Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

को हुन् ३४ किलो सुनका मालिक ? चिनेर पनि ‘तैँ चुप,मैँ चुप’

\"\"काठमाडौं, २४ माघ । एयरपोर्टबाट नेपाल भित्रिएको झण्डै ३४ किलो सुनका मालिक चिनेर र थाहा पाएर पनि प्रहरी तथा नेपाली संचार माध्यम तैँ चुप मैँ चुपको स्थितिमा बसेका छन् । प्रहरी उच्च स्रोतका अनुसार सुनका मालिकलाई प्रहरीले करिब २ हप्ताअघि नै पहिचान गरिसकेको छ भने एथेष्ट प्रमाण समेत सीआइबीले जुटाईसकेको छ । तर सुनका मालिकको राजनीतिक संजाल देशका एक उच्च नेतासँग रहेकाले प्रहरी उनलाई पक्रन डराइरहेको सुत्रहरु बताउँछन् । सीआइबी तर्फबाट अनुसन्धान गरिरहेका डीआइजी नवराज सिलवाल आफै पनि प्रहरी महानिरिक्षक बन्ने सम्भावना सुनका मालिकलाई समातेर गुमाउन चाहिरहेका छैनन् । आइतबार नेपाल प्रहरीकै एसएसपी श्याम खत्रीलाई पकडेको सिआइबिले मालिकलाई समात्ने हिक्मत गरिरहेको छैन । यसअघि समातेका सुनका भरियाहरु र भन्सारका कर्मचारीहरुको बयानले सुनका मालिकसम्म पुर्याइसकेको छ तर समात्ने हिक्मत सीआइबीले गर्न सकेको छैन । स्रोतका अनुसार सुनको सुटकेस नेपाल भित्रिदा र भन्सारमा इन्ट्री हुँदा हेकिप्टरको पाटपुर्जा भनेर भित्रिएको थियो । भन्सार स्रोतका अनुसार हेलिकप्टरको पाटपुर्जा भनेर यसअघि पनि यसैगरी सामानहरु भित्रिन्थ्यो । यसकारण पनि नेपालको हेकिप्टर प्रदायक कम्पनिका मालिक नै सुनका वास्तविक मालिक हुन् । तर उनको राजनीतिक कनेक्सन नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली लगायतका तीन ठुला पार्टीका प्रमुख नेताहरु सबैसँग छ । उनीहरुलाई समात्दा लहरो तान्दा पहरो थर्किन्छ भनेजस्तै एकजना पूर्व अर्थमन्त्री, प्रहरीको नेतृत्व र राजनीतिक दलका केही नेताहरुलाई समेत ती मालिकले पोल्न सक्छन् । सोही स्थिति देखेर प्रहरी हच्किरहेको छ भने ति मालिकले नेतालाई भनेर आफूलाई नपक्रन सीआर्इबीमाथि दवाव समेत बढाइरहेका छन् । त्यो राजनीतिक कनेक्सनबाट सीआइबीका डिआइजी सिलवाल हच्किएका छन् । अर्कोतिर भन्सारबाट समातिएका कर्मचारीहरु नेकपा एमाले सरकारमा हुँदा अयोग्य सावित अख्तियार प्रमुख लोकमान सिंह कार्कीद्वारा भन्सारमा मिलाइएका कर्मचारीहरु हुन् भने आइतबार समातिएका एसएसपीको निजी परिचय एमालेसँग प्रत्यक्ष जोडिन्छ । उनी एमालेका पूर्व क्षेत्रीय अध्यक्षका छोरा हुन् भने एमाले नेता वामदेव गौतमका विश्वासपात्र समेत हुन् । यसअघि एमाले अध्यक्ष ओलीको सुरक्षा अधिकृतको रुपमा समेत काम गरिसकेका खत्री, भन्सारबाट समातिएका अधिकृतहरुको सेटिङ लोकमान सिंह कार्कीले गरेको सीआइबी स्रोतको भनाई छ । कार्की, ति हेलिकप्टरका मालिक र यसअघि पनि सुनकाण्डमा मुछिएका मोबाइल व्यापारी दिपक मलहोत्राको निकट सम्बन्ध चर्चा गरिरहनपर्ने विषय होइन । यिनै तिनको मिलेमतोमा पटकपटक सुन तस्करी भइसकेको निष्कर्षमा सीआइबी पुगेको छ । स्रोत भन्छ– उनीहरुको राजनीतिक पहुँचलाई मध्यनजर गर्दै समात्ने हिम्मत सिआइबिले गरिरहेको छैन भने ति हेकिप्टरका मालिक मिडिया समेत संचालन गरिरहेकाले नेपाली संचारमाध्यमसमेत तैँ चुप मैँ चुपको स्थितिमा छन् । सीआईबीले अहिलेसम्म आठ जनालाई पक्राउ गरिसकेको छ । सुन बरामद भएपछि दुवईबाट सुन ल्याउने गोपालबहादुर शाही, तस्करका तर्फबाट लिन आउने दिनबन्धु थापा र सन्तोष काफले र काभ्रेका रामहरि कार्कीलाई पक्राउ गरिएको थियो । साथै भन्सारमा कार्यरत यादव र राजकुमार ढकाल पनि पक्राउ परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies