त र रमणीय वातारण रहेको ह्वाइट गुम्बामा सवारी साधन मध्ये मोटरसाइकल मात्र पुग्छ । त्यासे भ्यालेन्टाइन डेमा पैदल हिडेर जोडिहरु रमाइलो गर्दै जाने गरेका छन् । सितापाइलाबाट करिब डेढ घण्टा हिडेपछि ह्वाइट गुम्बा पुगिन्छ । पछिल्लो समय जोडिहरुको लागि रोजाईको गन्तव्य हो । चोभार \"\" चोभार नाम सुन्ने वित्तिकै चलचित्र र म्युजिक भिडियोको लागि चर्चित गन्तव्य हो । रमणीय र हिमालको दृश्यावलोकनको हिसावले पनि रमाइलो भएकाले पनि सुटिङ र डेटिङका लागि उपयुक्त गन्तव्य हो । पछिल्लो समय डेटिङ स्पटको लागि प्रख्यात ठाउँ हो । कुनै विशेष दिन वा पर्वको बेलामा मात्रै नभई चोभारमा बाह्रै महिना घुम्न जानेहरुको जमात ठूलै छ । बल्खुबाट करिब साढे चार किलोमिटर यात्रामा चोभार पुगिन्छ । प्रेमिल जोडिहरुको लागि त्यहाँ रमाइलो थुप्रै ठाउँहरु छन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies