Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आजबाट आइफोनमा पनि टेलिकमको फोर जी चल्ने

\"\"काठमाडौं, २५ माघ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोर जी सेवा आज मंगलबार सबै किसिमका आइफोन सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यस अघि यो सेवा आइफोन फाइभमा मात्रै सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले आज एक वक्तव्य सार्वजनिक गर्दै आइफोनहरुका सबै सिरिजमा फोर जी चल्ने बताएकी हुन् । नेपाल टेलिकमले फोर जीसेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि एप्पल कम्पनीका सवै मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो । फोर जी सेवा सञ्चालन भइसके पछि पनि आइफोनका केही सिरिज हरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धारित समय अगावै बेटा भर्सन प्रयोग गरी सबै किसिमका सेटहरुमा सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिदिएको हो । नेपाल टेलिकमले २०७३ पौष १७ गते देखि नेपालमै पहिलो पटक फोर जीसेवा सञ्चालनमा ल्याएको थियो । आरम्भमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा २०७३ माघ २२ गते देखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ । iPhone 6, 6+,7, 7+ Series का फोन सेटमा 4G/LTE सेवा सञ्चालन गर्नको लागि ब्उउभि कम्पनीको वेवसाइट https://beta.apple.com/ र मा उपलब्ध निर्देशन अनुसार आप्नो फोनको Back up लिई Profile download गर्नुपर्ने हुन्छ । त्यसपछि General >Setting>Software update मा गई Beta Version download गर्न सकिन्छ र iPhone 6 तथा सो माथिका Series मा नेपाल टेलिकमको 4G/LTE सेवा प्रयोग गर्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies