Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

कसैले भन्दैमा राष्ट्रघाति र राष्ट्रवादी हुने होइन– चक्रपाणि खनाल ‘बलदेव’

तत्कालिन जनमुक्ति सेनाका राजनीतिक कमिसार चक्रपाणि खनाल ‘बलदेव’ अहिले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार छन् । प्रधानमन्त्रीका सल्लाहकारलाई भेट्न खबरडबली टिम प्रधानमन्त्री निवास बालुवाटार पुग्दा खनाल दौडधुपमै देखिन्थे । पछिल्लो समय हटकेक बनेको निर्वाचनबारे कुरा गर्दा उनले कांग्रेसभित्रको एक समुहको असन्तुष्टिले पनि काम गरेको संकेत गरे । तर केही दिनमा नै सरकारले निर्वाचनको मिति घोषणा गर्ने उनले दाबी गरे । हतारमा निर्वाचन मिति घोषणा गर्दा दुर्घटना हुन सक्ने सम्भानाका कारण सतर्कता अपनाएको उनले बताए । प्रतिपक्षी दलसँग मात्रै सहमति गर्दा मधेस चाहिँदैन भन्ने घोषणा गर्नुपर्ने अवस्था आउने भएको आफूहरुले सहमतिमै अघि बढ्ने पहल गरिरहेको उल्लेख गरे । पछिल्लो समय दक्षिणतर्फ ढल्किएको भन्ने जिज्ञासामा भने नेता बलदेव आक्रामक भए । उत्तरसँग राम्रो सम्बन्ध हुँदा राष्ट्रवाद र दक्षिणसँग राम्रो सम्बन्ध हुँदा राष्ट्रघात हुन्छ भनेको भन्ने मान्य नहुने उनले बताए । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार बलदेवसँग खबर डबलीका लागी जीवन कुँवरले गरेको कुराकानीको सम्पादित अंश : \"\"१८ महिना आलोपालो चलाउने भनिएको सरकार अहिले नै ढल्न लागेको हल्ला छ, तपाईँ प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कस्तो सल्लाह दिनु भएको छ ? होइन, सरकार अहिले ढल्दैन । प्रमुख प्रतिपक्षीसँगै कांग्रेसभित्रको एउटा तप्काले सरकार ढाल्न चाहेको हो । सिंगो कांग्रेसले त्यसो भनेको छैन । कांग्रेसभित्रको पनि रामचन्द्र पौडेल र नारायण खड्काहरुले सरकारले चुनाव गराउन नसक्ने भएमा सरकार छोडे हुन्छ भन्न्ने कुरा गर्नु भएको छ । तर कांग्रेसभित्रको विवादको कारण यस्तो कुरा आएको हुन सक्छ । त्यो कुराले सरकारलाई केही असर गर्दैन । यसको अर्थ सरकारमा सधैं बसिरहने भन्ने पनि होइन । चुनाव गराउने वा नगराउने भन्दा पनि स्थानीय निकायको चुनाव गराएपछि सरकार छाड्ने भन्ने हो । चुनावपछि सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा सरकारमा सम्मिलित दलहरुको समझदारीबाट तय गर्ने कुरा हो । कसैको लहड र रहरले सरकारलाई केहि असर गर्दैन । प्रतिपक्षले चुनावको माग गर्नु अनुचित होइन । चुनाव नै अहिलेको मुख्य राजनीतिक मुद्दा र संविधानको कार्यान्वयन हो । अहिलेको सरकार जसरी पनि चुनावमा जान्छ । त्यसो हुनाले सरकार परिवर्तन हुँदै हुँदैन। त्यसो भए कहिले हुन्छ चुनाव ? चुनावको मिति घोषणा गर्दा राजनीतिक सहमति वा निष्कर्षका लागि दवाब हुन्थ्यो होला नि, होइन ? चुनाव अहिलेसम्म जेठको पहिलो हप्तामा गर्ने भन्ने नै छ । प्राय विधेयकहरु पास भइसकेका छन् । जेठमा चुनाव जसरी पनि हुन्छ । म फेरि पनि भन्छु चुनाव हुन्छ। सरकारले क्याविनेटमा निर्णय गरेर निर्वाचन आयोगलाई अनुरोध गरेको छ । आयोगलाई तयारीका लागि भनिसकेको छ । दलीय सहमतिका लागि केहि समय लाग्ने हो । तर प्राविधिक तयारी आयोगले गर्छ । कतिपय देशहरुमा आयोगले आफै तयारी गर्छन् । तर नेपालमा त्यो खालको विकास अझै हुन सकेको छैन। अहिले आयोगले गर्नुपर्ने भनेको कानुन निर्माण, प्राविधिक तयारीहरु गर्ने र सरकारले दलीय सहमतिपछि चुनावको मिति घोषणा गर्ने हो । आयोग तयार भएर बस्नुपर्यो । हामी केही दिनमै चुनावको मिति घोषणा गर्दैछौं । जहाँसम्म चुनावको मिति घोषणा गर्ने सवाल छ, घोषणा गर्दा सहमतिका लागि दवाव हुन्थ्यो नै । अर्कोतिर मिति घोषणा गर्दा कहिलेकाहीँ दुर्घटना जस्तो हुन सक्छ कि भन्ने सतर्कता सरकारले अपनाउन जरुरी छ । सत्तारुढ दल र सरकारमा नरहेका तर सरकारलाई सहयोग गरेका केही मधेसवादी पार्टीहरु र प्रतिपक्षी एमालेलगायतबाट पनि संविधान संशोधनमा सहमतिमा गरेर जाउँ भन्न खोजिएको हो । तर संविधान संशोधन नहुँदै चुनावमा जानेस्थितिमा त प्रतिपक्ष दल पनि राजी छ । प्रतिपक्ष र सत्तारुढ दलबीच समझदारी भइसकेपछि कि मधेस चाँहिदैन भनेर घोषणा गर्नु प¥यो कि त चुनावको मिति घोषणा गर्दा उनीहरुलाई पनि सहमतिमा ल्याउनु पर्यो, मुख्य समस्या यहिँनेर भएको हो । अर्को कुरा हतारै भएको पनि छैन । फागुनको ५ गतेभित्र चुनावको मिति घोषणा भएमा सहजै चुनाव गर्न सकिन्छ । संविधान संशोधन प्रस्ताव फेल भएको खण्डमा मधेशी मोर्चा चुनावमा जान्छ त ? ठीक कुरा गर्नु भयो । हामीले पनि यहि प्रश्न गरेका थियौं । यदि संशोधन प्रस्ताव फेल भएमा तपाईहरुको ‘पोजिसन’ के हो भन्दा उहाँहरुले प्रष्ट कुरा गर्नु भएको छैन । सरकारले अगाडि बढाउने काम हो तर एमालेले पनि प्रक्रियामा जानु प¥यो भन्न सक्नु पर्यो । एमाले प्रक्रियामा जानै हुँदैन भन्ने अनि मधेसी मोर्चा संशोधन नभई हुँदैन भन्नेकाबीच समस्या देखेरै सहमतिमा चुनावको मिति घोषणा गरौं भनेका हौं । त्यसका लागि गम्भीरताका साथ छलफल गरिरहेका छौं । यो सरकारको मुख्य काम भनेको संविधान कार्यान्वयन हो । त्यसका लािग चुनाव गर्नैपर्छ तर अहिले सरकार निर्वाचनमा केन्द्रित नभएर किन अरु काममा अल्मलिएको छ ? यसमा दुई वटा कुरा छ । एउटा कुरा, प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा राजनीतिक मुद्दाहरुमा बढी केन्द्रित भएको तर देश निर्माण र विकासमा केन्द्रीत हुन नसकेको आरोप आरोप थियो । तर अहिले देश विकास र निर्माणमा बढी केन्द्रित भए राजनीतिमा जोड पुगेन कि भन्ने पनि आरोप छ । सायद समय सन्दर्भले यस्तो बनाएको पनि हुनसक्छ । यो स्वभाविक हो । किनकी हिजो राजनीतिक ९० प्रतिशत अस्थिरतामा थियो, आज १० प्रतिशत मात्र अस्थिरता छ । त्यहि भएर अहिले विकास निर्माण र जनताका दिनानुदिन काममा प्रधानमन्त्री प्रचण्डले जोड दिनु भएको छ । तर अहिलेको मुख्य प्राथामिकता भनेको संविधान कार्यान्वयन र निर्वाचन नै हो । त्यो भन्दा अरुलाई अहिले प्राथमिकता दिन सकिदैन । अहिलेको सरकार राष्ट्रघाती हो भनेर प्रतिपक्षले भनिराखेका छन् । तपाईँहरु अलि बढी भारततिर ढल्किएको हो ? अहिलेको २१ औं शताब्दीमा राष्ट्रघात के हो र राष्ट्रवाद के भन्ने कुरा आउँछ । राष्ट्रवादको परिभाषामा हामीबीच केही फरक बुझाई छ । हाम्रो छिमेकी मुलुकसँगको सम्बन्ध कहिले दक्षिण ढल्कने, कहिले उत्तर ढल्कने हुँदै आयो । यो राष्ट्रवाद हो कि राष्ट्रघात ? उत्तर ढल्कनेमा कम फोर्स भए भने धेरै फोर्सहरु दक्षिण ढल्किए । विगतदेखि अहिलेसम्म साना ठूला पार्टीहरु दक्षिण ढल्कने गरेका छन्, जुन तपाईहरुलाई पनि प्रष्ट थाहा छ । यो ठूलो कमजोरी हो । तर कोही के भन्छन् भने, दुबै छिमेकीलाई ‘ब्यालेन्स’ राख्नुपर्छ । तर दुबैलाई ‘ब्यालेन्स’मा राख्ने भनेको के ? बराबरीमा त हुँदै हुँदैन । एक सन्दर्भमा एकातिर र अर्को सन्दर्भमा अर्कोतिर हुन्छ नै । यहि हो ब्यालेन्स भनेको । ढल्कदाँ र सम्बन्ध बनाउँदा राष्ट्रको हित भन्दा बाहिर जानु भएन । खासमा राष्ट्रवाद भनेको यहि हो । उत्तरसँग राम्रो सम्बन्ध हुँदा राष्ट्रवाद र दक्षिणसँग राम्रो सम्बन्ध हुँदा राष्ट्रघात हुन्छ भनेको भन्ने कुरा हामीलाई मान्य छैन । कसैले भन्दैमा कोही राष्ट्रघाती र कोहि राष्ट्रवादी हुने होइन । यो सरकारले के राष्ट्रघात गर्यो ? त्यो प्रष्ट पार्नु प¥यो नि । हिजो हाल एमाले अध्यक्ष केपी ओलीको पालामा के राष्ट्रवाद भएको थियो अनि अहिले प्रचण्डको पालामा चाहीँ के राष्ट्रघात भएको छ ? मुखमा जे आयो त्यहि बोल्न पाइन्छ ? केही मानिसहरुले अहिले माओवादीमाथि जुन आरोप लगाएका छन्, ती २५ वर्षसम्म कसैको दलाली गरेर आएका मान्छे हुन् । पहिलो संविधानसभाको चुनावमा माओवादी पहिलो भयो र दोस्रो संविधानसभाको चुनावमा तेस्रो भयो । र, अब हुने भनिएको चुनावमा चौथो शक्ति हुन्छ वा बढारिने हो भन्ने डर छैन तपाईँहरुलाई ? यो सबै विपक्षले गरेका हल्ला मात्रै हुन् । अन्य देशहरुमा के छ भने लडाईबाट आएका पार्टीहरु दुई वटा चुनाव हारेपछि चार÷पाँच पार्टीहरु अहिले सत्तासिन भए । चाहे निकारागुवा, एलसाल्वाडोर, जाम्बियालगायतका राष्ट्रहरु पहिला दुई तिहाईको नजिक पुगे, पछि हारे अनि अहिले फेरि सबै सत्तामा आइपुगे । अहिले नेपालमा हेर्दा पनि त्यस्तै ‘सिन’ देखा परेको छ । चौथो होइन, हामी अहिले पहिलो र दोस्रोकोबीचमा छौं । राम्रो गर्न सकिए पहिलो हुन्छौं तर यो भन्दा बिगार्न नदिए दोस्रो त हुन्छौं नै । किनभने संविधान निर्माण गरेर कार्यान्वयन प्रक्रियासम्म आउँदा मधेसलाई नेपाली भू–भाग नै होइन, उनीहरु नेपाली नै होइनन् भन्दै धपाउने एउटा अतिवादी शक्ति आएको छ । अर्को अतिवादी शक्ति तराई नै टुक्राएपछि यो अलग राष्ट्र हो भन्ने ढंगले पनि आएका छन् । अतिवादीको विरुद्धमा सबैलाई समावेशी ढंगले लैजान हामी लागि परेका छौं । यर्थाथवादी धरातलमा रहेको हाम्रो शक्ति त्यति कमजोर भने छैन। अरुले सोचे जस्तो हुँदैन । तपाईँ जनमुक्तिसेनाको पूर्व कमाण्डर । यत्तिका लामो समय सत्ता बाहिरको भूमिकामा रहनुभयो । सत्ता बाहिर हुँदा र सत्तामा हुँदा स्वाद कस्तो हुनेरहेछ ? जिम्मेवारीका हिसावले सत्तामा हुँदा र बाहिर हुँदा दुबै ठीक छन् । पार्टीको काम गर्दा जति सन्तुष्टि अरु काम गर्दा हुँदैन। अहिले भूमिका निर्वाह गर्दा कन्जुस्याई गरिँदैन। तर सत्तामा भन्दा बाहिर बसेर जनताको पक्षमा काम गर्दा बडो आनन्द आउँछ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies